पुँजीवादी दुनियाँँले जति नै आलोचना, भत्र्सना, आक्रोश र घृणा पोखे पनि विश्व एक्काईसौँ शताब्दीमा प्रवेश गरेसँगै वैज्ञानिक समाजवाद–साम्यवादको अनिवार्यता यसरी उठेर अगाडि आएको छ; जसरी सत्रौँ शताब्दीमा पोपले अधर्म, पाप र अपवित्रताको उद्घोष गरे पनि सामन्तवादका नाइके र सम्राट्हरूलाई मिल्काउँदै आधुनिक पुँजीवाद उदाएको थियो । साथै जसरी समय पुगेपछिको बच्चा आमाको गर्भबाट बाहिर निस्किन अनिवार्य हुन्छ त्यहाँ केवल सुडेनीको काम गर्ने तत्वहरूको मात्र आवश्यकता हुन्छ । हामीलाई थाहा छ, सन् १९९० तिर ‘संशोधनवादी समाजवादी देशहरूमा’ नाङ्गो पुँजीवाद पुनरावृत्त हुँदै गर्दा वैज्ञानिक समाजवादको भविष्यबारे त्यसरी नै भविष्यवाणी गरिएको थियो जसरी सन् १९१७ को अक्टोबर क्रान्तिद्वारा पुँजीवाद फ्याँकिँदा पुँजीवादको भविष्य समाप्त भएको विश्वास गरिएको थियो । पुँजीवादी राजनीतिक नेतृत्वले मात्र होइन, कैयौँ पुँजीवादी विश्लेषकले समेत समाजवादी–साम्यवादी युग समाप्त भएको निष्कर्ष निकालेका थिए । तर संशोधनवादी ‘समाजवाद’ को पतन र आज पुँजीवादले भोगिरहेको असफलता र सङ्कटका साथै पुँजीवादी–साम्राज्यवादी व्यवस्थाले मानव–दुनियाँमाथि थोपरिरहेको अति–उत्पादन, बजारको छिनाझप्टी, आर्थिक विपत्ति, युद्ध र विध्वंसले मानवजातिलाई वैज्ञानिक समाजवादको आवश्यकता त्योभन्दा बढी महसुस भइरहेको छ जति आवश्यकता पेरिस कम्युन र अक्टोबर क्रान्तिपूर्व गरिएको थियो । मानवजातिमा पैदा भएको पुँजीवादप्रतिको घृणा र वैज्ञानिक समाजवादप्रतिको आस्थाले वैज्ञानिक समाजवादको आगमनलाई त्यतिकै अनिवार्य बनाइदिएको छ, जति कि सत्रौँ–अठाह्रौँ शताब्दीमा सामन्तवादसँगको सङ्घर्षमा पुँजीवाद बेलाबखत पराजय हुँदा पनि पुँजीवादी विजयलाई नै अनिवार्य बनाइदिएको थियो । पुँजीवादको अन्त्य र समाजवाद–साम्यवादको आगमनबाट मान्छे त्यसरी नै बच्न सक्नेछैन जसरी दासयुगको अन्त्यबाट समाजको कोही पनि सदस्य बच्न सकेको थिएन । यहाँनेर लेनिनले वैज्ञानिक समाजवादको अनिवार्यताबारे उल्लेख गर्नुभएको विषय निकै महत्वपूर्ण छ, उहाँले भन्नुभयो, “समाजवाद स्वप्नद्रष्टाहरूको मनगढन्ते कुरा होइन, यो त आधुनिक समाजमा उत्पादक शक्तिहरूको विकासको अन्तिम उद्देश्य एवम् अनिवार्य परिणाम हो । ”
(माक्र्स–एङ्गेल्स, सङ्कलित रचना खण्ड १, फ्रेडरिक एङ्गेल्स, पृ. १५) ।
त्यसैगरी बुर्जुवावर्गको खण्डन र इच्छाविपरीत माक्र्सवाद झन् कसरी शक्तिशाली भएर उठ्छ भन्ने सन्दर्भमा उल्लेख गर्नुभएको एउटा उक्तिले शानदार तरिकासँग मेल खान्छ । लेनिनले सन् १९०८ अप्रिल ३ मा लेख्नुभएको थियो, “बुर्जुवावर्ग माक्र्सवादबारे केही सुन्न पनि चाहँदैन, उसले यो घोषणा गर्छ कि माक्र्सवादको खण्डन र उन्मूलन भइसकेको छ; समाजवादको खण्डनद्वारा आफ्नो जीवन उन्नतिको मार्ग बनाइरहेका युवा वैज्ञानिक र हरेक प्रकारका जीर्ण ‘पद्धतिहरू’ का दियोलाई बचाइराख्नेवाला केही जर्जर वृद्धजन, दुवैले समान उत्साहका साथ माक्र्समाथि प्रहार गर्छन् । माक्र्सवादको विकास एवम् मजदुरवर्गमा उनको विचारको प्रसार तथा सुदृढीकरणको फल यो हुने गरेको छ कि सरकारी विज्ञानद्वारा ‘उन्मूलन’ पछि हरेकपटक अधिक शक्तिशाली, अधिक इस्पाती तथा अधिक जीवन्त बनेर जानेवाला माक्र्सवादमाथि यो बुर्जुवा हमला अनिवार्यतः बढ्दै र तेज हुँदै जानेछ । ”
(लेनिन, संकलित रचना, भाग ३, हिन्दी संस्करण, माक्र्सवाद र संशोधनवाद, पृ. ३७४) ।
साँचो कुरा हो कि पुँजीवादी दुनियाँँले वैज्ञानिक समाजवाद–साम्यवादका बारेमा त सुन्नसम्म पनि चाहँदैन तर उसको इच्छाविपरीत उसको हरेक आलोचना र हमलापछि साम्यवाद झन् शक्तिशाली र अनिवार्य भएर अगाडि आइरहेको छ, आज पनि ‘इतिहासको अन्त्य’ लाई चिर्दै समाजवाद–साम्यवाद टार्नै नसक्ने गरी अगाडि आउँदैछ ।
वैज्ञानिक समाजवाद–साम्यवादको अनुसन्धानपछि वैज्ञानिक समाजवादले पुँजीवादमाथि युगान्तकारी विजय हासिल ग¥यो । श्रमिकवर्गले आफ्नो नयाँ पुस्ताका लागि साम्यवादी सभ्यताको ढोका खोलिदियो, दुनियाँ प्रज्वलित भयो । परन्तु समाजवाद सञ्चालनमा रहेको अनुभव र ज्ञानको कमीका कारण समाजवादले अकल्पनीय पराजय व्यहोर्नुप¥यो, जसले गर्दा समाजवादको भविष्यप्रति नै प्रश्नहरू खडा भए । तर तथ्यहरूले बताउँछन् कि समाजवाद कुनै कल्पनाको दुनियाँँ नभएर ऐतिहासिक युगको निष्कर्ष हो । जस्तो कि वैज्ञानिक समाजवाद–साम्यवादबारे माक्र्सको अनुसन्धानबारे चर्चा गर्दै ‘राज्य र क्रान्ति’ मा लेनिनले भन्नुभएको छ, “माक्र्सले कुनै पनि काल्पनिक जगत्को रचना गर्ने अथवा एक अज्ञात वस्तुको सम्बन्धमा व्यर्थको कपोलकल्पना गर्ने रत्तिभर पनि प्रयास गर्नुभएको थिएन । साम्यवादसम्बन्धी प्रश्नलाई माक्र्सले त्यसै ढङ्गले नै प्रस्तुत गर्नुभएको थियो जसरी कुनै प्रकृतिविज्ञ कुनै नयाँ जैविक प्रवर्गको विकाससम्बन्धी प्रश्नमाथि विचार गर्दछ अर्थात् त्यो यस किसिमबाट उत्पन्न भएको हो र यस निश्चित दिशातर्फ परिवर्तित छ भन्ने कुरा उसलाई राम्रो थाहा छ । ”
(राज्य र क्रान्ति, पाँचौँ अध्याय, पृ. ७७) ।
लेनिनको यो उक्तिले प्रस्ट गर्छ, वैज्ञानिक समाजवाद–साम्यवाद कुनै काल्पनिक अनुमान र भविष्यवाणी नभई समाज विकासको प्रक्रियाले अनिवार्यतः अगाडि आउने युग हो । यसलाई कुनै घटना विशेषको हारजितबाट परिभाषित गर्न मिल्दैन । हुन सक्छ, घटना–परिघटना, क्रान्ति–प्रतिक्रान्ति, विद्रोह–प्रतिविद्रोहका अनेकौँ चरणहरू पार गरेर यो पूरा हुन सक्दछ । यो सत्यलाई कम्युनिस्टहरूले मात्र होइन, स्वयम् पुँजीवादीहरूले पनि नबुझेका होइनन् । उनीहरूले बाहिर मुखले जति विरोध गरून्, भित्री रूपमा उनीहरूलाई हरेक दिन वैज्ञानिक समाजवादको विजयोन्मुख भविष्यले त्रसित बनाइरहेको छ । यसैले पनि साबित गर्छ राजनीतिक विज्ञानको सच्चाइबाट हेर्दा वैज्ञानिक समाजवाद–साम्यवाद मानवसभ्यताको आउँदो अनिवार्य युग हो ।
वैज्ञानिक साम्यवाद आउन अनिवार्य यसकारण पनि छ, स्वाभाविक रूपमा जिज्ञासा पैदा हुन्छ, के त्यस्ता आधारहरू छन् जसले साम्यवादको अनिवार्यतालाई बुझ्न र बुझाउन सकियोस् । यो एकदमै जायज हुन्छ, हामीले पराजयमा परेको साम्यवादको विजयलाई अनिवार्य साबित गर्न यसका वैज्ञानिक र वस्तुगत आधारहरू प्रस्तुत गर्नैपर्छ । हामीसँग यसका आधारहरू छन् र अनिवार्य रूपले छन् । यहाँ पुँजीवादले जसरी आफ्नो क्षणिक सफलतालाई निर्विकल्पताको टोपी बनाएर गतिशील दुनियाँँमाथि लाद्ने पूर्वाग्रहको कुनै औचित्य छैन । हालसम्मका अध्ययन–अनुसन्धानलाई केन्द्रमा राखेर हेर्दा पुँजीवाद अन्त्य हुने र वैज्ञानिक समाजवाद आउने दुई आधार रहेका छन् । ती हुन् :
(क) वस्तुगत आधारहरू
(ख) आत्मगत आधारहरू
(क) वस्तुगत आधारहरू
पुँजीवाद मर्छ र साम्यवाद जन्मिन्छ भन्ने निष्कर्ष वस्तुगत नियमभित्र पर्छ । कहिले मर्छ र कहिले जन्मिन्छ, त्यो वस्तुको आत्मगत कारणभित्र पर्छ । पुँजीवाद पराजित र पतन हुन्छ भन्ने निष्कर्ष कुनै काल्पनिक र अनुमानित विषय होइन । यो वैज्ञानिक नियमहरूद्वारा प्रमाणित सत्य हो । पुँजीवादीहरूले जति नै निर्विकल्पता र अन्तिम व्यवस्था भने पनि पुँजीवाद एक दिन समाप्त हुन्छ भन्ने सत्यलाई कसैले पनि काट्न सम्भव छैन । यो सत्यलाई निम्नवस्तुगत आधार र नियमहरूले बुझ्न सहयोग पु¥याउँछन् :
१. वस्तुको जन्म र मृत्युको वैज्ञानिक नियम
२. जनवादी एवम् क्रान्तिकारी वर्ग (शक्ति) को जन्म र विकास
३. पुँजीवादको सङ्कट (असफलता)
१. वस्तुको जन्म र मृत्युको वैज्ञानिक नियम
वैज्ञानिक समाजवादको उदय र पुँजीवादको पतन हुन्छ भनेर साबित गर्ने पहिलो वस्तुगत कारण वस्तुको जन्म र मृत्युको भौतिकवादी नियम हो । विज्ञानले पुष्टि गरेको छ, भौतिक जगत्का कुनै पनि वस्तुको आयु हुन्छ, त्यो जन्मेपछि अनिवार्य रूपले बढ्दै बूढो हुन्छ र निश्चित समयमा मर्छ । चाहे जीव होस्, चाहे निर्जीव होस्, जुन अवस्थामा जन्मियो वा निर्माण भयो, त्यस्तै रहिरहँदैनन् । त्यो जन्मेपछि क्रमशः युवा, प्रौढ, बूढो हुन्छ र मर्छ । पुरानोबाट हर्दम नयाँमा विकास हुँदै एकदमै नयाँमा परिवर्तन हुन्छ । हरवस्तुजस्तै राजनीतिक सत्ता र व्यवस्था पनि एउटा वस्तु नै हो । यो जन्मिन्छ र मर्छ । इतिहास भन्छ, आज पुँजीवाद छ, यो सुरुमै जन्मिएको व्यवस्था होइन । सबैभन्दा पहिले दाससत्ता र दास–व्यवस्था जन्मियो । त्यो करिब ८ हजार वर्ष चल्यो । त्यो प्राकृतिक नियमअनुसार नै बूढो भयो, जति नै गरे पनि बाँचिरहन सकेन, न त बचाउन नै सकियो । त्यो म¥यो र त्यसलाई दाहसंस्कार गरियो । त्यसपछि दास व्यवस्थाको ठाउँमा सामन्ती व्यवस्था आयो । खुब तामझामका साथ सिंहासनमा चढेको सामन्ती–सत्ता र व्यवस्था लगभग १५ सय वर्ष बाँच्यो । त्यसले आफूलाई अजम्मरीजस्तो ठान्थ्यो । त्यसका विरोधीहरू बिनाछानबिन शूलीमा चढ्थे, अफसोच जति नै गरे पनि प्राकृतिक नियमअनुसार नै त्यो बूढो भयो, म¥यो र त्यसलाई पनि दाहसंस्कार गरियो । सामन्तवादी व्यवस्था मरेपछि त्यसको ठाउँमा पुँजीवादी उत्पादन सम्बन्ध र पुँजीवादी राजनीतिक व्यवस्था जन्मिएको हो । पुँजीवादले निकै सिँगारपटार गरेर सत्ताको बागडोर समालेको हो, यसले पनि अरूले जस्तै आफूलाई अजम्मरी देखाउन खोजेको हो तर दुईपटक यसले धुलोमा पछारिनुपरेको छ । आधा–प्राण छोडेको पुँजीवादले समाजवादको असफलतापछि आफूलाई पुनः निर्विकल्प र अन्तिम सत्ता भन्दै झुक्याएको छ, यो हुर्किंदै आज ५ सय वर्षको बूढो हुन पुगेको छ । यसले आफूलाई बचाउन अनेक कोसिस गरिरहेको छ । अनेक राजनीतिक, आर्थिक खेलखण्डहरू चलाइरहेको छ । विज्ञान र युद्धको सहारा लिन खोजिरहेको छ तर विज्ञानको नियमअनुसार नै यसले पनि आफ्नो बाटो तताउनु अनिवार्य छ । यसले पनि अनिच्छापूर्वक आफ्ना पुर्खाहरूले लिएको समाधिको बाटो लिनैपर्नेछ । जति नै कराए पनि यो लामो समय बाँचिरहन सम्भव छैन । यो भित्रभित्रै मर्दै गएको छ; यो एक दिन सबैले देख्ने गरी अवश्य मर्नेछ । अर्कोतिर कुनै पनि वस्तु नष्ट हँुदा वा मर्दा त्यसको ठाउँ अर्को वस्तु वा नयाँले लिन्छ । पुरानो मर्दैन मात्र, नयाँको जन्म पनि अनिवार्य हुन्छ । पुँजीवाद पतन हुन्छ भन्नुको अर्थ समाज त्यतिकै बस्छ भन्ने होइन । पुँजीवादको ठाउँ नयाँ राजनीतिक व्यवस्थाले लिन्छ । त्यो सबै दृष्टिले सक्षम वैज्ञानिक समाजवाद नै हो । वैज्ञानिक समाजवाद एक त नयाँ छ, दोस्रो यो वैज्ञानिक र जनताका पक्षमा पनि छ । यसर्थ पुँजीवादको स्थान वैज्ञानिक समाजवादले लिनु अनिवार्य छ । यसलाई जति रोक्न खोजे पनि वस्तुगत नियमअनुसार नै वैज्ञानिक समाजवादको उदय र आगमनलाई कसैले रोक्न सम्भव छैन । वैज्ञानिक समाजवादलाई रोक्ने सोच्नु भनेको बिहानीको सूर्यलाई रोक्न खोज्नुजस्तै हो; जो समय पुगेपछि आइछोड्छ ।
२. जनवादी एवम् क्रान्तिकारी वर्ग (शक्ति) को जन्म र विकास
पुँजीवादको पतन र वैज्ञानिक समाजवादको विजय हुन्छ भन्ने दोस्रो वस्तुगत कारण समाजमा जनवादी र क्रान्तिकारी वर्ग–शक्तिको जन्म र विकास हुनु हो । वैज्ञानिक नियमले नै के साबित गर्छ भने कुनै वस्तुमा पुरानो र नयाँको, जीवनशील र मरणशील पक्षका बीचमा सङ्घर्ष पैदा हुन्छ । सङ्घर्षको बीचमा पुरानो पक्षभन्दा नयाँ पक्ष शक्तिशाली र क्रान्तिकारी नभएसम्म पुरानोको विस्थापन वा पतन हुँदैन । जति नै सङ्कटबाट गुज्रे पनि नयाँमा रूपान्तरण हुन सक्दैन तर जब सङ्घर्षमा पुरानोभन्दा नयाँ शक्ति जीवनशील, क्रान्तिकारी र शक्तिशाली भएर विकास हुन्छ तब पुरानो विघटन हुन्छ र नयाँको विजय हुन्छ । सामन्तवाद लामो समय बाँच्नु सामन्तवादभित्र समस्या नरहेर होइन, सामन्तवादभन्दा असल र शक्तिशाली पक्ष अर्थात् पुँजीवादको विकास ढिला हुन पुग्नुको कारणले हो । जब सामन्तवादभित्रैबाट सामन्तवादभन्दा नयाँ, प्रगतिशील र शक्तिशाली शक्ति पुँजीवादी शक्तिको विकास भयो तब सामन्तवाद सदाका लागि परास्त भयो र समाप्त भयो । अनि समाजमा त्यसको ठाउँ सामन्तवादभन्दा प्रगतिशील र जनवादी रहेको शक्ति पुँजीवादीवर्ग र शक्तिले लियो । समाज र राज्यमा पुँजीवाद स्थापना भएपछि त्यसले आफूलाई जनवादी र प्रगतिशील बनाइराख्न सकेन, बरु आफूभन्दा पनि निःस्वार्थ, प्रगतिशील, जनवादी र क्रान्तिकारीवर्ग सर्वहारावर्ग (मजदुर) जन्माउन पुग्यो । अर्थात् पुँजीवादको गर्भबाट त्योभन्दा प्रगतिशील, जनवादी र क्रान्तिकारी शक्ति सर्वहारावर्गको जन्म हुन पुग्यो । सर्वहारावर्गको जन्मको वैचारिक–राजनीतिक संश्लेषण नै वैज्ञानिक साम्यवाद हो । वैज्ञानिक समाजवाद–साम्यवाद पुँजीवादभन्दा सबै दृष्टिले प्रगतिशील, जनवादी र क्रान्तिकारी छ । यसले आफ्नो वर्ग–चरित्रअनुरूप नै नयाँ समाज, राज्य र सभ्यताको दृष्टिकोण, राजनीति, अर्थनीतिहरू निर्माण गरेको छ; जसले पुँजीवादद्वारा उब्जाइएका र थोपरिएका सबै मानवीय विभेद, शोषण, उत्पीडन, दमन, पछौटेपन, अशिक्षा आदिलाई समाप्त पार्ने र मानव–दुनियाँँमा आजसम्मकै नयाँ, जनवादी र मानवीय सभ्यता निर्माण गर्ने लक्ष्य लिएको छ ।
वैज्ञानिक समाजवाद–साम्यवाद अनुसन्धान गरिएपछि यो कुनै धारणा र परिकल्पनामा मात्र सीमित छैन । यसले पुँजीवादलाई धेरै ठाउँमा परास्त गरिसकेको छ र आफ्नो शौर्य र क्षमता प्रदर्शन गरिसकेको छ । वास्तविक वैज्ञानिक समाजवादी सिद्धान्तअनुरूप सञ्चालन रहेसम्म समाजवादले गरेका विकासलाई आजका कुनै पनि व्यवस्थाले न पूरा गर्न सकेका छन्, न त भेट्टाउन नै सकेका छन् । समाजवादी सत्तामा समस्या आए पनि समाजवादी सिद्धान्त, दृष्टिकोण र सर्वहारावर्गको शक्ति विकल्पहीन रहेको छ । तर पुँजीवादलाई हे¥यौँ भने जताततै अशान्ति, हस्तक्षेप, लुटखसोट, युद्ध र विध्वंस मात्र छ । यसले यही सच्चाइलाई प्रमाणित गर्छ, पुँजीवादलाई परास्त गर्न सक्ने सबैभन्दा प्रगतिशील, जनवादी र क्रान्तिकारी वर्ग आइसकेको र तीव्र गतिमा विकास भइरहेको हुनाले उपयुक्त समयको आगमनसँगै वस्तुगत नियमअनुरूप नै पुँजीवादको अन्त्य र वैज्ञानिक समाजवाद–साम्यवादको उदय अनिवार्य छ ।
३. पुँजीवादको सङ्कट (असफलता)
पुँजीवाद पतन हुने र वैज्ञानिक समाजवाद सफल हुने तेस्रो वस्तुगत कारण पुँजीवादको चौतर्फी असफलता हो । कुनै पनि वस्तु अस्तित्वमा आउनु र रहनु उसले आफू रहेको वस्तुस्थितिअनुरूप स्वयम्लाई अनुकूलन बनाउन सफल हुन्छ वा हुँदैन भन्नेले निर्धारण गर्छ । जुन वस्तुले प्रकृतिअनुरूप अनुकूलन बनाउन सक्दैन वा रूपान्तरण गर्न सक्दैन, त्यो वस्तु र प्रकृति वा वस्तुस्थितिको प्रतिकूल हुन जान्छ । अन्ततः प्रतिकूल हुन जाने वस्तुलाई प्रकृतिको गतिले बदल्न वा खाइदिन पुग्छ र वस्तुको अन्त्य वा लोप हुन्छ । भनिन्छ कि धेरै वर्ष पहिलेसम्म पृथ्वीमा निकै ठूला ज्यान भएका डायनोसरहरू अस्तित्वमा थिए । उनीहरू एउटा अवधिसम्म बाँचे पनि जब एउटा समय उनीहरूका लागि वातावरण अनुकूल हुन सकेन । प्रकृति र उनीहरूका बीचमा अन्तर्विरोधहरू देखापरे । अन्ततः डायनोसरहरू नै लोप भए । मानवजातिका कैयौँ शाखा र हाँगाहरू पनि आफूलाई प्राकृतिक अवस्थाअनुरूप परिवर्तन र विकास गर्न नसक्दा लोप भइसकेका छन् । आज पनि कैयौँ देशका मानव–हाँगा लोप हुनेतिर गइरहेका छन् । दक्षिणएसियामा त्यस्ता कैयौँ जाति छन् भने नेपालकै कुरा गर्दा कुसुन्डा लोप भइसकेको छ भने राउटेको अस्तित्व सङ्कटमा छ । जीवजस्तै राजनीतिक व्यवस्था पनि आपूmलाई बदलिँदो परिस्थितिअनुरूप बदल्न र रूपान्तरण गर्न नसक्दा सङ्कटग्रस्त हुन पुग्ने र अन्त्यमा समाप्त हुँदै आएका छन् । दासयुगले आफैँभित्रबाट विकास भएको उत्पादन–सम्बन्धअनुरूप विकास गर्न नसक्दा नयाँ उत्पादन–सम्बन्धअनुरूप सामन्तवादलाई आफ्नो ठाउँ छोड्नुप¥यो । त्यसले दासयुगको पुरानो सामाजिक अस्तित्वलाई समाप्त गरिदियो । सामन्तवादी युगको अवस्था पनि त्यसरी नै पुँजीवादी उत्पादन–सम्बन्धका कारण समाप्त भयो । आज पुँजीवाद पनि त्यस्तै नयाँ सङ्घर्ष र सङ्कटमा छ । पुँजीवादभित्र विकास भएको पुँजीवादी उत्पादन–सम्बन्ध र त्यहीँभित्र विकास भएको उत्पादकशक्ति वा मजदुरवर्गबीच अन्तर्विरोधका कारण पुँजीवादी अर्थ–सम्बन्धले आफूभन्दा सबै दृष्टिले प्रगतिशील र विकसित कम्युनिस्ट र श्रमिकवर्गलाई ठाउँ छोड्नुपर्ने स्थितिमा पुगेको छ । यस सन्दर्भमा माक्र्सले कम्युनिस्ट घोषणापत्रमा लेख्नुभयो, “अब समाज बुर्जुवावर्गको अधिनमा बस्न सक्दैन अर्थात् उसको अस्तित्वले अब समाजसँग सामञ्जस्य राख्दैन । ”
(माक्र्स–एङ्गेल्स संकलित रचना खण्ड १, कम्युनिस्ट घोषणापत्र, पृ. ६१) ।
त्यसैगरी, पुँजीवाद कसरी मृत्युतिर जाँदैछ भन्ने सन्दर्भमा लेनिनले एक अमेरिकी पत्रकारसँग प्रश्नोत्तर गर्ने क्रममा भन्नुभएको कुरा निकै मार्मिक छ । उहाँ भन्नुहुन्छ, “सामान्यतया प्रविधि अनि विशेषतया यातायातको विराट प्रगति पुँजी तथा बैंकहरूको विशाल समृद्धिको परिणाम यो भयो, पुँजीवाद परिपक्व तथा अति–परिपक्व भइसक्यो । यो कालातीत भइसकेको छ । यो मानवजातिको विकासका लागि सबभन्दा प्रतिक्रियावादी बाधा बनिसकेको छ । यो मुट्ठीभर करोडपतिहरू–अर्बपतिहरूको सर्वसत्ता बनेर बसेको छ । ”
(लेनिन, संकलित रचना, खण्ड ९, हिन्दी संस्करण, अमेरिकी पत्रकारको प्रश्नहरूको उत्तर, पृ. १२३) ।
यहाँ माक्र्स–लेनिनहरूले भन्नुभएजस्तै यो शताब्दीमा विकास भएका अति–केन्द्रित, अति–एकाधिकारका साथै, निगम पुँजीका कारण श्रमिक जनता र पुँजीवादी राज्यका बीचमा तिखा अन्तर्विरोध र सङ्घर्ष चलिरहेका छन् । पुँजीवाद वस्तुगत रूपले नै पछि पर्दै गएको छ । यो राजनीतिक रूपले शक्तिमा भएर पनि जनचाहनाअनुरूप सञ्चालन हुन सकिरहेको छैन । यसले समाजको ठूलो हिस्सालाई उत्पीडनभित्र घिसारेको छ र ती वर्गहरू पनि पुँजीवादबाट सन्तुष्ट छैनन् । पुँजीवादले झन् पछि झन् ठूला आर्थिक एवम् राजनीतिक सङ्कटहरू निम्त्याइरहेको छ । पुँजीवादकै कारण दुनियाँँले डरलाग्दा युद्धहरू भोग्नुपरिरहेको छ । सारमा भन्दा पुँजीवादी राजनीतिक व्यवस्थामा चारैतिर असफल हुँदै गएको छ । अर्कोतिर वैज्ञानिक समाजवादप्रति श्रमिक जनताको भरोसा बढ्दै गएको छ । यसले अगाडि सारेका समाजवादी आर्थिक, राजनीतिक, सांस्कृतिक अवधारणाप्रति आम श्रमिकवर्गको विश्वास तानिएको छ । दुनियाँलाई शान्ति र समृद्धि दिन सक्ने गुण साम्यवादमा मात्र कायम छ भन्ने विश्वास बन्दै गएको छ । यसको अर्थ यही हुन्छ, पुँजीवाद वस्तुगत रूपले नै आजको सामाजिक आवश्यकता र विशेषताअनुरूप छैन । यसले क्रमशः पुँजीवादलाई अन्त्य गर्दै लानेछ र एक ठाउँमा पुगेर पुँजीवादको अन्त्य हुनेछ । पुँजीवादको स्थान वैज्ञानिक समाजवाद–साम्यवादले लिनेछ ।
(ख) आत्मगत कारणहरू
पुँजीवादी व्यवस्थाको पतन र वैज्ञानिक समाजवादको विजय हुने वस्तुगत कारणहरू मात्र छैनन्, अपितु यसका आन्तरिक कारणहरू पनि छन् । विज्ञानले के साबित गरेको छ भने वस्तुको विकास र विनास, मर्ने र बाँच्ने, सफल र असफल हुने कारणहरू मुख्यतः आन्तरिक नै हुन्छन् । जब आन्तरिक रूपले नै कुनै पनि वस्तु सङ्कटग्रस्त, कमजोर र मृत्युन्मुखी हुन्छ, त्यसको अन्त्य र पराजयलाई कसैले पनि बचाउन सक्दैन । त्यसैगरी, जब कुनै वस्तु आन्तरिक रूपले नै नयाँ जीवन, विकास र सम्भावना लिएर अगाडि लिएर आउँछ, त्यसको जन्म, सफलता र विजयलाई कसैले रोक्न र अन्त्य गर्न सक्दैन । पुँजीवादमाथि वैज्ञानिक समाजवाद हाबी हुने, विकास गर्न सक्ने, सफल हुने यस्ता आन्तरिक कारणहरू छन्; जसको सफलता र विजयलाई कुनै तत्वले पनि रोक्न सक्ने देखिँदैन । वैज्ञानिक समाजवादलाई आउँदो युगमा अनिवार्य जन्म दिने ती मूल कारणहरू निम्नरहेका छन् :
१. वैज्ञानिक समाजवादको वैज्ञानिक विचार
२. वैज्ञानिक समाजवादको सामूहिक अर्थ–राजनीतिक सम्बन्ध
३. वैज्ञानिक समाजवादको जनवादी विशेषता
४. वैज्ञानिक समाजवादको क्रान्तिकारी चरित्र
५. कम्युनिस्ट पार्टीको सचेत पहल
१. वैज्ञानिक समाजवादको वैज्ञानिक विचार
वैज्ञानिक समाजवादको विजय र पुँजीवादको पराजय हुनुको पहिलो र मुख्य आन्तरिक कारण यसको वैज्ञानिक दृष्टिकोण र जनवादी चरित्र हो । वैज्ञानिक समाजवादी दृष्टिकोण प्रकृति, समाज, राज्यसत्ता, वर्ग र क्रान्तिलाई वैज्ञानिक भौतिकवादी तरिकाले अध्ययन गर्ने, बुझ्ने र सोही विचारअनुरूप सञ्चालन गर्ने दृष्टिकोण हो । यसले पुँजीवादी व्यवस्थाको जन्म र पुँजीवादभित्र मानवजातिले भोग्नुपरेका राजनीतिक, आर्थिक, सामाजिक समस्या, दुःख–कष्ट, विभेदहरूलाई बुझ्ने र समाधान गर्ने वैज्ञानिक दृष्टिकोण दिएको छ । मान्छेले मान्छेलाई गर्ने शोषण, उत्पीडन, दमन, युद्धबाट मानव मात्रलाई मुक्ति दिएर दुनियाँमा सबै मानवले समानता, स्वतन्त्रता, समृद्धि, शान्ति पाउने वैज्ञानिक साम्यवादी व्यवस्थाको परिकल्पना गरेको छ । यस्तो दृष्टिकोण र विचार वैज्ञानिक समाजवादसँग मात्र रहेको छ जुन कुरा पुँजीवादी राज्यव्यवस्थाभित्र सम्भव छैन । उदाहरणार्थ, आजको पुँजीवादले मानव–समाजमा लादिरहेको शोषण, दमन, युद्ध र वैज्ञानिक समाजवादले दिन खोजेको समानता, मुक्ति र शान्तिलाई नै लिऔँ । जनताले न्याय, समानता र स्वतन्त्रता खोज्छन् तर पुँजीवादले आधुनिक हतियार, बम र युद्धको बलमा सबैमाथि शासन गर्न खोज्छ । बस्तीका बस्ती खरानी पार्छ । लाखौँलाखलाई एक चिहान पार्छ तर वैज्ञानिक समाजवादले हरेक नागरिकको बाँच्न पाउने, घुम्न पाउने, श्रम गर्न पाउने र शान्ति पाउने अधिकार छ भन्ने विश्वास गर्छ । समाजवादले मानवले मानवलाई जति नै गरे पनि युद्ध र आतङ्कको बलमा शासन गर्न सकिँदैन भन्ने दृष्टिकोण राख्छ । जब हामीले मानव–समाज र जीवनका सन्दर्भमा पुँजीवाद र समाजवादले प्रस्तुत गरेका दृष्टिकोण र व्यवहारलाई हेर्छाँै, तब स्पष्ट हुन्छ पुँजीवादभन्दा कैयौँ गुणा असल र जनवादी विचार वैज्ञानिक समाजवादसँग रहेको छ जुन विचार विज्ञानसम्मत, सत्य र मानवहितमा छ । जब मानव–दुनियाँबारे विचार–दृष्टिकोणमै पुँजीवादभन्दा वैज्ञानिक समाजवाद अतुलनीय रूपले वैज्ञानिक, वस्तुवादी र जनवादी छ भने पुँजीवादमाथि वैज्ञानिक समाजवाद विजयी हुन्छ वा आउँदो युगमा वैज्ञानिक समाजवाद–साम्यवाद अनिवार्य छ भन्ने साबित हुन्छ ।
… बाँकी अर्को अंकमा
२०७५ भदौ ५ गते प्रकाशित