देशभर केपी ओलीको पुतला जलाइयो

काठमाडौँ : नेकपाले मङ्गलबार देशभर प्रधानमन्त्री केपी ओलीको पुतलादहन गरेको छ । सर्वोच्च अदालतको आदेशसमेत अटेर गर्दै पार्टी प्रवक्ता प्रकाण्डलगायत नेकपाका नेताहरूमाथि झूट्टा मुद्दा लगाएर षड्यन्त्र गरेको भन्दै नेकपाले प्रधानमन्त्री ओलीको पुतलादहन गरेको हो ।  

रातो खबरका जिल्ला संवाददाताहरूका अनुसार नेकपाले फासिवादी शासन सञ्चालनको अभ्यास गरिरहेको भन्दै प्रधानमन्त्री ओलीको पुतलादहन गरेको हो । दाङ, स्याङ्जा, कास्की, चितवनलगायत देशका विभिन्न जिल्लामा दिउँसो प्रधानमन्त्री ओली र वर्तमान सरकारका गलत क्रियाकलापका विरुद्ध नारा लगाउँदै नेकपाका कार्यकर्ताले प्रधानमन्त्रीको पुतलामा आगो लगाएका थिए । पुतलादहनमा भने प्रशासनले धरपकड गर्न नभ्याएको पनि नेकपाले जनाएको छ । नेकपा स्रोतका अनुसार सरकारले जनताको ढाड सेक्ने गरी कर र महँगी लादेकाले पनि त्यसका विरुद्धसमेत पुतला जलाउनु परेको हो ।
२०७५ भदौ १२ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :