कोशी बाँध र आईएसबारे माओवादी ,हल्ला नेपालमाथि दमन बढाउने षड्यन्त्र

download (5)भारत, बिहार राज्य, सुपौल जिल्लाका मजिस्ट्रेट (म्ः) बैजनाथ यादवले साउन ३ गते सुनसरी र सप्तरीका नेपाली समकक्षी प्रमुख जिल्ला अधिकारीलाई औपचारिक पत्र लेखेर आईएसआईले कोसी बाँध भत्काउने धम्की दिएको जानकारी गराएका छन् । भारतीय उक्त पत्रचारपछि नेपाली पक्षले सुरक्षाव्यवस्था कडा पारेको छ । आईएसआईले कोसी बाँध भत्काउन चाहेको भए पूर्व जानकारी दिने थिएन । त्यसो गर्नुपर्ने कारण पनि छैन । त्यसैले त्यो हल्लाका पछाडि कोसी बाँधको सुरक्षाका नाममा सप्तरी र सुनसरीमा भारतीय सैन्य चौकी राख्ने मनसायले हल्ला गरिएको हुनसक्छ । स्मरण रहोस् बाबुराम भट्टराई प्रम भएको समयमा कोसी ब्यारेज र त्रिभुवन विमानस्थलमा भारतीय सेना राख्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस भए पनि पारित नहुँदै सरकार ढलेको थियो । त्यसैले भारत आफैँले उक्त बाँधमा आंशिक क्षति पु¥याएर नेपालले सुरक्षा दिन नसकेको आरोपमा भारतीय सेना आउने वातावरण बन्न सक्छ । त्यसो भयो भने गण्डक, मस्र्याङ्दी, कर्णाली, अरुण सबैतिर भारतीय सेना राख्ने बाटो खुल्छ । त्यसरी २०२६ सालमा नेपालबाट फर्केको भारतीय सेना अंशअंशमा पुनः तैनाथ हुनसक्छ । दोस्रो यसै बेला भारतीय हस्तक्षेप र अतिक्रमणका विरुद्ध नेकपा माओवादी लडिरहेको छ । त्यसैले जगत्ले नपत्याउने गरी दिल्लीको संस्थापन निकट सञ्चारले माओवादी र आईएसआईका बीचमा सम्बन्ध भएको प्रचार गरिरहेका छन् । उक्त प्रचारको अर्थ नेपाल सरकारलाई दमन गर्न उक्साउनु र विश्वका अन्य देशलाई माओवादीप्रति नरम नीति नअपनाउन दबाब दिनु हो । विप्लव नेतृत्वको माओवादीलाई एकै समयमा भारतीय सञ्चारले चीन र आईएसआई दुवैसँग सम्बन्ध रहेको प्रचार गरिरहेका छन् । यसैबीच बिहीबार गृह मन्त्रालयले एक वक्तव्य जारी गर्दै कोसी बाँध भत्काउने हल्ला निराधार रहेको र त्यसमा कुनै सत्यता नभएको जिकिर गरेको छ । उता नेकपा माओवादीका स्थायी समिति सदस्य तथा विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोलाले उक्त भारतीय हल्लाभित्र गम्भीर षड्यन्त्र रहेको बताउनुभएको छ । वक्तव्यमा भनिएको छ –

भारत सरकारले कोशी बाँधबारे उठाएको सुरक्षा प्रश्न वर्तमान नेपाली परिवेशमा जसरी उठाउन खोजिएको छ, त्यो स्तरमा खतरा छैन भन्ने प्रष्ट बुझन सकिन्छ साथै भारतले पनि त्यो कोणबाट उठाएको बुझिदैन । बरु भारतले सन १९ ६५ मा नेपालको संक्रमणकालिन राजनीतिको फाइदा उठाउदै नेपालमाथि अन्यायपूर्ण ढंगले लादेको सम्झौता थियो र त्यसको विरोध नेपाली जनताले त्यतिबेलादेखि निरन्तर गर्दै आएका छन् । त्यतिमात्र होइन भारतले नेपालमाथि लादेका गण्डक, कालापानी, लिपुलेक, माथिल्लो कर्णाली, अरुण तीन, कोशी उच्च बाँधको पनि पुरै विरोध गर्दै आएका छन् भन्ने राम्रोसंग बुझेको छ ।

दोस्रो कुरा, भारतले नेपालमाथि जसरी असमान सन्धि सम्झौता लादेर आफ्नो उपनिवेश बनाउन चाहन्छ त्यसलाई नेपालका स्वाभिमानी नागरिकले एकरत्ति पनि सहन गर्ने पक्षमा छैनन् । नेपालीको यो विचारलाई भारतले राम्रोसंग बुझेपछि राष्ट्रिय स्वाधिनताको संघर्षलाई कथित आतंकवादको बहानामा ओझेलमा पार्ने र नेपाललाई त्रासको छायाँमुनि कैद गर्ने अतिक्रमणकारी, हस्तक्षेपकारी बाटो पकडेको सजिलै देख्न सकिन्छ ।

तेस्रो कुरा, भारतीय पुँजीपति वर्गको जनघाति सत्ता विरुद्ध भारतीय श्रमिक जनताले भाकपा (माओवादी)को नेतृत्वमा ४० वर्षदेखि नयाँ जनवदी क्रान्ति संचालन गर्दै आएका छन् । भारतिय जनताको मुक्ति आन्दोलनलाई आतंकवादीको संज्ञा दिदै बर्बर दमन गर्दै आएको भारतीय सत्तासिन सामन्त तथा दलाल पुँजीपति वर्गले नेपालको माओवादी आन्दोलनलाई समेत अन्तराष्ट्रिय आतंकवादीको वहाना बनाएर नेपालको प्रतिक्रियावादी राज्यलाई उक्साएर दमन गर्ने तानाबाना गर्दैछ ।

चौथो कुरा, नेपालको माओवादी आन्दोलन भारतीय शासक वर्गले प्रचार गरेजस्तो नहर र बिजुलीको बाँध तोडनेजस्तो अतिअनावश्यक संघर्षमा नभई सिंगो नेपालको प्रतिक्रियावादी दलाल पुँजीवादी संसदीय व्यवस्थालाई नै जरैबाट उखेलेर फाल्ने र नेपालमा नेपाली जनताको नयाँ जनवादी, वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्ने मानव मुक्तिको महान उद्देश्यमा समर्पित भएर लागि परेको प्रष्ट छ । यो एकदमै स्पष्ट छ कि कोशी नेपालको नदी हो र कोशी संझौता भारतीय विस्तारवादले नेपालमाथि लादेको घोर असमान सम्झौता हो । यसलाई खारेज गरेर दुवै देशको हित हुनेगरि सम्झौता गरिनु पर्दछ । यसो भन्नुको अर्थ कोशी बाँध भत्काउने जस्तो हास्यास्पद कुरा माओवादीले सोच्न सक्दैन । वक्तव्यको निष्कर्षमा वहाँले अगाडि भन्नुभएको छ – अतः केही समययता भारतीय संचार माध्यमहरुले हाम्रो पार्टीको नामसमेत जोडेर साथै नेपालको माओवादी आन्दोलनलाई मुछेर जुनप्रकारले असामान्य, अस्वभाविक, बाँध भत्काउनेसम्मका प्रचार गरिरहेको छ त्यसलाई तुरुन्त रोक्न चेतावनी दिन चाहन्छ । भारतले बुझनु पर्दछ पर्दाभित्र रचिने षडयन्त्र, जालझेल र धाकधम्किबाट विस्तारवादी हैकम चल्नेवाला छैन । नेपाली जनताले दशकौंदेखि संचालन गर्दै आएको स्वाधिनताको संघर्ष साथै नेपालमा जनताको सत्ता स्थापना गर्ने अभियानलाई कुनै प्रभाव पर्ने छैन । बरु भारतले नै अरु ठूला प्रतिरोधहरुको सामना गर्नु पर्नेछ । साथै नेपाली स्वाभिमानी जनताहरु साम्राज्यवादी र विस्तारवादीहरुले संचालन गरेको विस्तारवादी अतिक्रमणकारी प्रचारबाट एकरत्ति पनि भ्रममा नपरि उनीहरुसंग केही दलालहरुले गरेजस्तो आत्मसमर्पण गरेर होइन आफ्नो अधिकारको लागि चट्टानजस्तो दृढ बनेर मात्र स्वाधिनताको उच्च चुचुरो चुम्न सकिन्छ भन्ने वोध गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :