बाढीले बगाउँदा अछाममा ४ जनाको मृत्यु, २० जना बेपत्ता


काठमाडौँ : अछामको रामारोशन गाउँपालिका ५ स्थित कैलास खोलामा आएको बाढीले बगाउँदा ४ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन् । यस्तै बाढीले गजड बजार र सैनी बजारमा रहेका १५ भन्दा बढी घर पनि बगाएको छ ।

उक्त ठाउँमा मङ्गलबारदेखि अविरल वर्षा भएको र वर्षापछि आएको पहिरोले कच्ची सडकका ठाउँठाउँमा अवरुद्ध पारेको छ ।

घटना भएको ठाउँ निकै विकट रहेकाले पैदलै हिँडेर जानुपर्ने भएका कारण प्रहरी घटनास्थलमा पुगिनसकेको जानकारी स्थानीय रमेश शाहीले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :