चारमहिने अभियान र हिरासत : एक अनुभूति

देशमा वाम नेतृत्वको सरकारले पैदा गरेका समस्याहरूका बारेमा जनतालाई सुसूचित गर्न जनसङ्गठनहरूको जालोलाई व्यापक बनाउन, राष्ट्रघात, जनघात, भ्रष्टाचार, महँगीलगायत समस्याहरूको विरुद्ध सङ्घर्ष गर्न आमजनतालाई अपिल गर्न नेपाल कम्युनिस्ट पार्टीद्वारा ४ महिने अभियान सञ्चालन गर्ने निर्णयअनुसार देशव्यापी नेता, कार्यकर्ताहरूको व्यापक परिचालन भइरहेको थियो । यसै अभियानअन्तर्गत हाम्रो सङ्गठनले पनि आपूmलाई सुदृढ र विस्तार गर्न छैटौँ राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय ग¥यौँ । २०७४ माघ ११–१३ सम्म काठमाडौँमा सम्पन्न केन्द्रीय समितिको बैठकले राष्ट्रिय सम्मेलनलाई भव्य रूपमा सम्पन्न गर्न समग्र कार्ययोजना, कार्यविधि र समयतालिकाअनुसार आवश्यक जनशक्ति केन्द्रीकरण गरियो । २०७४ फागुन १७ गते नवलपरासी जिल्लामा सम्पन्न दोस्रो राष्ट्रिय कार्यकर्ता भेला प्रशिक्षणले समग्र कार्यक्रमलाई ठोस र मूर्त गर्न पुग्यो । सोही निर्णयका आधारमा सङ्गठनले चैत–वैशाखका २ महिनामा आपूmलाई केन्द्रीकरण गर्न पुग्यो । १२ वटा पेसाका राष्ट्रिय सम्मेलनहरू, चारवटा पेसाको सामान्य आकार दिँदै करिब ३ दर्जन जिल्लाको भेलामा तथा सम्मेलनहरू यसबीचमा सम्पन्न गरियो । राष्ट्रिय सम्मेलनलाई केन्द्र भागमा राखेर गरिएका वा राष्ट्रिय तथा जिल्ला भेला, सम्मेलनहरूको साप्ताहिक पत्रिका, रेडियो तथा सामाजिक सञ्जालहरूमा व्यापक प्रचारप्रसार भए । अन्ततः निर्धारित समय अर्थात् १२९ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर पारेर सुन्दर पर्यटकीय नगरी पोखरा उपमहानगरपालिकाको अमरसिंहचोकमा वैशाख १८ गते मजदुरहरूको विशाल प्रदर्शनसहित उद्घाटनसत्र सम्पन्न गरियो भने १९–२० गते लेखनाथ नगरपालिकामा बन्दसत्र सम्पन्न भयो । विद्यमान दलाल संसदीय व्यवस्थाका विरुद्ध सङ्घर्ष गर्न आवश्यक पर्ने तथा नीति योजना पारित गर्नुका साथै ४१ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्दै शानदार रूपमा छैटौँ राष्ट्रिय सम्मेलन सम्पन्न गरियो ।

राष्ट्रिय सम्मेलनले लिएका निर्णयहरू सार्वजनिक गर्न वैशाख २५ गते अनामनगरस्थित संवाद डबलीमा पत्रकारसम्मेलन आयोजना गरियो । पत्रकारसम्मेलन चलिरहेको अवस्थामा ठूलो सङ्ख्यामा सादा पोसाकमा रहेका प्रहरीको उपस्थितिका साथै गाडीमा बर्दीधारी प्रहरी शक्तिलाई पनि गेटमा तैनाथ गरिएको रहेछ । यो गतिविधिका बारेमा हामीलाई जानकारी नै थियो तर हामीले उनीहरूको नियमित कार्यक्रम होला र हामीलाई यसरी पक्राउ गरिहाल्लान् भन्ने कुरा विश्वास लागेन । पत्रकारसम्मेलन सकेर झन्डै आधा घन्टा सामान्य छलफल गरियो । जब हामी बाहिर कम्पाउन्डमा झ¥यौँ एकजना अपरिचित व्यक्तिले नमस्कार अध्यक्षज्यू, तपाईंलाई महानगरीय प्रहरीवृत्त सिंहरदबारका डीएसपीसाबले एकछिन भेट्ने भन्नुभएको छ, जाऊँ भने । मैले किन जाने भनी प्रतिवाद गरेपछि ती अपरिचित व्यक्तिले म प्रहरी हुँ, तपाईं जानैपर्छ भने । पछि अर्को प्रहरीले पनि मलाई अर्कोतिर समाते र २ जनाले गाडी भएतिर पु¥याए । मभन्दा अगाडि महासङ्घका केन्द्रीय सदस्य क. शिव परियारलाई गाडीमा राखिसकेका रहेछन् । मलाई गाडीमा पु¥याउँदै गर्दा मेरो पछाडि केन्द्रीय सचिव देव परियार, केन्द्रीय सदस्यहरू क्रमशः शिशिर थापा, लील ब. बुढाथोकी, टेक प्रधान, हरि खड्का, नितु शाह एवम् अखिल नेपाल क्रान्तिकारी हाइड्रो मजदुर सङ्घका केन्द्रीय सदस्य क. केशव बुढा र अ.ने.क्रा. सङ्घ, संस्था मजदुर सङ्घका काठमाडौँ जिल्ला अध्यक्ष क. विनोद श्रीपालीसहित १० जनालाई गाडीमा राखेर महानगरीय प्रहरी वृत्त सिंहदरबार पु¥याइयो । त्यहाँ रहेका डीएसपीले माथिको आदेशमा तपाईंहरूलाई ल्याइएको हो । तपाईंहरूलाई केही सोधपुछ गरी छोडिनेछ भने । करिब आधा घन्टापछि हामीलाई आफ्नो ठेगाना, टेकनाम, पार्टी हैसियत, बस्ने ठाउँलगायत विषयहरूमा सोधियो । मैले अहिले टेकनाम आवश्यक नभएको, पार्टी हैसियत टे«ड युनियनको केन्द्रीय अध्यक्ष र आफ्नो अफिस महाराजगन्ज चक्रपथ रहेको कुरा बताए । अरू कमरेडहरूले पनि यस्तैयस्तै बताउनुभएछ । बयानका क्रममा १ जना सादा पोसाकका प्रहरीले हाम्रो फोटो खिच्ने र बीचबीचमा केही प्रश्नहरू पनि गर्ने गर्दथे । करिब ४।५ घन्टापछि हामीलाई अपराध अनुसन्धान महाशाखा टेकुमा लगियो भने नितु शाह, केशव बुढा र विनोद श्रीपालीलाई त्यहीँबाट छोडियो । त्यहाँ झन्डै १२० पुरुष तथा ३५।४० महिलाहरू रहेछन् । महिलाहरूको अर्को साइड भएकाले त्यहाँ आउनेजाने पुरुष कक्षलाई खास जानकारी हुँदैनथ्यो । यता हामी ७ जना भित्र जाँदा हिरासतकक्षमा निकै हल्लाखल्ला मच्चियो । हिरासतमा रहेकाहरू हाम्रोवरिपरि झुम्मिन थाले । विभिन्न प्रश्नको ओइरो आउन थाल्यो । तर त्यहाँ सङ्ख्या ठूलो भएकाले सानो स्वरमा कुरा गर्दा पनि सिङ्गो हल गुञ्जायमान हुन्थ्यो । सबै एकआपसमा बोल्दा प्रहरीहरू अश्लील शब्द प्रयोग गरी बन्दीहरूलाई हप्काउने गर्दथे । करिब २४ वर्षपहिले पनि म आफ्नै जिल्लामा हिरासत र जेल बसेको थिएँ । त्यतिखेर प्रहरीको व्यवहार निकै निर्दयी थियो । अहिले गणतन्त्रमा राम्रो भएको होला भन्ठानेको त उस्तै शैली देखियो तर तल्लो तहका अधिकृतदेखि माथिका अधिकृतहरूले राम्रै व्यवहार गरे । हामीलाई दोस्रो दिन पक्राउ पुर्जी थमाइयो । सार्वजनिक अपराधको मुद्दा चलाइएको रहेछ, अनौठो लाग्यो । हाँसो पनि चल्यो । कस्तो अनौठो लोकतन्त्र ! पत्रकारसम्मेलनबाट ल्याउने अनि सार्वजनिक मुद्दा बनाई हिरासत र जेलमा राख्ने वाम सरकार ! कुरा लोकतन्त्र र समाजवादको तर व्यवहार निरङ्कुशतन्त्र र अधिनायकवादको । गजबको तरिका नेपालमा प्रयोग भइरहेको छ । हामीलाई सार्वजनिक मुद्दा लगाएको निश्चित भएपछि कमरेड भीम शर्माले सर्वोच्चमा रिट दायर गर्नुभयो । वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता कपीलचन्द्र पोखरेलसहितको टोलीले गरेको पैरवीका कारण अन्ततः १४ औँ दिनमा सर्वोच्चले हामीलाई निर्दोष साबित गरिदियो । निरङ्कुशतन्त्रमार्फत अधिनायकवाद लाद्ने दलाल संसदीय व्यवस्थाले देशव्यापी बिनाकारण गरिरहेको धरपकड र बन्दी बनाइएका नेता–कार्यकर्ताहरूको रिहाइका लागि अहोरात्र खटिरहनुभएका वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता कपीलचन्द्र पोखरेललगायत कानुन व्यवसायीहरू धन्यवादका पात्र हुनुहुन्छ ।

जुन दिन हामी सर्वोच्चद्वारा निर्दोष साबित हुँदै थियो । हामीलाई गाडीमा पु¥याउने प्रहरीहरू भन्दै थिए । तपाईंहरू सर्वोच्चले रिहा गर्ने आदेश गरेपछि खुरुक्क यहीँ आई आफ्ना सामानहरू लगेर जानु पर्नेछ । दायाँबायाँ गर्नु राम्रो हुनेछैन । प्रहरीले यत्ति भनेपछि पुनः गिरफ्तार गर्ने योजना रहेको अनुमान गर्न सकिन्थ्यो । हामी सबैजना प्रहरीकै गाडीमा टेकु पुग्यौँ । त्यहाँ एसपीले भने, ‘उहाँ (मलाई इङ्गित गर्दै) लाई जिल्लाको पत्र छ भने पठाइदेऊ, अरू छोडिदेऊ । मसँग सचिव देव परियार बस्नुभएको थियो । उहाँलाई आर्थिक, प्रकाशनलगायत कामहरूमा लाग्ने निर्देशनसहित म मेरा प्रिय कमरेडहरूसँग बिदा भएँ । उहाँहरू पनि त्यहाँबाट हिँड्नुभयो । पुनः हिरासतभित्र प्रवेश गरेपछि त्यहाँ कार्यरतः असईलाई सोधेँ– मलाई कता लैजाने हो ? तपाईंलाई केही जानकारी छ ? उनले भने, ‘रोल्पाबाट विस्फोटक पदार्थसम्बन्धी मुद्दा आएजस्तो छ ।’ अब भने म ढुक्क भएँ, मलाई रोल्पा लगिँदै रहेछ । भोलिपल्ट २।३ बजेतिर मलाई रोल्पा हिँडाए । राती हिँडियो । अर्को दिन बिहान करिब ९ः०० बजेतिर रोल्पा पुगियो । जि.प्र.का. रोल्पाका डीएसपी ज्ञानेन्द्रबहादुर फुयालले भने, ‘केही दिन प्रक्रिया पूरा गर्नु पर्दछ । त्यसैले तपाईं ढुक्कसँग बस्नुस् । हामी कुनै समस्या हुन दिनेछैनौँ ।’ डीएसपीसँग लामो भलाकुसारी भयो । केही दिनपछि अनुसन्धान विभागका डीएसपी, सीडीओसँग मेरो भेट भयो । उहाँहरूको राम्रो सद्भाव रह्यो । नेपाली काङ्ग्रेसका पूर्वसांसद लेखनाथ आचार्य, जिल्लास्थित वरिष्ठ पत्रकारहरू विभिन्न पार्टीका नेता–कार्यकर्ताहरू मेरा आफन्त तथा इष्टमित्रहरूसँगको भेटघाट निकै रोमाञ्चकारी र उत्साहवद्र्धक रहन पुग्यो ।

पार्टीका महासचिव नेत्रविक्रम चन्द, स्थायी समिति सदस्य सन्तोष बुढासहित हामी ११ जनाविरुद्ध विस्फोटक पदार्थसम्बन्धी मुद्दा दर्ता गरिएको रहेछ । अनौठो त के भने हामी रोल्पाका भए पनि अधिकांश बाहिर कार्यक्षेत्रमा थियौँ । त्यसकारण यो मुद्दा विशुद्ध राजनीतिक पूर्वाग्रहद्वारा प्रेरित छ भन्ने कुरा प्रशासन, अदालत, राजनीतिक वृत्त सबैतिर प्रस्ट थियो । कर्मचारीहरू विवश भएर भन्थे– के गर्नु, सबै कुरा जानकारी छ तर पनि सरकारको निर्देशन मान्नैप¥यो । नेपाली काङ्ग्रेस रोल्पाका पूर्वसांसद लेखनाथ आचार्यले ‘हामीले ०४८।४९ मा झूट्टा मुद्दाको सहारा लियौँ । त्यतिखेर हाम्रो विरोध गर्नेहरूले अहिले जे गरिरहेका छन् यो नितान्त गलत छ । यसले राम्रो गर्दैन’ भन्दै हुनुहुन्थ्यो ।

मलाई काठमाडौँ होस् वा रोल्पा हिरासत बसाइका क्रममा के कुरा गहिरो गरी अनुभूत भइरहेको थियो भने म राष्ट्र र जनताका पक्षमा तथा राष्ट्रघात र जनघातका विरुद्ध सञ्चालन गरिएको अभियानमा विशिष्ट जिम्मेवारी लिएर यहाँ आएको छु । मैले हाम्रो अभियानअन्तर्गतका कार्यक्रमहरू यहाँ पनि लागू गर्नुपर्दछ । जसले गर्दा हाम्रा उद्देश्यहरू सबैले बुझ्न पाऊन् र हाम्रो क्रान्तिलाई सहयोग र समर्थन गरून् किनकि क्रान्ति भनेको राष्ट्र र जनतालाई विद्यमान अवस्थाबाट शान्ति र समृद्धितिर लैजानु हो । यो सानो समूहविशेषको मात्र पहलले सम्भव हुँदैन । चौतर्फी सहयोग, समर्थन र सहभागिताबाट मात्र राजनीतिक शान्ति सम्भव छ । मैले सानो स्तरबाट भए पनि यो कार्यभार पूरा गर्नुपर्छ । सोही आधारमा मैले आपूmलाई त्यहाँ केन्द्रित गरेको थिएँ ।
रोल्पा हिरासत बसाइलाई छोटो बनाउने कुरामा सम्पूर्ण सरोकारवाला संस्थाहरूको एकमत थियो । विविध कारणले केही ढिलाइ भए पनि अन्ततः १५ दिनको हिरासत बसाइपछि म बाहिर आएँ । दुवै ठाउँ गरी एक महिना हिरासत बसाइका क्रममा सुरक्षा निकाय, राजनीतिक दल, पत्रकार, मानवअधिकारकर्तासँग भएको अन्तर्कियाहरूलाई हेर्दा निम्न विषयहरूको वरिपरि सिङ्गो समाज केन्द्रित भएको अनुभूति भएको छ :

१. देश चौतर्फी सङ्कटतर्फ गएको छ । राष्ट्रघात बढिरहेको छ । भ्रष्टाचार, महँगी कालाबजारी व्यापक बनेको छ । ठूलो सङ्ख्यामा युवा शक्ति विदेश पलायन हुनु, संसदीय सत्ता अधिनायकवादी बन्दै जानु, देश पूर्णतः परनिर्भरतातर्फ जानु, शिक्षा, स्वास्थ्य, खाद्य सम्प्रभूताबाट जनता निमुख हुँदै जानु आजका ज्वलन्त राष्ट्रिय समस्या हुन् ।

२. देशको यो अवस्थाका कारण विभिन्न दलका नेता, कार्यकर्ता, एउटा सीमासम्म सुरक्षाकर्मी, पत्रकार, मानवअधिकारकर्मीहरू, युवा, विद्यार्थी, बुद्धिजीवी, शिक्षक, किसान, मजदुर हुँदै आमजनतासम्म राज्यसत्ताप्रति विकर्षण बढिरहेको छ ।

३. नेपालको विद्यमान सङ्कट र जनविरोधी राज्यसत्ता बदल्नका लागि क्रान्ति अनिवार्य छ तर केही महानुभावहरूले क्रान्ति शान्तिपूर्ण रूपमा गर्नुपर्ने सुझाएका छन् । राजनीतिक विज्ञान, राज्यसत्ता र त्यसविरुद्धको सङ्घर्षको इतिहास अझ मुख्यतः ४ हजार वर्षको मानवइतिहास, १५०० वर्ष चलेको सामन्तवाद र ५०० वर्षवरिपरि चलिरहेको पुँजीवादका विरुद्ध चलेका सङ्घर्ष र परिवर्तनहरूमा मुख्यतः बल प्रयोगको अनिवार्यता रहेको यथार्थपरक छलफलले उक्त कुरामा सहमति बनेको छ ।

४. देशमा एउटा सत्ता सञ्चालन गरिरहेको नेकपा र अर्को सत्ताविरोधी नेकपा क्रमशः आमनेसामने बन्न पुगेका छन् । संसदीय व्यवस्थाले विश्वव्यापी र नेपालमा पनि स्वाधीनता, शान्ति र समृद्धि दिन नसक्ने कुरा निश्चित छ । तसर्थ आम परिवर्तनगामी जनताहरू स्थायी शान्ति, समृद्धि र स्वाधीनताको पक्षधर जो वैज्ञानिक समाजवादमा प्राप्त हुन्छ सत्ताविरोधी नेकपाको वरिपरि केन्द्रीकृत हुँदै गएका छन् ।

५. दलाल पुँजीवादी राज्यसत्ताको वास्तविकतालाई बुझ्न आपूmलाई चौतर्फी क्षेत्रमा अध्ययन तथा प्रशिक्षित गर्न हिरासत, जेलबसाइ एउटा अनिवार्य पक्ष हो । हामीले त्यसलाई पनि एउटा मोर्चा बनाएर अगाडि बढ्नु पर्दछ– ‘पढेको कमान्डरभन्दा परेको कमान्डरले धेरै ज्ञान हासिल गरेको हुन्छ’ भन्ने कुरा बोध भएको छ । हामी दलाल संसदीय व्यवस्थाले हामीमाथि थोपरेको समस्याका विरुद्ध अभियान सञ्चालन गरिरहनेछौँ । यो सिलसिलामा हामी सयौँ–हजारौँ नेता–कार्यकर्ताहरू जेल, हिरासतका लागि तयार हुनुपर्छ । त्यसलाई क्रान्तिको एउटा मोर्चा बनाउनुपर्छ ।

अन्त्यमा काठमाडौँ–रोल्पा हिरासत बसाइका क्रममा सहयोग गर्ने पार्टी तथा महासङ्घका नेता, कार्यकर्ताहरू, वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता कपीलचन्द्र पोखरेल, अधिवक्ता माधव आचार्यप्रति हार्दिक आभार प्रकट गर्दछु । रोल्पा बसाइका क्रममा सम्पूर्ण प्रक्रिया मिलाउनुहुने दीनमणि भण्डारी, पत्रपत्रिका, पुस्तक तथा दैनिक प्रयोगका अत्यावश्यक सामान पु¥याइदिने देउराम सुनार, पत्रकार मित्रहरू, सुरक्षाकर्मीहरू, काठमाडौँ–रोल्पा हिरासत बसाइमा सहयोग गर्ने सम्पूर्ण आफन्तजनहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

२०७५ असार १७ गते आइतबार दिउसो १ : ४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :