पिएसजी च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौँ : फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) पहिलो पटक युरोयिन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको खेलमा आरबी लाइपजिगलाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

लिसवनमा भएको पहिलो सेमिफाइनल खेलमा पिएसजीले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेको थियो । खेलको १३औं मिनेटमा माक्र्युन्होस, ४२औं मिनेटमा एन्जल डि मारिया र दोस्रो हाफमा मैदान उत्रिएको जउन बर्नेटले ५६औं मिनेटमा गोल गर्दै पिएसजीलाई जीत दिलाएका हुन् ।

फाइनलमा अब बिहीबार बिहान बार्यन म्युनिख र लियोनबीचको विजेतासँग पिएसजीले उपाधिका लागि भिड्नेछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :