नेकपामाथि गरिएको दमन लोकतान्त्रिक राज्यको उपहास

दाङ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बलबहादुर ओली सितलले अहिलेको संसदीय ब्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद नै भएको बताएका छन् । बिहीबार दाङमा आयोजीत एक कार्यक्रममा बोल्दै ओलीले अहिलेको सत्ताका जनप्रतिनिधिहरुले जनताको ढाड सेक्ने गरि दश गुणा कर बृद्धि गरेको आफैं डोजर मालिक, आफै ठेक्दार बनेको, जनताको करबाट उठेका सम्पत्तिले व्यक्तिगत डोजर, गाडी, स्मार्ट फोन किनेर जनविरोधी निर्णय गरेको बताए । ओली सरकार गठन भएको चौथो दिनमै आफ्नो पार्टीको युवाको सम्मेलनलाई हस्तक्षेप गरि पार्टीका नेताहरुलाई विनाकारण फासीवादी शैलीमा धरपकड गर्नुले कम्युनिष्ट पार्टीलाई दमन गर्ने सरकार वाम सरकार, लोकतन्त्रीक भन्नै नसकिने उनको भनाई थियो । कार्यक्रममा बोल्दै मानवअधिकार सञ्जाल दाङका अध्यक्ष केशव कुमार शर्माले लोकतन्त्रलाई दलका नेताहरुले भजाँएर खाने भाँडो बनाएको बताए । विराटनगरमा युवाको कार्यक्रममा भएको सरकारी हस्तक्षेप तथा नेकपाका नेताहरुको गिरफ्तारीको विरोध समेत गरे । सभा सम्मेलन गर्न पाउने नैसर्गिक अधिकार संबिधानमा स्पष्ट लेखिएको भन्दै उनले संंबिधानको मौलिक अधिकारको संरक्षण गर्न सरकारलाई आग्रह गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य यज्ञ बहादुर डागी, दलित अधिककारकर्मी मिना नेपाली, राजमोका गणेश आचार्य, गणतान्त्रिक खेलकुद महासंघका केन्द्रिय सदस्य रुद्र वली, लगायतले बोलेका थिए ।

२०७४ फाग्न ११ गते बिहान ९ : ३२ मा पकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :