सेभिल्ला युरोपा लिगको फाइनलमा

स्पेनिस क्लब सेभिल्ला युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई २–१ गोलअन्तरले पराजित गर्दै सेभिल्ला उपाधिनजिक पुगेको हो ।

आइतबार लिस्बनमा भएको सेमिफाइनल खेलको नवौँ मिनेटमै ब्रुनो फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।

२६ औँ मिनेटमा सुसोले सेभिल्लाका लागि गोल गरेपछि १–१ को बराबरीमा रोकिएका थिए । खेलको ७८ औँ मिनेटमा लुक डे जोङले गोल गर्दै सेभिल्लालाई २–१ को अग्रता दिलाएपछि सेभिल्ला फाइनलमा प्रवेश गर्यो ।

स्पेनिस क्लब सेभिल्लाले यसअघि २००६, २००७, २०१४, २०१५ र २०१६ मा युरोपा लिग उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :