योङ्ग रेड फोर्सद्वारा नेताकार्यकर्तालाई बिनासर्त रिहाइकाे माग

दाङ : कैलालीमा घोडा घोडी सुख्खडमा आफ्नै घरमा सुतिरहेको अवस्थामा आफ्ना संगठनका केन्द्रीय सदस्य कमल क्षेत्रीलगायत नेकपाका जिम्मेवार नेताकार्यकर्तालाई बिना कारण गिरफ्तार गरेको भन्दै योङ्ग रेड फोर्स नेपालले रिहाइ गर्न जोडदार माग गरेको छ । योङ्ग रेड फोर्सका केन्द्रीय महासचिव पाटनद्वारा हस्ताक्षरित बुधबार एक विज्ञप्तिमा नागरिकको स्वतन्त्र रुपमा बोल्न, लेख्न र आफ्ना दैनिकी कामकाज सम्म गर्न नपाउने गरि भएका खान तलासीले नागरिकहरुलाई आतंकित बनाएकोप्रति आफ्नो संगठनको गम्भीर ध्यानाषर्ण भएको जनाइएको छ । ‘कथित केपी सरकारले अनाहाकमा दुख दिदै कैलालीमा गिरफ्तार गरिएका कमल क्षेत्रीलगायत सम्पुर्ण नेता कार्यकर्तालाई बिनासर्त सिर्घ्र रिहाइ गर्न र कथित संघ, प्रदेश र स्थानीय सरकारको कभरमा भैरहेको ब्यापक भ्रष्टाचार व्यथितीका विरुद्ध आम देशभक्त, क्रान्तिकारी युवाहरुलाई संघर्षमा आउन हाम्रो संगठन अपिल गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

२०७४ चैत १ गते दिउँसाे १ : ०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :