दाङमा धव्रीकरण अभियान सुरु

 

दाङ : दाङमा नेपाल कम्युनिस्ट पार्टीमा धुव्रीकरण हुने अभियान सुरु भएको छ । यसैक्रममा दाङको राजपुरमा माकेका तर्फबाट तत्कालिन वडा अध्यक्षका उम्मेदवार कल्लु यादवसहित दर्जनौं कार्यकर्ताहरु विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । राजपुर गाउँपालिकाका तत्कालिन वडा नं. ३ का वडा अध्यक्ष उम्मेद्वार कल्लु यादवसहित माकेका ५० जना कार्यकर्ताहरु आज नेकपामा प्रवेश गरेका हुन् । माओवादी केन्द्र एमालेमा विलय भएका कारण असन्तुष्टि व्यक्त गर्दै उनीहरुले क्रान्तिमा समाहित हुने संकल्पका साथ नेकपामा प्रवेश गरेको बताएका छन् ।
यसैबीच नवप्रवेशीहरुलाई नेकपा दाङका इन्चार्ज सविन, जिल्ला जनपरिषद दाङका प्रमुख गणेश चौधरीलगायत स्वागत गर्दै पार्टी प्रवेश गराउनुभएको थियो । धुव्रीकरण अभियान जिल्लाभरका सबै गाउँपालिका, नगरपालिकामा सञ्चालन गरिने नेकपा दाङले जनाएको छ ।
२०७५ जेठ २५ गते शुक्रबार दिउँसो २ : ०९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :