कवि माधव घिमिरेको निधन

काठमाडाैँ : कवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन भएको छ । वयोवृद्ध कवि घिमिरेको मङ्गलबार साँझ ५ः५५ बजे काठमाडौँको लाजिम्पाटस्थित आफ्नै घरमा निधन भएको हो ।

घिमिरेको बुधबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले घिमिरेको पार्थिव शरीरमा झन्डा ओढाएर सम्मान गरेका छन् ।

विक्रम संवत् १९७६ असोज ७ गते लमजुङको पुस्तनमा जन्मिएका घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी साहित्यकारका रूपमा स्थापित छन् । उनले पत्नीवियोगमा ‘गौरी’ जस्तो चर्चित शोककाव्य रचना गरेका थिए । उनले रचना गरेका राष्ट्रवादी भावनाले ओतप्रोत विभिन्न गीत, कविता र काव्य पनि निकै चर्चित छन् ।

नेपाल कम्युनिस्ट पार्टीले घिमिरेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :