नेकपाद्वारा बाढीमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति अछामले कैलास खोलामा आएको बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेको छ ।

नेकपा अछाम जिल्ला इन्चार्ज नवीन र सेक्रेटरी आखिरले प्रेस विज्ञप्ति जारी गर्दै बाढीमा परी बेपत्ता भएकाहरूको खोजी गर्न, घाइतेहरूको निःशुल्क उपचार गर्न र ज्यान गुमाएकाहरूका परिवारलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन् ।

बुधबार जारी प्रेस विज्ञप्तिमा बाढीपहिरोको जोखिममा रहेका बस्तीहरूलाई उपयुक्त स्थान छनोट गरी स्थानान्तरण गर्न पनि नेकपा अछामले माग गरेको छ । मङ्गलबारदेखिको अविरल वर्षापछि कैलास खोलामा आएको बाढीले बगाउँदा रामाशोसन ५ सैनीका ६ जनाको मृत्यु भएको छ भने १७ जना अझै हराइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :