आज चट्याङसहित ठूलो वर्षा हुने मौसम पूर्वानुमान

काठमाडौँ : मनसुनी न्यून चापीय रेखा दक्षिणतर्फ अवस्थित रहेको र बङ्गालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण जलवाष्पयुक्त हावा देशभर भित्रिएकाले आज देशका विभिन्न ठाउँमा चट्याङसहित ठूलो पानी पर्नसक्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले सोमबार जारी गरेको मौसम पूर्वानुमानअनुसार हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ भने देशका विभिन्न स्थानमा पानी परिरहेको छ ।

सोमबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने महाशाखाको पूर्वानुमान छ । आज राती देशभर सामान्यतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । गण्डकी, ५ नं प्रदेश, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा र प्रदेश १ तथा बागमतीका एकदुई स्थानमा ठूलो वर्षा हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :