अछाममा बाढीले बगाएकामध्ये १२ जनाको शव भेटियो

काठमाडौँ : अछामको कैलाश खोलामा आएको बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या १२ पुगेको छ । रामारोशन गाउँपालिका ५ सैनीबजारबाट बाढीले बगाउँदा हराइरहेकामध्ये १२ जनाको शव भेटिएको हो ।

अविरल वर्षापछि सैनीबजारमा रहेका घरहरू बगाउँदा उनीहरूको मृत्यु भएको हो । बाढीमा परी अझै १० जनाभन्दा बढी हराइरहेको र उनीहरूको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

वर्षापछिको पहिरोको कारण सडक यातायात अवरुद्ध भएका कारण बाढीमा परी हराएकाहरूलाई खोज्न नेपाली सेनाले हेलिकोप्टर प्रयोग गरेको थियो । बाढीले बगाएका शवहरू निकै टाढासम्म पुग्दा धेरै चोटपटक लागेकाले शवको पहिचान हुनसकेको छैन ।

उक्त स्थानमा आज पनि निरन्तर वर्षा र बाढीपहिरो आइरहेका कारण खोजीकार्यमा समस्या परेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :