माकेका युएई अध्यक्षसहित दर्जनौं नेताकार्यकर्ता नेकपामा प्रवेश

युएई : माओवादी केन्द्रले एमालेसँग पार्टी एकता गर्ने भएपछि संगठन माकेनिकट नेपाली जनप्रगतिशील मञ्च युएईबाट विद्रोह गर्न सुरु गरेको छ । तत्कालिन नेपाली जनप्रगतिशील मञ्चका संस्थापक अध्यक्ष दुर्गा पोख्रेल नेपाल कम्युनिस्ट पार्टीनिकट नेपाली जनप्रगतिशील मोर्चा युएईमा प्रवेश गरेका छन् । पोख्रेलसहित उक्त मञ्च दुबई क्षेत्रीय समितिका सचिव बाबुराम गौतम पनि जनप्रगतिशील मोर्चा युएईमा प्रवेश गरेका छन् । नेपाली जनप्रगतिशील मोर्चा युएईले २३औं जनयुद्द दिवसको अवसरमा आयोजित कार्यक्रममा संस्थापक अध्यक्ष पोख्रेल र क्षेत्रीय समिति सचिव गौतमलाई युएई मोर्चाले पार्टी प्रवेश गराएको हो । युएई स्थित दुबईको एभरेष्ट मार्सल हलमा भएको २३औँ जनयुद्द दिवस कार्यक्रमका प्रमुख अतिथि तथा युएई मोर्चाका वरिष्ठ सल्लाहकार समर खत्रीले दोसल्ला ओढाएर पार्टी प्रवेश गराएका थिए ।
प्रचण्डले माओवादी केन्द्र पार्टीलाई एमालेमा बिलिन गराउन लागेको भन्दै क्रान्तिकारी शक्तिहरु एकीकृत क्रान्तिको पक्षमा गोलबन्द हुनु पर्ने आवश्यकता भएको पोख्रेलले मन्तब्यको क्रममा बताएका थिए । मन्तब्यकै क्रममा अर्का बाबुराम गौतमले माओबादी केन्द्र संसदीय दलाल पार्टीमा भासिएको भन्दै क्रान्तिकारीहरु विद्रोह गरी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा सहभागी हुन सम्पूर्ण क्रान्तिकारी सक्तिलाई आह्वान समेत गरेका थिए । नेकपा माओबादीको प्रवासी संगठन ‘नेपाली जनप्रगतिशील मञ्च’ युएईमा पहिलोपटक २००७ सालमा स्थापना भएको थियो । नेपाली जनप्रगतिशील मोर्चा युएईको २३औं जनयुद्द दिवस कार्यक्रमको सभाअध्यक्ष मोर्चाका वर्तमान अध्यक्ष मनोज काउछा रहेका थिए । कार्यक्रमको स्वागत मन्तब्य मोर्चाका बरिष्ठ उपाध्यक्ष कमल पोख्रेलले गरेका थिए भने उक्त कार्यक्रमको संचालन मोर्चाका महासचिव केदार लम्सालले गरेका थिए । कार्यक्रममा मोर्चाका वरिष्ठ सल्लाहकार तथा प्रमुख अतिथि समिर खत्री र कार्यक्रमका सभापति मनोज काउछाद्वारा दिप प्रज्वलन गरी २३औं जनयुद्द दिवस मनाउने कार्य भएको थियो ।
२०७४ फागुन ५ गते दिउँसो ३ : ०३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :