क्रान्तिकारी आशा

कविता

वर्गीय प्रीत दीन–दुःखी गरिबमाझ लगाउँदैछु
तिनमा नवीन क्रान्तिकारी आशा जगाउँदैछु
आमनेपाली जनताका गाउँ–घरघरमा गएर
दुःख, कष्ट, अप्ठ्यारोमा दिएर साथ सघाउँदैछु ।

डङ्कार फुक्दै दिएका ती आमा–बाबालाई
तीता, झूट्टा आश्वासनको आशा भगाउँदैछु ।
अत्याचारले पिल्सिएका आम–नेपालीमाझ
गौरवशाली विद्रोहको यो गाथा सजाउँदैछु ।

आमाबाबा, दाजुभाइ अनि दिदीबहिनीहरूमा
समाजवादी सत्ताको सु–परिभाषा लगाउँदैछु ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :