नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२० पुग्यो, ६८१ नयाँ सङ्क्रमित थपिए

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १ सय २० पुगेको छ । त्यसैगरी ६ सय ८१ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् ।

देशभरका प्रयोगशालामा ११ हजार ५ सय २२ जनाको परीक्षण गर्दा बुधबार मात्र ६ सय ८१ जनामा सङ्क्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना सङ्क्रमितको सङ्ख्या २८ हजार ९ सय ३८ पुगेको छ । पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा मात्र १ सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये काठमाडौँ जिल्लामा १३७, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोनालाई पराजित गर्नेको सङ्ख्या १७ हजार ७ सय पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :