बर्दियामा जनप्रतिनिधि सभा गठन

यादव आचार्य / बर्दिया : थारुवान स्वायत्त प्रदेश अन्र्तगत बर्दिया जिल्ला जनप्रतिनिधि सभा गठन गरेको छ । समुहको केन्द्रीय जनप्रतिनिधि सभा अध्यक्ष उमा भुजेलको प्रमुख आतिथ्यतामा ३५ सदस्यीय जिल्ला स्तरीय जनप्रतिनिधि सभा गठन गरेको हो । दलाल सत्तालाई खारेज गरौं जनताको सत्ता निर्माण गर्दै अघि बढौं मुल नारासहित जय बहादुर ठाडाको अध्यक्षतामा जनप्रतिनिधि सभा गठन गरिएको जिल्ला ईन्चार्ज देवकला अधिकारीले बताइन् । बुधबार बेलुकी फोन मार्फत जानकारी दिँदै उनले भनिन् हामीले बर्दिया जिल्ला जनपरिषद पनि गठन गरेका छौं ।उनकाअनुसार टीकाराम थारु प्रमुख रहेको जनपरिषदमा १७ सदस्यीय रहेका छन् । बर्दियामा आयोजित पहिलो अधिवेशनबाट जनप्रतिनिधि सभा र जनपरिषद प्रमुखको समिती गठन गरिएको हो । कार्यक्रममा भेरी व्युरो इन्चार्ज विश्वलगायतका कार्यकर्ताहरुको उपस्थिती रहेको बताइएको छ । 
२०७४ चैत १ गते मध्यान्न १२ : ३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :