स्थनीयले लखेटे चुनाव प्रचारप्रसार टोलीलाई

dang_district

दाङ: जेठ २२, पुरानै संसदीय व्यवस्थाको स्थानीय चुनाव जबरजस्त जनतामाथि लाद्न खोजेको भन्दै दाङका विभिन्न स्थानमा स्थानीय जनताले चुनाव प्रचारप्रसार टोलीलाई लखेटेका छन् । दाङ, तुलसीपुर–५, नयाँ बसपार्क, तुलसीपुर कै ७ नं. वडा राजापुर र सिसहनियाको ठकुरीकोटबाट चुनाव प्रचारप्रसार गर्न पुगेका उम्मेद्वारसहितको टाेलीलाई स्थानीयले लखेटेका हुन् । २० वर्ष पहिले नै खारेज भइसकेको पुरानै व्यवस्थाको चुनावलाई देखाएर फेरि पनि जनतालाई विभिन्न प्रलोभनमा पारी भ्रमपूर्ण चुनावको गर्न लागिएको भन्दै आक्रोशित स्थानीय जनताहरुले तुलसीपुरको नयाँ बसपार्कबाट कांग्रेस, एमाले ,नयाँ शक्तिको प्रचराप्रसार टेलीलाई लखेटे भने ठकुरीकोटबाट कांग्रेसलाई लखेटेका हुन् । तुलसीपुरको राजापुरबाट चुनाव चिन्ह प्रचारप्रसारसहित लगाएका टिर्सटहरु च्यात्नुका साथै टोलीलाई गाउँबाटै लखेटेको प्राप्त समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :