गिरफ्तार गरिएकालाई अबिलम्ब रिहा गर – नेकपा


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्यूरोले पश्चिम रुकुमबाट गिरफ्तार गरिएका आफ्नो पार्टीका कार्यकर्ताहरुलाई अबिलम्ब रिहाइको माग गरेको छ ।

सो पार्टीका राप्ती ब्यूरो इन्चार्ज समरले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै बाढीपहिरो र कोरोना महामारीले प्रभाव जनताको लागि राहत संकलनका क्रममा हिडिरहेका आफ्नो पार्टीका हिरामणी रावल, अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष प्रेम प्रशान्त बोहोरा, घमण्ड महर र गोपीप्रसाद घर्तीलाई गिरफ्तार गरेको भन्दै विनाशर्त रिहाइको माग गरेका छन् ।

समरको विज्ञप्तिमा उनीहरुलाई पश्चिम रुकुमको रादीबाट गिरफ्तार गरी बन्दी बनाएको भन्दै अबिलम्ब रिहाइको माग गरिएको छ । कोरोना महामारी र बाढीपहिरोले प्रभावित जनताहरुको समस्या समाधान गर्नुभन्दा सरकार आफ्नो पार्टीका नेताकार्यकर्तालाई गिरफ्तार गर्नतिर लागेको भन्दै विज्ञप्तिमा भत्र्सना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :