कतारमाथि आक्रमण गर्ने अमेरिकी षड्यन्त्र यस्ताे छ

काठमाडौं : मध्यपूर्वमा निरन्तर सैन्य हस्तक्षेप गरिरहेको अमेरिकाले कतारमाथि पनि सैन्य आक्रमण गर्ने तयारी गरेको छ । गत वर्ष अमेरिकाले कतारमाथि नाकाबन्दी गर्न साउदी अरब, यूएई, ओमनलगायत देशहरूलाई उचालेको थियो । अमेरिकाको दबाबपछि मध्यपूर्वका ६ वटा देशले कतारसँग व्यापार बन्द गरेका थिए । खाडी देशको नाकाबन्दीको बाबजुद कतारकोे अर्थतन्त्रमा केही फरक नपरेपछि साउदी अरबले १ तारिखका दिन कतारमाथि सैन्य आक्रमणको चेतावनी दिएको छ । साउदी अरबले भनेको छ । (कतारले रुसबाट क(४०० नामक मिसायल किनेमा हामी सैन्य आक्रमण गर्नेछौँ । साउदी अरबले यही वर्ष अमेरिकाबाट करिब ३ वर्ष डलरको अत्याधुनिक हतियार किनेको थियो । उता कतारले रुसबाट हतियार किनेको घोषणा अमेरिका आतङ्कित बनेको थियो । अमेरिकाले रुस कतारलाई जसरी पनि आफ्नो पञ्जाबाट बाहिर जान नदिन साउदी अरबलाई उचालेर सैन्य आक्रमणको चेतावनी दिएर कतारलाई तर्साउन थालेको छ । यता विश्लेषकहरू भने कतारसँगको अमेरिकी लडाइँ नभएर रुससँगको जुँगाको लडाइँ भएको बताउँछन् । यसरी आफ्नो प्रतिकूल हुने भएपछि अमेरिकाले युद्ध थोपर्दै आएकाले कतारमाथि पनि सैन्य हमला गर्ने अमेरिकी षड्यन्त्रका रूपमा लिन थालिएको छ । यो अघि अमेरिकाले इराक, अफगानिस्तान, सिरिया, यमनलगायत देशहरूमाथि सैन्य आक्रमण गरिसकेको छ ।
२०७५ जेठ २५ गते शुक्रबार अपरान्ह ३ : २७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :