क्रान्तिकारी ध्रुवीकरण तीव्र , नेकपामा ५ दर्जन भन्दा बढि प्रवेश

दाङ : नेपाल कम्युनिस्ट पार्टीको आह्वानमा क्रान्तिकारी ध्रुवीकरण अभियान निरन्तर चलिरहेको छ । पछिल्लो चरणमा अहिलेको यो व्यवस्था र माओवादी केन्द्र एमालेमा विलय भएपछि त्यसबाट असन्तुष्ट भएका माकेका जिल्ला सदस्यहरु समेत नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने क्रम जारी रहेको छ । यसै अन्तर्गत दाङको राजपुरमा ६० जना फेरि विभिन्न पार्टी परित्याग गरि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।
राजपुर ७ नं. वडा निपुवाखोलामा माओवादी केन्द्रका जिल्ला सदस्य मिलन बस्नेतको नेतृत्वमा ३० जनाले प्रवेश गरेका छन् भने राजपुरकै ७ नं. वडा सिक्टाको कात्तिकेमा माओवादी केन्द्रकै जिल्ला सदस्य कृष्ण बहादुर शाहको नेतृत्वमा माके लगायत विभिन्न पार्टी परित्याग गरि ३० जना नेकपामा प्रवेश गरेका छन् । नवप्रवेशीहरु देश र जनताको मुक्ति वैज्ञानिक समाजवादी व्यवस्थाले मात्र गर्ने भन्दै त्यसको प्राप्तिका लागि एकीकृत जनक्रान्तिमा लागिरहने संकल्पका साथ प्रवेश गरेको बताएका छन् ।

यसैबीच नवप्रवेशीहरुलाई नेपाल कम्युनिस्ट पार्टी दाङमा आबद्ध गराउदै विभिन्न ठाउँमा जनवर्गीय संगठन पनि गठन गरिएको छ । राजपुर ७ निपुवाखोलामा गिता विकको अध्यक्षतामा ११ सदस्यीय अखिल नेपाल महिला संघ क्रान्तिकारी गाउँ इकाई कमिटी गठन गरिएको छ ।

२०७५ असार १७ गते आइताबार दिउँसो  ४ : २६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :