देशव्यापी रुपमा केपी ओलीको पूत्ला जलाउँदै

फाइल : तस्विर

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीद्वारा ओली सरकारको प्रहरी दमन र हस्तक्षेपको विरुद्ध शुक्रबार देशैभरी केपी ओलीको पुत्ला जलाउने कार्यक्रम हुँदै छ । अाइतबार माेरङकाे  विराटनगरबाट नेकपाका स्थायी सदस्य सुदर्शन र पोलिट्ब्युरो सदस्य पदम राईलाइ युवाको कार्यक्रममा सहभागी हुँदै गर्दा गिरफ्तार गरेपछि नेकपा आक्रोशित हुँदै चरण्वद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेकोछ । यसैबीच चितवनको भरतपुर स्थित हाकिमचोकमा र चितवनकै टाँडीमा पुत्ला जलाउने काम सम्पन्न गरेको नेकपा चितवनले जनाएको छ ।

चितवन

नेकपाका कार्यकर्ता, समर्थक, शुभचिन्तकहरुले नारासहित लगाएर हाकिमचोकमा केपी ओलीको पुत्लामा आगो लगाएको हो । त्यस्तै उता पूर्वी कमाणड अन्तर्गत धनकुटाकाे पाखीबास पनि केपी अाेलीकाे पुत्ला जलाउने कार्यक्रम सम्पन्न भएकाे  हाम्रा धनकुटा संवाददाताले जानकारी दिएका छन् । यसैगरी स्याङ्जाकाे मायाटारि बजारमा केपी ओलिको पुत्ला दहन कार्यक्रम सम्पन्न भएको छ ।

स्याङ्जा

त्यसैगरी सिन्धुलीको हरिहरपुरगढी ८ पानताले र हरिहरपुरगढीकै १ जीतपुरमा ओलीको पुत्ला जलाउने कार्यक्रम सम्पन्न भएको छ । यसैगरी गुल्मीको तम्घासमा आेलीको पुत्ला दहन कार्यक्रम सम्पन्न गरेको छ । 

पार्टीको पूर्वघोषित कार्यक्रम अनुसार शुक्रबार करिब १ : १५ मा  गुल्मीको सदरमुकाम तम्घासमा केपी ओलीको पुत्ला जलाएको नेकपा गल्मीले जनाएको छ ।  

गुल्मी

यस्तै कञ्चनपुरको झलारी बजार र महेन्द्रनगरको चम्मनचोकमा केपी ओली पुत्ला जलाउने कार्यक्रम सम्मपन्न भएको छ । 

तनहु

बिहानै देखि सुरुक्षाकर्मीहरुको वाक्लो उपस्थिति रहेको अवस्थामा पनि केपी ओलीको कञ्चनपुरमा पुत्ला जलाउन नेकपाका कार्यकर्ता सफल भएका छन् ।

कञ्चनपुर

यस्तै भोजपुरको कुन्वाक काउले र नागीमा ओलीको पुत्ला जलाउने कार्यक्रम सम्पन्न भएको छ ।

विराटनगर

त्यस्तै इलामकोे चुर्यदय नपा, झापाको दमकबजार, मोरङ्को पत्थरी नपाको बुद्धचोक, सुर्खेत बिरेन्द्रनगर, कपिलवस्तु, मैनतडा, अर्घाखाचि, तनहु, विराटनगर महानपालिका १४ महत्वटोल, धरानको मंगलबारे बजार, इटहरीको पचरुखी, त्यस्तै दैलेखको आठविस नपा राकम, सुनसरीको इटहरी उपमहानगरपालिका समितिले केपी ओलीको पुत्ला दहन गरेको छ ।

भोजपुर

सुनसरीको इटहरीचोक भन्दा ५०० मिटर नजिक रहेको खेतिखोलाको राजमार्गमा पुत्ला जलाएको हो । उता रुकुमको सदरमुकाम मुशिकोट खलाङ्गामा अहिले साँझ केपी ओलीे पुत्ला जलाएको समाचार प्राप्त भएको छ ।

रुकुम

शुक्रबार अपरान्ह नुवाकोटको बट्टार र रसुवाको कालिकास्थानमा केपी ओलीको पुत्ला जलाउने कार्यक्रम सम्पन्न भएको छ ।

नुवाकोट

बट्टारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पस र रसुवाको कालिकास्थानस्थित कालिका हिमालय क्याम्पस अगाडि नेकपाका र्काकर्ताले नाराजुलुशसहित पुत्ला जलाएको हो ।

२०७४ फागुन ११ गते १० : ५९ मा प्रकाशित

 

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :