महान् नेपाली जनयुद्ध र २३ औँ जनयुद्ध दिवस

आजभन्दा २२ वर्ष पहिले २०५२ फागुन १ गते नेपालको राष्ट्रिय राजनीतिमा ठूलो क्रमभङ्ग भएको दिन, राजतन्त्रात्मक संसदीय व्यवस्थाको उत्पीडनका विरुद्ध नेकपा (माओवादी) को आह्वान र निर्देशनमा सशस्त्र युद्ध घोषणा भएको दिन, उत्पीडित वर्गमा ठूलो आशा र शासक वर्गमा ठूलो निराशा पैदा भएको दिन, विश्व साम्राज्यवाद र घरेलु सामन्ती प्रतिक्रियावादी तत्वहरूको उत्पीडनका विरुद्ध निशस्त्र र घरेलु हतियारद्वारा लामो समयदेखि एकात्मक र केन्द्रीकृत सत्ताका विरुद्ध धावा बोल्नु आफैँमा एउटा महान् र युगान्तकारी परिघटना थियो । जनयुद्धको यो उद्घोषपछि तत्कालीन काङ्ग्रेसी सरकारले देशव्यापी रूपमा न्यायिक अधिकारका पक्षपाती जनसमुदायको हत्या, आतङ्कसहित व्यापक रूपमा दमन अभियान सञ्चालन गर्न पुग्यो । दमन र प्रतिरोध, रक्षा र आक्रमणका सैन्य कार्यनीतिहरू अँगाल्दै पार्टीले आपूmलाई सैन्यीकृत गर्दै कुशलतापूर्वक नेतृत्व गर्न सफल रह्यो । देशव्यापी रूपमा मृत्युकालागि प्रतिस्पर्धा गर्दै र हरेक दमन अभियानको राजनीतिक र फौजी रूपले प्रतिरोध गर्दै ध्वंश र निर्माणका नयाँ आयामहरूलाई विकसित गर्दै झन्डै ६ वर्षका गौरवशाली दिनहरूमहान् जनयुद्धले पार ग¥यो । पुरानो सत्ताको ध्वंस मात्र होइन, नयाँ सत्ताको निर्माण र परिचालन गर्दै जनयुद्धले आफूलाई देशभित्र मात्र होइन एउटा सीमासम्म अन्तर्राष्ट्रिय रूपमा पनि स्थापित गर्न पुग्यो । यसबीचमा प्रतिक्रियावादी सत्ता सङ्कटका रूपमा संसद्वादी पार्टीहरूभित्र एउटा गुटले अर्को गुटलाई पाखा लगाउनेतथा एउटा पार्टीले अर्को पार्टीलाई सरकारबाट हटाउने र आपूm सहभागी हुने राणाकालीन अवस्था झल्कने अत्यन्त घृणित संसदीय फोहोरी क्रियाकलापहरू चलिरहे ।

यसैबीचमा देशी तथा विदेशी प्रतिक्रियावादी शक्तिकेन्द्रहरूको गठजोडमा दरबार हत्याकाण्डको घटना भयो । यसलाई महान् जनयुद्धको विकास र विस्तारले पैदा गरेको नयाँ र विशिष्ट अन्तरविरोधको परिणाम भन्दै पार्टीले नयाँ कार्यनीतिक नारा र कार्यक्रमहरूमा थप विकास ग¥यो । कार्यनीतिक शृङ्खलाअन्तर्गत वार्ता गरी शान्तिपूर्ण निकास निकाल्ने एजेन्डाअन्तर्गत पार्टी वार्तामा पनि सहभागी भयो । संसदीय प्रतिक्रियावादी सत्ताले आपूmलाई वार्तामा इमानदारसाबित गर्न सकेन बरु उल्टो दमनद्वारा समस्या समाधान गर्ने रणनीतिक योजना बनाएपछि झन्डै ६ वर्षको प्रहरी शक्तिसँगको लडाइँलाई (प्रहरी शक्ति पूर्णतः पराजित भइसकेको थियो) ब्रेक गर्दै राज्यको अन्तिम शक्ति तत्कालीन शाही नेपाली सेनासँगको युद्धमा प्रवेश ग¥यो । करिब ४ वर्षसम्म तत्कालीन शाही नेपाली सेनासँगको भीषण चलायमान र मोर्चाबद्ध युद्धको प्रक्रियामा जनयुद्धले आपूmलाई अझ विकसित र श्रेष्ठ साबित गर्न पुग्यो ।

यसैबीचतत्कालीन नयाँ राजा ज्ञानेन्द्रले देउवा सरकारलाई अपदस्थ गरी कार्यकारी अधिकार आफ्नो हातमा लिएको घोषणा गरे । संसद्वादी दलहरूमाथि प्रतिबन्ध लगाउँदै उनीहरूका मुख्य नेतृत्वहरूलाई नजरबन्द गरेपछि संसदीय व्यवस्थाले आतङ्ककारी भनेर गरिरहेको दमनलाई नयाँ राजाले अझ बल गरेर दमन गर्ने कोसिस गरे । जसअन्तर्गत अमेरिकालगायत विश्वका विभिन्न मुलुकहरूबाट हतियार, तालिम र सैन्य प्रविधि ल्याएर थप जनहत्याका शृङ्खलाहरू अगाडि बढाए । जनमुक्ति सेनाले साहस, वीरता र सैन्य कार्यनीतिको विकासका आधारमा चौतर्फी प्रतिरोध र आफ्नो श्रेष्ठतालाई कायम गर्न सफलता हासिल गरिरह्यो । यो अवस्थामा माओवादी जनयुद्धलाई आतङ्ककारी घोषणा गरी नेताहरूको टाउको काटेर ल्याउनेलाई इनामको घोषणा गर्न पुगेका संसदीय दल तथा उनीहरूका नेताहरू राजाको उक्त कदमका विरुद्ध माओवादीसँग सहकार्य गर्न बाध्य भएकिनकिराजाले माओवादी जनयुद्धलाई सखाप पार्नुका साथै राष्ट्रघात र जनघातको शृङ्खला खडा गरी बदनाम हुन पुगेका संसद्वादी दलहरूलाई पनि पूर्णतः सखाप पार्न चाहिरहेका थिए । यता नेकपा (माओवादी) ले पनि चुनबाङ बैठकबाट नयाँ कार्यनीतिक शृङ्खलाका रूपमा राजतन्त्रका विरुद्ध संसद्वादी दलहरूसँग वार्ता र सहकार्य गर्ने निर्णय ग¥यो । विभिन्न चरणका औपचारिक र अनौपचारिक वार्ता, सहमति र सम्झौता (५ बुँदै रोल्पा सहमति, १२ बुँदे दिल्ली सम्झौता) सहित माओवादी पार्टी र ७ संसद्वादी दलहरूको संयुक्त पहलमा १९ दिने जनआन्दोलन सङ्गठित हुन पुग्यो । उक्त जनआन्दोलनले अन्ततः राजतन्त्रको अन्त्य गर्न सफल भयो ।

सक्रिय राजतन्त्रको अन्त्यपछि देश शान्तिप्रक्रियामा प्रवेश ग¥यो । विघटित संसद्को पुनस्र्थापना र अन्तरिम व्यवस्थापिका संसद्मा माओवादीको पनि सहभागिता रह्यो । शान्तिप्रक्रियामा प्रवेश गर्दै नेपाली जनयुद्धले शान्तिपूर्ण बाटोतर्पmकोअध्याय सुरु ग¥यो । निकै उतारचढावपूर्ण वातावरणमा ०६४ मा संविधानसभाको पहिलो निर्वाचन सम्पन्न भयो । शान्तिपूर्ण प्रक्रियामार्पmतनेपाली जनताको शान्ति, प्रगति र क्रान्तिको प्रक्रियाका विरुद्ध क्रमशः ०४७ को संसदीय व्यवस्था हावी हुन थाल्यो । सेना समायोजनमाम्म्च्को मोडालिटी, जनसत्ताको विघटन तथा पुरानो सत्ताको पुनर्गठन हुँदै जानु तथा अन्तरपार्टी जीवनमा ०५२ को प्रतिबद्धताकाआधारमा नयाँ नीति र कार्यक्रमको अभाव, मुख्य नेतृत्वमा देखा पर्दै गएको वर्गसमन्वयवादी चिन्तन र कार्यशैलीका विरुद्ध पार्टीमा बहस सुरु हुन थाले । झन्डै ६ वर्षसम्म विभिन्न स्तरका भेला, बैठकहरूमा शृङ्खलाबद्ध रूपमा सञ्चालन गरिएका बहसहरूले माओवादी पार्टीलाई एक्ताबद्ध गर्न सकेन । पार्टीका मुख्य नेतृत्वहरूले एकपछि अर्को गर्दै विभिन्न बहानामा संसद्वादको गोटी बनेर संसद्वादको सेवा गर्न पुगेपछि अन्ततः एउटा सीमासम्म अन्तर्राष्ट्रिय रूपमा मुक्तिकामी जनताको आशाको केन्द्र बनेको माओवादी पार्टी विभाजन हुन पुग्यो । हजारौँसहिद, बेपत्ता, घाइते, लाखौँ नेपाली जनता, विभिन्न मित्र शक्तिहरूको माओवादी पार्टी एउटै होस् भन्ने शुभेच्छा र भावना रहेपनि एक्ताको मूल आधार विचार र कार्यदिशा नै मुख्य हुने भएकाले अन्ततः पार्टी विभाजन हुन पुग्यो । मुख्य नेतृत्वले जनता र राष्ट्रका नाममा गरेको प्रतिबद्धता बिर्सेपछि र धोका हुँदै गरेको थाहा पाएपछि पनि उचित सङ्घर्ष र विद्रोहसम्मको पहलकदमी लिन नसक्ने नेता, कार्यकर्ता भनेको परिस्थितिको दास बन्नु हो । दासहरू क्रान्तिमा सहभागी हुन त सक्छन् तर नेतृत्व गर्न सक्दैनन् । आज घटनाक्रमहरूले के साबित गरेका छन् भने त्यसप्रकारको बहस र सम्बन्धविच्छेद नगरेको भए माओवादी पार्टी कहाँ पुग्ने रहेछ ! त्यसैले इतिहासका खासखास क्षणहरूमा क्रान्तिकारीहरूले कठोर कदम चाल्ने हिम्मत गर्नै पर्दछजुन हाम्रो जीवनमा साबित भएको छ ।

प्रचण्ड–बाबुराम नेतृत्वसँग सम्बन्धविच्छेद गरेपछि क्रान्तिका नयाँ रणनीति रकार्यनीति विकास गर्न पार्टीको सातौँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा आयोजना गरियो । महाधिवेशनमा पार्टीको विचार, कार्यदिशा र कार्यक्रमबारे बहस केन्द्रित गरियो । एकथरी मान्छेहरू प्रचण्ड–बाबुरामको विसर्जनका विरुद्ध पार्टी पुनर्गठनमा त लागे तर उनीहरू क्रान्ति सङ्गठित गर्न नभई प्रचण्ड–बाबुरामलाई धम्क्याउन, घुमाइफिराई पुरानो सत्ताको वरिपरि घुम्न थाले । पार्टी विभाजनपछि उनीहरूले क्रान्तिका लागि विचार, कार्यदिशा र कार्यक्रमबारे बहस गर्नुको सट्टा प्रचण्ड–बाबुरामका विरुद्ध विभिन्न उत्ताउलातर्कहरू गर्ने, गालीबेइज्जती गर्ने र ठोस कार्यक्रम विकास गर्न नसक्ने अवस्थामा व्यक्त हुन थाले । त्यसप्रकारका गैरराजनीतिक र अकर्मण्यताकाविरुद्ध पार्टीमा पुनः बहस सञ्चालन हुन थाल्यो । पार्टीमा गरिएको बहसले पार्टीलाई रूपान्तरणतर्पm लैजान नसकेपछि पुनः पार्टी पुनर्गठन गर्नुपर्ने भयो । तत्कालीन अवस्थामा छिटोछिटो पार्टी पुनर्गठन गर्दा नमिठो लागेपनि आज राष्ट्रिय राजनीतिक घटनाक्रमहरूले हाम्रो पहलकदमीलाई सही साबित गर्न पुगेको छ । विचार, कार्यदिशा र कार्यक्रम नभई राजनीतिक इगो पोख्ने एकाथरी मानिसहरूको उद्देश्य पूरा नभएपछि अन्ततः उनीहरू एक्ताको बहानामा पुरानै पार्टीमा घँुडा टेक्न पुगेका छन् भने अर्काथरी अकर्मण्यताका कारण वर्तमान राष्ट्रिय राजनीतिमा हाँस्यपात्र बन्न पुगेका छन् ।

नयाँ पार्टीको पुनर्गठनपछि हामी ‘एकीकृत जनक्रान्तिको कार्यदिशा’ सहित नयाँ क्रान्तिको प्रक्रियामा अगाडि बढिरहेका छौँ । संसारमा भएका सर्वहारा क्रान्तिहरूमा भएका प्रतिक्रान्तिहरूका शिक्षा, साम्राज्यवादले विकास गरेका नयाँ राजनीतिक, सामरिक तथा आर्थिक सम्बन्धहरू तथा विश्व भूमण्डलीकरण तथा सूचना–सञ्चारमा आएको परिवर्तनका कारणहरूले भाबी क्रान्तिका लागि नयाँ विचारको माग गर्दछ । हाम्रो पार्टीले ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै युगानुकूल मालेमाको विकासका रूपमा नयाँ कार्यदिशाको विकास गरेको छ । उक्त विकसित कार्यदिशा पार्टीको आठौँ थबाङ महाधिवेशनद्वारा सर्वसम्मत रूपमा पारित गरिएको छ । पार्टीको नयाँ कार्यदिशालाई प्रयोगमा लैजाने कम्युनिस्ट पार्टी, यसको सञ्चालन र परिचालन, नयाँ सेना, संयुक्त मोर्चा, जनवर्गीय सङ्गठन तथा जातीय, क्षेत्रीय मोर्चाहरूको सञ्चालन र परिचालनको नयाँ विधि र विचारको विकास भएको छ । माक्र्सवादका तीन सङ्घटक अङ्गहरूः दर्शन, अर्थशास्त्र र वैज्ञानिक समाजवादकाक्षेत्रमा नयाँ खोज, अनुसन्धान, प्रयोग र विकासका रूपमा पार्टीको पुनर्गठनयता विभिन्न रूपमा व्यक्त हुँदै आएका छन् । वर्गसङ्घर्षकाक्षेत्रमा राष्ट्रघात, महँगी, भ्रष्टाचारविरुद्धको सङ्घर्ष तथा नेपाली जनतामाथि संसदीय व्यवस्था लाद्नका लागि गरिएको स्थानीय तथा केन्द्र र प्रदेश निर्वाचनको खारेजीसम्म पुग्दा यसको पुष्टि हुँदै गएको छ ।

हामी क्रान्तिको नयाँ माडेल एकीकृत जनक्रान्तिको राजनीतिक कार्यदिशा प्रयोग र विकाससँगै महान् जनयुद्धको २३ औँ जनयुद्ध दिवस मनाउन लागिरहेका छौँ । महान् जनयुद्धले स्थापित गरेका उत्पीडित वर्ग, क्षेत्र, लिङ्ग, जातिर समुदायका प्रस्तावहरू, राष्ट्रियता, जनतन्त्र, जनजीविकाका समस्याहरूकाअतिरिक्त समाजमा व्याप्त भ्रष्टाचार, कमिसन, घुसखोरी, मूल्यवृद्धि, सामाजिक विकृति र विसङ्गतिहरूका विरुद्ध सङ्घर्षमा छौँ । २३ औँ जनयुद्ध दिवस मनाइरहँदा हामीले जनयुद्धका महान् आदर्शहरूको सम्मान र स्थापना गर्नु, सहिद तथा बेपत्ता परिवारहरूको सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नु, वैज्ञानिक समाजवादी सत्ता स्थापनाका लागि क्रान्तिमा सहभागी हुनु, विगतकाशिक्षाहरूबाट प्रशिक्षित हुँदै सम्पूर्ण रूपले आपूmलाई देश र जनताप्रति समर्पित गर्नु क्रान्तिको झन्डालाई विजयको शिखरमा पु¥याउनु सबै प्रकारका गैरक्रान्तिकारी प्रवृत्तिहरूसँग सङ्घर्ष गर्नु हाम्रो प्रतिबद्धता रहेको छ । हिजो जनयुद्धको नेतृत्व गरेका नेतागणहरू आज विगतको प्रतिबद्धतालाई लत्याउँदै सामाजिक दलाल पुँजीवादमा रूपान्तरण हुन पुगेका छन् । उनीहरूले विगतका दलाल पुँजीवादी तत्वहरूभन्दा अझ अगाडि बढेर राष्ट्रघात र जनघात गर्ने कुरा निश्चित छ । हामी २३ औँ जनयुद्ध दिवसकाअवसरमा राष्ट्रघात, जनघात र सामाजिक जीवनलाई अस्तव्यस्त बनाउने दलाल पुँजीवाद र सामाजिक दलाल पुँजीवादका विरुद्धको सङ्घर्ष र विचारधारात्मक सङ्घर्षसहित महान् जनयुद्धले करिब अन्त्य गरेर पुनः ब्युँताइएको दलाल संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादी सत्तास्थापना गर्न निरन्तर अगाडिबढिरहने प्रतिबद्धता व्यक्त गर्दछौँ ।

महान् जनयुद्धको २३ औँ दिवसका अवसरमा एकीकृत जनक्रान्तिको झन्डामुनि गोलबन्द पार्टीका नेता, कार्यकता, मुक्तिकामी जनसमुदाय, सहिद–बेपत्ता परिवार, घाइते, अपाङ्ग यो देशको रक्षाका लागि हाम्रो पार्टीसँग हातेमालो गर्ने राष्ट्रवादीहरू, सम्पूर्ण देशभक्त, वामपन्थी, प्रगतिशील शक्तिहरूमा हार्दिक शुभकामना !
महान् जनयुद्धको २३ औँ वार्षिकोत्सव– जिन्दावाद !
वीर सहिद– लालसलाम ! एकीकृत जनक्रान्ति– जिन्दावाद !
स्रोत : रातो खबर साप्ताहिक
२०७४फागुन ५ गते साँझ ६ :३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :