योङ्क रेड फोर्स कास्कीको दोस्रो जिल्ला सम्मेलन सम्पन्न

पोखरा : योङ्क रेड फोर्स, नेपाल कास्कीको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले सोममाया विककाे अध्यक्षतामा १९ सदस्यीय जिल्ला समिति निर्वाचित गरेकाे छ । कार्यक्रमको प्रमुखको प्रमुख अतिथिसमेत रहेकी नेकपाकी केन्द्रीय सदस्य तथा गण्डक ब्युरो इन्चार्ज आस्थाले निर्वाचित कमिटीलाई सफल कार्यकालको हार्दिक बधाई तथा शुभकामना दिएकी छिन् । सम्मेलनले २०६१ असार १६ गते सहिद भएका बिजय बास्तोला ‘अजित’प्रति श्रद्धाञ्जली तथा परिवारलाई सम्मान गरिएको छ । कार्यक्रममा योङ्क रेड फोर्स, नेपालका महासचिव पाटन, जगन तिवारीलगायत सहभागि रहेका थिए । त्यस्तै कार्यक्रममा गण्डक ब्युरो अन्तर्गतका चुनु शिल्पा सांस्कृतिक परिवारले नित्य पनि प्रस्तुत गरेका थिए ।
२०७५ असार १७ गते आइताबार दिउँसो ३ : ०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :