वैज्ञानिक समाजवादको अनिवार्यता : विप्लव, महासचिव, नेकपा

गताङ्कबाट क्रमशः …
२. वैज्ञानिक समाजवादको सामूहिक अर्थ–राजनीतिक सम्बन्ध

पुँजीवाद जाने र वैज्ञानिक समाजवाद आउने दोस्रो आत्मगत कारण वैज्ञानिक समाजवादको सामूहिक अर्थ–सम्बन्ध हो । माथि पनि चर्चा गरियो, विज्ञानको नियमअनुसार हरेक उत्पादन–सम्बन्ध आफ्नो समयको प्रगतिशील र अग्रगामी भएर मात्र अस्तित्वमा आउँछ, त्यसैगरी जब त्योभन्दा नयाँ, वैज्ञानिक र अग्रगामी अर्थ–सम्बन्धको विकास हुन पुग्छ, तब नयाँका लागि पुरानो हुन पुगेको अर्थ–सम्बन्ध र स्वामित्वले नयाँका लागि ठाउँ छोडिदिनुपर्छ । सामन्तवादले दासयुगलाई कसरी समाप्त पा¥यो र सामन्तवादी अर्थ–राजनीतिक सम्बन्धलाई पुँजीवादी उत्पादक शक्ति र उत्पादन–सम्बन्धले कसरी समाप्त पा¥यो भन्ने सन्दर्भमा माक्र्स–एङ्गेल्सले कम्युनिस्ट घोषणापत्रमा लेख्नुहुन्छ, “पहिलेको सामन्ती अथवा शिल्पशालाको उत्पादन–प्रणालीद्वारा अब नयाँ बजारहरूका साथसाथै बढ्दै गइरहेको माग पूरा गर्न सिकिँदैनथ्यो । यसको स्थान कारखानाले लियो । शिल्पशालाका कालीगढहरूलाई औद्योगिक मध्यमवर्गले ठेल्दै लग्यो । … तर बजारहरू बढ्दै गए, माग पनि बढ्दै गयो । कारखानाले समेत त्यसको पूर्ति गर्न नसक्ने भयो । अनि बाफ र यन्त्रले औद्योगिक उत्पादनमा क्रान्ति गरिदिए । कारखानाको ठाउँ आधुनिक बृहत् उद्योगले लियो । औद्योगिक मध्यमवर्गको ठाउँ औद्योगिक करोडपतिहरूले, सम्पूर्ण औद्योगिक सैन्यका नाइकेहरूले अर्थात् आधुनिक बुर्जुवाहरूले लिए । ”
(माक्र्स–एङ्गेल्स, सङ्कलित रचना खण्ड १, कम्युनिस्ट घोषणापत्र, पृ. ४९) ।

त्यसैगरी पुँजीपतिवर्गलाई सर्वहारावर्गले कसरी समाप्त परिदिनेछ भन्ने सन्दर्भमा माक्र्स भन्नुहुन्छ, “जुन हतियारद्वारा बुर्जुवावर्गले सामन्तवादलाई ढालेको थियो त्यो अहिले स्वयम् बुर्जुवावर्गको विरुद्ध मोडिएको छ । किन्तु बुर्जुवावर्गले त्यस्तो साधनको मात्रै निर्माण गरेको होइन जसले उसको अन्त्य गर्नेछ । उसले त्यस्ता मानिसहरू पनि उत्पन्न गरेको छ जसले उसका विरुद्ध यस हतियारको प्रयोग गर्नेछन् । ती हुन्– आजका मजदुरहरू, सर्वहाराहरू । ”
(माक्र्स–एङ्गेल्स, सङ्कलित रचना खण्ड १, कम्युनिस्ट घोषणापत्र, पृ. ५५) ।

यसले यही साबित गर्छ, समयको सापेक्षतामा कुन आर्थिक उत्पादन–सम्बन्ध र उत्पादक शक्तिले आधुनिकता, वैज्ञानिकता, जनवादी र सामूहिक चरित्र ग्रहण गर्छ, त्यसले नै पुरानो र पछौटे अर्थ–सम्बन्ध र उत्पादक शक्तिलाई विस्थापित गर्छ । कुनै समय थियो पुँजीवादी उत्पादन सम्बन्ध र उत्पादक शक्तिले समाजको सबैभन्दा प्रगतिशील र क्रान्तिकारी सम्बन्धको नेतृत्व गर्दथ्यो, सामन्तवाद भने पुरानो अर्थ–सम्बन्धको रक्षाका लागि पुँजीवादसँग सङ्घर्ष गर्दै थियो । जति कोसिस गरे पनि अन्ततः पुँजीवादी अर्थ–सम्बन्ध र राजनीतिक व्यवस्थाका लागि सामन्तवादले आफ्नो स्थान छोड्नैप¥यो । आज पुँजीवादले ठीक त्यसैगरी, वैज्ञानिक समाजवादी उत्पादन सम्बन्ध र सर्वहारावर्गसँग अस्तित्वका लागि सङ्घर्ष चलाइरहेको छ तर यो स्वभावतः निकै पछि परिसकेको छ । वैज्ञानिक समाजवादी उत्पादन–सम्बन्ध र सर्वहारावर्गका लागि पुँजीवादले ठाउँ नछोडी सम्भव नै छैन ।

हामीलाई थाहा छ, यतिबेला पुँजीवाद जन्मिएको ५ सय वर्ष पुग्दैछ । यसले सामन्तवादको स्थान लिँदा जति प्रगतिशील, क्रान्तिकारी र जनवादी थियो, आज त्यस्तो छैन । यसको लोकप्रियता घट्दै एक जनविरोधी, मानवताविरोधी, त्रूmर र दमनकारी व्यवस्थाका रूपमा बदनाम भएको छ र कमजोर हुँदै गएको छ । यसले नराम्रो पराजयको सामना पनि गरेको छ । यसले आफ्नो विजय र जीवनका बारेमा जति दम्भ पाले पनि यो वस्तुगत रूपले नै पछि पर्दै गएको छ । अर्कोतिर वैज्ञानिक समाजवादी सामूहिक एवम् समानतावादी अर्थ–सम्बन्ध भने मानव–समाज र जनताका बीचमा लोकप्रिय र स्वीकार्य बन्दै गएको छ । यो नयाँ र जीवनशील त यसै पनि छ । त्यसैले पनि सबैले मान्नेगरी समाजवादले पुँजीवादको ठाउँ लिँदैछ । विश्वभरका जनता पुँजीवादी शासकहरूका अनेकौँ अवरोधका बाबजुद वैज्ञानिक समाजवादप्रति ढल्किँदै गएका छन् ।

३. वैज्ञानिक समाजवादको जनवादी विशेषता

राजनीतिक क्षेत्रमा वैज्ञानिक समाजवादको जनवादी विशेषता र लोकप्रियता पुँजीवादले हार्ने र वैज्ञानिक समाजवादले जित्ने तेस्रो आन्तरिक कारण हो । राजनीतिक क्षेत्रमा जनवाद भनेको राज्यव्यवस्था सञ्चालनमा प्रयोग गरिने एवम् अभिव्यक्त हुने जनधारणा, जनमत, जनचाहना र जनसहभागिता हो । आजसम्म प्रयोग भएका राजनीतिक व्यवस्थामध्ये सबैभन्दा जनवादी तरिकाले अर्थात् जनमत, जनचाहना र जनसहभागितामा सञ्चालन हुने व्यवस्था वैज्ञानिक समाजवादी व्यवस्था नै हो । यसले सत्ताको निर्माण, सत्ता–गठन, सत्ता–सञ्चालक प्रतिनिधिहरूको निर्वाचन, सत्ता–सञ्चालन सबै नै जनताको मत र भावनाअनुरूप गर्दछ । त्यसमा पनि आजसम्म बुर्जुवावर्गद्वारा सम्पूर्ण क्षेत्रमा लुटिएका र सर्वस्वहरण गरिएका वास्तविक जनता, सर्वहारावर्गको मत र चाहनाअनुरूप गर्छ । ‘जनताका लागि जनताबाट, जनताबाट आएकाले जनताका लागि’ भन्ने सिद्धान्त यथार्थमा प्रयोग हुन्छ । पुँजीवादमा पनि जनमतको पालना, चुनाव, प्रतिस्पर्धाको देखावटी रूपलाई त प्रयोग गरिन्छ, जनताको मतअनुरूप शासन चलाएको बहाना गरिन्छ तर वास्तविकतामा त्यो कतै पनि जनमत, जनचाहना, जनसहभागितामा सञ्चालित छैन । त्यसले भन्ने जनता, निर्वाचनको प्रचार केवल जनतामाथिको लुटलाई वैधानिकता दिनका लागि जनताको आँखामा धुलो छर्न प्रयोग गरिने जाली नाटक मात्र हो । बुर्जुवाहरूको चुनाव, जनमत भनेको जनतालाई पहिलेको भन्दा चर्को उत्पीडन र लुटका लागि सहीछाप लगाउने साधन मात्र हो । पुँजीवाद आएदेखि कथित जनमतको प्रयोग निरन्तर यसैका लागि भइरहेको छ । हामी जब बुर्जुवाहरूले लाद्ने चुनावहरूबाट आउने परिणामहरूलाई हेर्छौं, त्यहाँ जहिले पनि जालीफटाहा, ठग, ठेकेदार, भ्रष्ट, गुण्डा, दलालहरू मात्र हाबी भएको र छानिएको पाउँछौँ । यसले देखाउँछ, पुँजीवाद जनवादको व्यापारी त हो तर वास्तविक जनवादी होइन, अधिनायकवादी हो । वास्तविक जनवादी वैज्ञानिक समाजवाद मात्र हो ।

लोकतन्त्र र जनवादका अनेकौँ नारा लगाए पनि पुँजीवादको परजीवी र उत्पीडनकारी चरित्र आज पनि यथावत् नै छ । पुँजीवादको यही परजीवी र लुटेरा चरित्रका कारण श्रमिक जनतामा बदनाम र अलोकप्रिय छ र सबैतिर असफल हुँदै गएको छ । साम्यवाद भने सिद्धान्त र प्रयोगमा वास्तविक जनवादी साबित हँुदै गएको छ । जो वास्तविक जनवादी हुन्छ त्यही नै विजयी पनि हुन्छ । त्यसैले आफ्नो वैचारिक श्रेष्ठतासहित तानाशाही पुँजीवादी व्यवस्थामाथि वैज्ञानिक समाजवादको विजय अनिवार्य छ ।

४. वैज्ञानिक समाजवादको क्रान्तिकारी चरित्र

वैज्ञानिक समाजवादको आगमन र पुँजीवादको पराजय हुने चौथो आन्तरिक कारण वैज्ञानिक समाजवादको क्रान्तिकारी चरित्र हो । क्रान्तिकारी चरित्र भन्नाले समाज र जनताका निम्ति हानिकारक, काम नलाग्ने अवरोधक र घातक हुन पुगेको वस्तु वा राज्यव्यवस्थालाई विचार, चेतना, योजना र सङ्घर्षको बलमा फ्याँकिदिनु र त्यसको स्थानमा जनताको हितअनुकूल व्यवस्था स्थापना गर्नु हो । आजको सन्दर्भमा पुँजीवाद जनताको हित र विकासमा त्यस्तै काम नलाग्ने अवरोधक, बाधक र घातक बन्न पुगेको छ । यसले श्रमिकवर्गमाथि अमानवीय प्रकारले उत्पीडन र दमन गरिरहेको छ । यसलाई सचेततापूर्वक श्रमिकवर्गको शक्तिद्वारा फाल्ने पहल गर्नु क्रान्तिकारी चरित्र भन्ने हुन्छ । हामीलाई थाहा छ, पुँजीवाद सामन्तवादविरुद्ध सङ्घर्ष गर्दा सबैभन्दा क्रान्तिकारी थियो । त्यसलाई प्रशंसा गर्दै माक्र्सले कम्युनिस्ट घोषणापत्रमा उल्लख नै गर्नुभयो, “अतीतमा बुर्जुवावर्गले निकै क्रान्तिकारी भूमिका खेलेको थियो । बुर्जुवावर्गले जहाँ–जहाँ सत्ता प्राप्त ग¥यो, त्यहाँ–त्यहाँ नै सर्वत्र सबै प्रकारका सामन्तवादी, पितृसत्तात्मक र भावुकतापूर्ण सम्बन्धहरूको अन्त्य गरिदियो । ”
(माक्र्स–एङ्गेल्स, सङ्कलित रचनाm खण्ड १, कम्युनिस्ट घोषणापत्र, पृ. ५०) ।

यो भनाइले स्पष्ट गर्छ, बुर्जुवावर्ग सामन्ती व्यवस्थामाथि हाबी हुनुको एउटै कारण पुँजीवाद क्रान्तिकारी हुनुले मात्र थियो तर पछि पुँजीवाद आफ्नो शोषणकारी एवम् मुनाफावादी उत्पादन र आर्थिक–सम्बन्धका कारण ऊ आफैँभित्र हुर्किंदै गएको श्रमिकवर्ग, मजदुरवर्गभन्दा पछि पर्न गयो । सर्वहारावर्गको प्रगतिशील एवम् क्रान्तिकारी प्रवृत्तिका सामु पछौटे र प्रतिगामी बन्न पुग्यो । यसलाई पनि माक्र्सले भन्नुभयो, “बृहत् उद्योगको विकासले बुर्जवावर्गको पैतालामुनिबाट त्यो जग नै भत्काइदिन्छ जसका आधारमा उसले वस्तुको उत्पादन गर्दछ र शोषण गर्दछ । बुर्जुवावर्गले सबैभन्दा पहिले त आफ्नै चिहान खन्नेहरूलाई उत्पन्न गर्दछ र उसको पतन र सर्वहारावर्गको विजय समान रूपले अनिवार्य छ । ”
(माक्र्स–एङ्गेल्स, सङ्कलित रचना, खण्ड–१, कम्युनिस्ट घोषणापत्र, पृ. ६१) ।

उहाँको यो भनाइको अर्थ हुन्छ, पुँजीपतिवर्ग यसकारणले पछौटेवर्गमा परिणत भयो, पुँजीवादी उत्पादन–सम्बन्ध अर्थात् बृहत् उद्योगहरूको विकासले ऊभन्दा क्रान्तिकारी सर्वहारावर्ग अर्थात् पुँजीपतिवर्गको चिहान खन्ने वर्गको जन्म गराइदियो । पुँजीवादमाथि वैज्ञानिक समाजवाद यसकारणले नै विजयी भयो, वैज्ञानिक समाजवाद पुँजीवादभन्दा क्रान्तिकारी रह्यो ।

पुँजीवादले सवर्हरायुगमा आएपछि क्रान्तिकारी चरित्र गुमायो र वैज्ञानिक समाजवादले त्यो क्रान्तिकारी चरित्र ग्रहण गर्न पुग्यो । यही कारणले गर्दा नै बीसौँ शताब्दीमा महान् अक्टोबर क्रान्ति, चिनियाँ नयाँ जनवादी क्रान्तिसहित थुप्रै देशमा समाजवादी क्रान्तिहरू भए र मानवजाति पुँजीवादभन्दा पूरै फरक वैज्ञानिक समाजवाद स्थापना गर्न सफल भयो । यही दृष्टिकोणका आधारमा आज पनि विश्वभरि पुँजीवादका विरुद्ध विभिन्न सङ्घर्षहरू चलिरहेका छन् । जनता विशेषतः सर्वहारा श्रमिकवर्गले अतिकेन्द्रित, अति–एकाधिकार, युद्धवादी, दमनकारी बन्दै गएको पुँजीवादबाट मुक्ति खोजिरहेका छन् । मुक्ति पुँजीवादभन्दा सबै दृष्टिले अग्रगामी, प्रगतिशील र क्रान्तिकारी व्यवस्थाले मात्र दिन सक्छ । त्यो भनेको वैज्ञानिक समाजवाद मात्र हो भन्नेमा पनि सबै सहमत हुँदै गएका छन् । जनताको अग्रगमन र परिवर्तनको चाहनासँग वैज्ञानिक समाजवादको क्रान्तिकारी चरित्रले मात्र मेल खान्छ । त्यही भएर पनि भन्न सकिन्छ, आउँदो युग पुँजीवादको अन्त्य र वैज्ञानिक समाजवादको अनिवार्य सफलतासँग जोडिएको छ ।

५. कम्युनिस्ट पार्टीको सचेत पहल

वैज्ञानिक समाजवाद विजय हुने अर्को आन्तरिक कारण कम्युनिस्ट पार्टीको सचेत पहल रहेको छ । माक्र्स, एङ्गेल्स, लेनिन, माओहरूले राज्यव्यवस्थाहरू दुई प्रकारले विकास, परिवर्तन र रूपान्तरण हुन्छन् भन्ने अनुसन्धान गर्नुभयो । पहिलो ः स्वस्फूर्त तरिकाले हुने विकास र परिवर्तन, दोस्रो ः वस्तु वा राज्यव्यवस्थालाई सचेत पहलद्वारा गरिने परिवर्तन । उहाँहरूले राज्यव्यवस्थालाई स्वतस्फूर्त तरिकाले हुने परिवर्तनको दिशामा छोडिदिने हो भने परिवर्तनको गति निकै धिमा र घिस्राइपूर्ण हुने र त्यसले निकै लामो समय लिने निष्कर्ष दिनुभयो । स्वतः परिवर्तनको दिशामा जाँदा मानव–समुदायले निकै ठूला कृत्रिम विभेद, उत्पीडन, दमन सहनुपर्ने अवस्था आउने पनि बताउनुभयो । त्यसको स्थानमा सचेत र योजनबद्ध पहलद्वारा परिवर्तन गर्ने बाटोमा अगाडि बढेमा केही कठिनाइ, त्याग, बलिदान गर्नुपरे पनि समाजलाई छिटो उत्पीडन, शोषण र दमनबाट मुक्त गर्न सकिने दृष्टिकोण दिनुभयो । उदाहरणार्थ, आज पुँजीवाद छ । पुँजीवादलाई स्वतः परिवर्तनको मार्गमा छोडिदिने हो भने यसले अझै पनि सयौँ वर्षसम्म मानवजातिको ठूलो हिस्सालाई अमानवीय प्रकारले लुटखसोट, शोषण–दमन, हैकम–उत्पीडन गरिरहनेछ । यसको कारणले मान्छेहरूभित्रै विभेदित संसार तयार हुनेछ जो कतैबाट पनि सहन र खप्नलायक हुँदैन । तर माक्र्स–लेनिन–माओहरूले भन्नुभएजस्तै हामीले सचेत र योजनाबद्ध रूपमा यो पुँजीवादलाई परिवर्तन गर्न पहल ग¥यौँ भने ठूलठूला सङ्घर्ष र बलिदानका बाबजुद मानव–समुदायले पुँजीवादको शोषण, दमन, उत्पीडन र अत्याचारबाट मुक्ति पाउनेछ । एउटै मानव–समाजमा मुख्यतः दुईखालको विभेदित जीवन खप्नुपर्ने छैन । माक्र्स–एङ्गेल्सको यो विचारमा श्रमिकवर्ग र कम्युनिस्टहरू पूर्ण सहमत भए ।

माक्र्सदेखि माओसम्मले सचेततापूर्वक राज्यव्यवस्थालाई परिवर्तन गर्ने विचार मात्र राख्नुभएन, त्यो पहल कसले कसरी गर्न सक्छ भन्ने विचार पनि दिनुभयो । यसका लागि कम्युनिस्ट पार्टी परिवर्तनको पहलकर्ता हुनुपर्ने पनि बताउनुभयो । कम्युनिस्ट पार्टीले पुँजीवादलाई सचेत प्रकारले बदल्न पहल गर्नुपर्छ भन्नुको अर्थ क्रान्तिकारी कम्युनिस्ट पार्टीको निर्माण गर्नु; श्रमिकवर्गलाई वैज्ञानिक विचारले प्रशिक्षित र सुसज्जित गर्नु; शोषकवर्गलाई उदङ्याउनु र कमजोर बनाउनु; सम्पूर्ण क्रान्तिकारी वर्गहरूलाई परिवर्तनका पक्षमा एकताबद्ध गर्नु; सत्तासीन पुँजीपतिवर्ग र पुँजीवादी राज्यसत्ताविरुद्ध सङ्घर्ष उठाउनु र क्रान्तिका लागि आवश्यक पर्ने साधन–स्रोतहरूको तयारी गर्नु हो । माक्र्स–लेनिन–माओका यिनै विचारअनुरूप कम्युनिस्ट पार्टीहरू निर्माण भए र विश्वभर क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूले पुँजीवादलाई परिवर्तन गर्ने पहल गरे । यही सिद्धान्तको प्रयोगद्वारा नै रुसमा लेनिनको नेतृत्वमा महान् अक्टोबर क्रान्ति सम्पन्न भयो । चीनमा नयाँ जनवादी क्रान्ति र विश्वका धेरै देशमा वैज्ञानिक समाजवादी क्रान्तिहरू भए । आज पनि कम्युनिस्ट र कम्युनिस्ट पार्टीहरू पुँजीवादलाई सचेततापूर्वक परिवर्तन गर्ने अभियानमा जुटिरहेका छन् । धेरै देशहरूमा कि क्रान्ति चलिरहेका छन्, कि त क्रान्तिको तयारी भइरहेका छन् । यसरी हेर्दा कम्युनिस्ट पार्टीको सचेत पहल वैज्ञानिक समाजवाद सफलताको महत्वपूर्ण आन्तरिक कारण रहेको छ ।

याे पनि पढ्नुहाेस

वैज्ञानिक समाजवादको अनिवार्यता – विप्लव

२०७५ भदौ १३ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :