गोरखा जेल ब्रेकको अन्तिम रात


रातभरि राम्ररी निदाउन सकिनँ, झल्याँस्स–झल्याँस्स ब्युँझिरहेँ । कहिले यता, कहिले उता कोल्टे फेर्दै जबरजस्ती निदाउन खोजेँ तर सकिनँ । एकएक गर्दै १४ महिना त त्यही कोठामा सुतेर बितेछ तर त्योजस्तो पट्यारलाग्दो र लामो रात कहिल्यै लागेको थिएन । मनभरि कुरा खेल्न थाले । जेल प्रवेशदेखिका हरेक गतिविधि र स्थिति एकएक गर्दै मस्तिष्कको पर्दामा देखिन आइपुगे । मरुभूमिजस्तो लाग्ने यहाँको वातावरणमा हरियाली सौन्दर्य छाइसकेछ । सम्झिँदै कहाली लाग्ने जेल पनि प्यारो बन्न थालिसकेछ । दुस्मनका दमनपूर्ण व्यवहारहरू पनि पचिसकेछन् । आखिर मान्छेले चाहेमा परिवर्तन गर्न सक्दोरहेछ अनि आपूm पनि परिवर्तन हुन सक्दो रहेछ । जेल छाड्ने कुराले पनि कताकता चस्स घोचेजस्तो, नमिठो महसुस भयो । जेलका प्रत्येक कोठा, खेल्ने चौर, पूmल र तरकारी अनि बन्दीहरू सबैप्रति माया उर्लेर आयो । तर हामी धेरै उच्च जिम्मेवारी पूरा गर्न जानैपर्छ । म एक्लै आपैmँसँग कुरा गरिरहेँ । भोलिको रातमा त हामी टाढै पुगिसक्छौँ, यो बिस्तरामा हामी हुनैछैनौँ । बन्द पर्खालभित्र खुम्चिएर बसिरहने बाध्यता पर्नेछैन । झ्वाट्ट मलाई आफ्नो जिम्मेवारीको स्मरणले झस्काइदियो । आफ्नो भूमिकाको सम्झनाले भित्रभित्रै चिमोट्न थाल्यो । अनि झनै छट्पटी छुट्यो चिटचिट पसिना आएझैँ भयो । अहिलेसम्म त जेनतेन अभिभावक नेतृत्वको भूमिका खेलेँ भन्ने लाग्छ । भोलिको दिनभरि कस्तो हुने हो ? सफल गर्न सकिएला कि नसकिएला ? फेरि सबै सम्पर्कमा पुग्न सकिने हो वा होइन ? बेचैन महसुस भयो । म जुरुक्क उठेँ । बहिनीहरू पल्टिरहनुभएको थियो । हुनत सबै बहिनीहरू स्पष्ट र विश्वस्त हुनुहुन्छ । म आपैmँलाई सान्त्वना दिँदै फेरि पल्टिएँ । यतिबेला सञ्जुले बत्ती बाल्नुभयो– ‘दिदी निद्रा लागेन ?’
‘अहँ’ म सुस्त बोलेँ ।

छिनभरमै सबै उठ्नुभयो । सायद उहाँहरू पनि निदाउनुभएको थिएन होला । बिहान ३ बजेको थियो । उठ्नासाथ बिजुलीको उज्यालोमा सबै बहिनीहरू कोठामा भएका प्रत्येक चीजलाई गहिरो गरी नियाल्न लाग्नुभयो । बिनाकारण कहिले एक ठाउँको सामान अर्को ठाउँमा सार्नुहुन्थ्यो । कतिपय सामान बाकसमा थन्क्याउनुहुन्थ्यो । कमला बजारबाट ल्याउने सामानको लिस्ट बनाउन थाल्नुभयो । केके ल्याउनुपर्छ ? भन्दै भान्साकोठामा हेर्न जानुभयो । हामी पनि उठेर पछिपछि लाग्यौँ । सधैँ टनाटन सामान भरिने भान्साका भाँडाहरू अहिले प्रायः रित्तै थिए ।

भाँडाले पनि अब छिट्टै जाओ भन्दैछ– सबै भाँडा हेरेर कमलाले भन्नुभयो । गलल्ल हाँसो चल्यो एकछिन । अन्त्यमा ५ किलो खसीको मासु ल्याउने भन्ने भयो । दिउँसो मासु र रोटीको नास्ता दाजुभाइलाई पनि खुवाउने सल्लाह ग¥यौँ । उज्यालो पनि भइहाल्यो । त्यो जेलसँग बिदाइको दिन थियो । ढोका खुलेपछि बाहिर गएर १ घन्टा व्यायाम गरियो । प्रेम दाइलाई सामान ल्याउन बजार पठायौँ । सबै मिलेर चारैतिर सफा गरियो । त्यसपछि आज हामी जाँदैछौँ भनेर दाजुभाइलाई चिट पठायौँ । उहाँहरूले आपूmहरू जान नसक्ने खबर पठाइसक्नुभएको थियो । अब आशा नै मेटिएको थियो । त्यसैले हाम्रो काम अलि अपूरोजस्तो पनि लागेको थियो । समय छोटो तर दिनभरिमा धेरै कामकुरा मिलाइसक्नुपर्ने थियो ।

अन्तिम दिन : अन्तिम समीक्षा

समयको अभाव हुँदाहुँदै पनि बिहान ७ बजेतिर छलफलमा जुट्यौँ । काम सुरु भएदेखि त्यसबेलासम्म साढे तीन महिनाको समीक्षाा ग¥यौँ र सम्पूर्ण बाँकी योजना तय ग¥यौँ । सबै कमरेडहरूले अत्यन्त मार्मिक ढङ्गले सङ्क्षिप्त रूपमा विषयवस्तु राख्नुभयो । समीक्षाको सार निम्नानुसार रह्यो ः

सकारात्मक पक्ष

१. योजना वैज्ञानिक रहेको ।
२. वस्तुस्थितिको सही आँकलन गर्दै बदलिँदो परिस्थितिअनुसार आवश्यक कार्यनीति तय गर्न सक्नु ।
३. प्रतिकूलतासँग सामना गर्दै पहलकदमी लिन सफल भएको ।
४. विज्ञान र कलाको सही संयोजन गर्न सफल हुनु ।
५. कामका तीव्रता र उच्चतासँगै हामीबीच मजबुत एकता र टिमस्पिरिट पैदा हुनु ।

सीमा र समस्याहरू

१. आवश्यकता र क्षमताको गहिरो अन्तर देखापर्नु ।
२. सिर्जनशीलताको अपर्याप्तता ।
३. आवश्यक साधन जुटाउन स्रोतको अभाव रहनु ।
समग्रमा चुनौतीपूर्ण उच्च लक्ष्यप्रति, चार प्रतिकूलताका बाबजुद सबै कमरेडहरूको लगनशीलता, धैर्य, साहस र आफ्नो भूमिकाप्रतिको गम्भीर दायित्वबोध एवम् इमानदारीका कारणले मूलतः क्रान्तिकारी विचारप्रतिको प्रतिबद्धता, त्यसैअनुरूपको भावनात्मक र वैचारिक सङ्कल्पबद्ध एकता र हरदम बलिदानभावले नै हामी सफलताको त्यो सङ्घारमा आइपुगेका हौँ भन्ने निष्कर्षमा पुग्यौँ । त्यसपछि त्यो अन्तिम दिन रातभरिको योजना को¥यौँ ।

अन्तिम तयारीको योजना

(योजना : एक दिन र एक रातको)
हामी त्यही रात निस्कने निर्णय गरिसकेका थियौँ, त्यसैले निम्नानुसार तयारी र हाईयोजना तयार ग¥यौँ ।
(क) दिनभरि गरिसक्नुपर्ने तयारी
१. दुस्मनको गतिविधि बुझ्ने, सम्पूर्ण समय कडा ड्युटी गर्ने ।
३. जेलका बाँकी सामग्रीको व्यवस्थापन, रहेका सामग्री दाजुभाइ र आमा–दिदीलाई दिने ।
४. व्यक्तिगत तयारी : छोडेर जाने सबैसँग भेटघाट, कुराकानी गर्ने र रातिका लागि चुस्त कपडा सर्टपाइन्ट लगाउने ।
(ख) रातको तयारी
१. झ्याल फोड्ने सामानको तयारी, टेबुललाई ट्वाइलेटको झ्याल नजिक राख्ने । २. निस्कने समय निर्धारण ठीक पौने १ बजे निस्कने ।
(ग) टिम विभाजन र पार्टी सम्पर्क (बाहिर निस्केपछि)
६ जनालाई २ कमान्डमा विभाजन गरी पार्टी सम्पर्क खेजीमा जाने । जसअनुसार
– उमा, सञ्जु र एन्जिला : उमाको कमान्डमा बक्राङतिर जाने ।
– कमला, मीना र रीता : कमलाको कमान्डमा देउरालीतिर जाने ।
– सम्पर्क घर पनि निश्चित गरियो र यथाशक्य छिटो पार्टी सम्पर्क गर्ने निर्णय भयो । छलफल टुङ्ग्याएर हामी तुरुन्तै कार्यान्वयनतिर जुट्यौँ । करिब १० बजेतिर खान खाएर हामी ६ जना नै चौरमा बस्यौँ । ‘भोलि त यति बेला बक्राङमा जनतासँग भेटघाट गर्दै हुन्छौँ’, सञ्जुले मौनता तोड्नुभयो ।
– ‘हामी पनि यतिबेला देउरालीमा साथीहरूसँग भेट गर्छौं’, कमलाले जबाफ दिनुभयो । एकछिनसम्म कमला र सञ्जुको रमाइलो भनाभन चल्यो । म, मीना, रीता र एन्जिला चुपचाप बसिरहेका थियौँ । छलफलको कडी जोड्दै रीताले थोरै चिन्तामिश्रित भाव प्रकट गर्नुभयो– हामी गएपछि यो जेल कस्तो बन्ला ? बल्लबल्ल फेरिन थालेको थियो । उहाँको भनाइमा वास्तवमै गम्भीरता थियो ।

जस्तोसुकै होओस्– सञ्जुले उतिखेरै प्रतिक्रिया जनाउनुभयो ।
‘तरकारी र पूmल त छाड्नै मन लागेको छैन । कस्तो गर्मीमा पनि पानी राख्दै रोपेको, हैन त दिदी ?’, कमलाले मेरो सहमति खोजेको आसय जनाउनुभयो ।
धेरैबेर कुरा चले । सहजै बोलिएको भए पनि कतिपय विषयले हामीलाई गम्भीर बनाउँथ्यो । कतिपयले उद्वेलन पैदा गरिदिन्थ्यो । कहिले हँसाइदिन्थ्यो । भावनाका छालहरू उठ्दै बिलाउँदै गरिरहेका थिए । सबै कुराप्रति माया लागे पनि त्यसले वर्गसङ्घर्षको मैदानमा फर्कने तीव्र इच्छाशक्तिलाई जित्ने कुरै भएन ।

दिनको १ बजिसकेको थियो । नास्ता बनाउन हतारिँदै भान्सा कोठामा पुग्यौँ । एकचोटि तीनवटा स्टोभ बालेर पकाउन थाल्यौँ । एक घन्टामा सबै परिकार तयार ग¥यौँ । सेलरोटी, मासु, अचार, फलपूmल दाजुुभाइहरूलाई दियौँ । रोटी र मासु सेन्ट्रीमा खटिएका पुलिसलाई पनि दियौँ । यत्रो रमझमको कारण दुस्मनलाई सुुइँकोसम्म रहेन । त्यसपछि हामी ८ जना सबै चौरमा बसेर खान थाल्यौँ । नास्ता पनि छिटोछिटो खायौँ किनकि समयले डाँडा काट्दै थियो । त्यही मौका छोपेर मीनाले आमा र दिदीलाई साडी, चोली, कुर्ता–सुरुवाललगायत सामानहरू दिनुभयो ।

‘किन यसो गर्दै हुनुहुन्छ ?’, वासना दिदीले अनौठो मान्दै भन्नुभयो ।
कमला अघि सर्नुभयो– हमीलाई त छाड्न पनि सक्छ, भोलि नै जेल सरुवा गर्न पनि सक्छ । अस्ति भर्खर लोकप्रसाद दाइलाई लग्यो । सुन्दैछौँ हामी पनि सरुवा हुँदेछौँ रे । त्यसैले यसो सम्झनामा दिएको । कमलाले विश्वास मान्ने गरी सम्झाए पनि उनीहरू बोल्न सकेनन् ।

समय निकालेरै भए पनि सबै दाजुभाइलाई भेट्नुपर्ने थियो । हामी गेटमा गयौँ । गोविन्द दाइ, बद्री दाइ, सन्देशलगायत सबै आउनुभयो । १ घन्टाजति गेट वारिपारि बसेरै कुराकानी ग¥यौँ । त्यही बेला थाहा पाएका दाजुभाइले सफलतकाको शुभकामना लेखेर चिट पठाउन सुरु गर्नुभयो । शुभकामनाको वर्षा हुन थाल्यो । एउटै परिवार भएर बसेका हामी छुट्टिनु पर्दा निकै नरमाइलो र दुःख महसुस भएर आयो । उहाँहरू पनि त्यस्तै भाव व्यक्त गर्दै हुनुहुन्छ । मन नलाग्दानलाग्दै पनि हामी गेटबाट फर्कियौँ ।

बेलुका ५ बजे सुरुङतिर गयौँ । अन्तिम ढुङ्गा खोल्नुअघि ड्युटी गर्दै पालैपालो सुरुङमा अभ्यास गर्न क्रमशः सञ्जु, मीना, एन्जिला र रीता सुरुङमा पस्दै निस्कँदै गर्नुभयो । झमक्क साँझ प¥यो । मान्छे चिन्न गाह्रो भइसकेको थियो । अरू भित्र कोठामा गयौँ । कमला सुरुङभित्र पस्नुभयो र बाहिर निस्कने ठाउँको अन्तिम ढुङ्गा झिकेर त्यहाँ बोराको बुजो लगाएर फर्किनुभयो । उहाँ सरासर भान्सामा आइपुग्दा हवल्दार ठिक्क गेटभित्र छिरिसकेको थियो । उसलाई पनि मासु र रोटी दियौँ । हबल्दार ढोका बन्द गरी फर्कियो । हामी खाना खान थाल्यौँ ।

लास्ट एक्सन

हामी सबैजना आमा–दिदीको कोठामा गई सँगै बस्यौँ । १० मिनेटपछि हाम्रो काम छ भन्दै कमला, सञ्जु र म कोठाबाट निस्क्यौँ । मीना, रीता र एन्जिला भई आमा र दिदीलाई नाचगानमा भुलाउन थाल्नुभयो । ७ बजेबाटै नाच र गीत घन्कियो । नाचगान र टीभीको चर्को आवाजले कारागार गुन्जायमान भयो । त्यही आवाजभित्र हामी ३ जनाले काम थालनी ग¥यौँ । त्यही सानो हेक्सो ब्लेड र रामो (छिनो) लिएर ट्वाइलेटको झ्यालको छड काट्न थाल्यौँ । पहिला हामी थुनिएको भवनबाट मुक्त भएर मात्र सुरुङ खनेको ठाउँमा जान सक्थ्यौँ । किनभने सुरुङ त बाहिर चौरमा खनिएको थियो । पालैपालो ड्युटी बस्दै काटिरह्यौँ । उता बहिनीहरूले पनि आफ्नो भूमिका निर्वाह गरिरहनुभएको थियो । १ घन्टाजति छड रेट्यौँ तर अलिकति पनि काटिएन । तैपनि काट्दै थियौँ । त्यही बेला घ¥याक्क ढोका खोलेको जस्तो ठूलो आवाज आयो । हामी खुब आत्तियौँ । हातखुट्टा फत्याकफुतुक्क गले । विश्चय नै अब यहाँको आवाज बाहिर सुनियो अनि पुलिसहरू भित्र पसे भन्ने सोझै अड्कल ग¥यौँ । हतास्सिँदै ढोकामा गएर कान थापेर चाल सुन्यौँ । १० मिनेटजति काम रोक्यौँ । दुस्मनको गतिविधि केही दखिएन । अनि होइन भन्ने विश्वास लागेपछि पुनः काम चालू ग¥यौँ । धेरै प्रयास ग¥यौँ तर अलिकति पनि छड काटिएन । १० बजेसम्म नाचगान पनि अस्वाभाविक हुन्छ । यहाँको ढ्याकढुक आवाज बाहिर निस्कन्छ । के गर्ने के नगर्ने ? तीनैजना काम छोडेर टोलाउन थाल्यौँ । उता फेरि सम्झियौँ बाहिर सबै तयार भइसकेछ, हामी रातभरिमा हिँडिसक्नुपर्छ, नभए भोलि नै सबै एक्सपोज हुन्छ । कामको थालनीदखि नै धेरै अप्ठ्याहरू आए तर त्यसबेलाजति म कहिल्यै आत्तिएकी थिइनँ आज । तर जसरी भए पनि निस्कनैपर्छ । फेरि हिम्मतसाथ लाग्यौँ । हेक्सो ब्लेड, रामोको सहायताले छड गाडिएको झ्यालको काठ काट्न थाल्यौँ । धेरै प्रयास गरेपछि ९ बजेतिर एउटा छड निकालियो । मैले टाउको छिराएर विचार गरेँ । टाउको त छि¥यो तर हेर्दा अझै पनि साँघुरो देखियो । तर फेरि अर्को झिक्दा धेरै समय लाग्ने भएकाले बाहिर आवाज जाने खतरा देखियो । त्यसबाट जसोतसो छिर्ने सोच्यौँ, सकिएला भन्ने पनि लाग्यो । अब दुईवटै अजङ्गका पर्खालहरू हाम्रा लागि खुला भए । बल्ल मन ढुक्क भयो– अब हामीलाई कसैले छेक्न सक्दैन ।

कामको अन्तिम क्षण अर्थात् २०५७ चैत १७ गते राति बाहिर चारैतिर सुनसान थियो । लाग्छ संसार मस्त निद्रामा डुबेको थियो । हामी भने अन्धकारको स्वर्गमाथि अन्तिम धावा बोल्न तम्तयार अवस्थामा थियौँ । सम्भावित सफलता, खुसी अनि अनिश्चितताको द्वन्द्वले फुलेको छाती र उफ्रिरहेको मुटुलाई संयमित पार्दै बेलाबेलामा भित्ताको घडीमा आँखा लगाइरहेका थियौँ । रात आफ्नै गतिमा छिप्पिँदै गइरहेको थियो । निष्पट्ट रातको सन्नाटामा घडीको सुईको टकटक आवाज झन् बढ्दै गएजस्तो भान हुन्थ्यो । घन्टा सुई १२ बाट तल ओर्लंदै थियो । हामी सबै चुपचाप निश्चित समयको प्रतीक्षामा बसिरहेका थियौँ । बोल्ने शब्द कसैलाई आइरहेको थिएन । सबैको चेहरा गम्भीरतामा चुर्लुम्म डुबेको थियो । ठीक पौने एक बज्यो । हाम्रो प्रतीक्षाको घडी समाप्त भयो । हामी शान्तपूर्वक उठ्यौँ र पङ्क्तिबद्ध भएर फर्मेसनमा उभियौँ । त्यसबेला मलाई पहिलेपहिले फौजी कारबाहीमा जाने बेलाको बिदाइको सम्झना आयो । कारबाहीको प्रकृति फरक भए पनि यो पनि एक प्रकारको एक्सन नै थियो । बाहिर निस्कनका लागि क्रम मिलाएका थियौँ । पहिलो उमा, दोस्रो कमला, तेस्रो एन्जिला, चौथो सञ्जु, पाँचौँ रीता र छैटौँमा मीना । फर्मेसनमै मैले अत्यावश्यक सवालमा ५ मिनेटमा कुरा राखेँ । मृत्युलाई जितेर मात्र अब अन्तिम सफलता हासिल गर्न सक्छौँ । मृत्युसँग डराएका छैनौँ । मृत्युलाई जित्न सक्छौँ । सबैको मुखबाट उत्तर आयो । अनि सबैजना एकअर्कासँग हात मिलाउँदै पङ्क्तिबद्ध भएर नयाँ जीवनका लागि मृत्युसँग लड्न निर्णायक पाइला अघि बढायौँ ।

म झ्यालनजिक पुगेँ । झ्याल अलि अग्लो थियो भने छिर्ने ठाउँ साँघुरो साथै दुस्मनको एक नम्बर सेन्ट्रीपोस्टबाट त्यो झ्याल सोभैm देखिन्थ्यो । हामीसँग त्यहाँभन्दा राम्रो विकल्प थिएन । झ्याल अग्लो भएकाले टाइप मेसिन राख्ने टेबुल त्यहाँ राखेका थियौँ । म त्यसैमा टेकेर झ्यालबाट छिर्ने प्रयास गरँे । साँघुरो भएकाले कहिले टाउको त कहिले खुट्टा पसाएर बाहिर निस्कन खोजेँ तर सकिनँ । ढिलो गर्नु भनेको छिटो मर्नु हो भन्ने सोच्दै बल्लबल्ल शरीर कोल्टे पारेर म छिर्न सफल भएँ । त्यसपछि कमलालाई बाहिरतिरबाट तानेँ । छिर्ने तरिका थाहा भयो । उहाँ आउन गाह्रो भएन । हल्का खुट्टाको पछाडि हे¥यौँ, एन्जिला झ्यालबाट बाहिर निस्किसक्नुभएको थियो । सेन्ट्रीले चाल नपाएको बुझियो । हामी भित्र पस्यौँ । सुरुङभित्र एकअर्कालाई छोइएर आउने मिलाएका थियौँ । क्रलिङ गर्दै अघि बढ्यौँ । सुरुङभित्र घिस्रँदाघिस्रँदै मेरो टाउको बाहिर निस्कियो । त्यहीँबाटै यताउता हेरेँ । जताततै बिजुलीको प्रकाश परेको थियो । त्यो थोरै ठाउँ मात्र छाया परेको रहेछ । जमिनमा हात टेक्दै बाहिर निस्किएँ । बाहिरको चिसो हावाले खुसी हुँदै स्वागत ग¥यो । म छायामा उभिएँ । यताउता हट्नासाथ उज्यालो पथ्र्यो । कतातिर बढ्ने भन्नेबारे बाहिर गएर नै निर्णय लिने भन्ने थियो । सबै निस्किएपछि मात्र अघि बढ्ने सोचियो । दुस्मनले थाहा पाइहाल्यो भने नि फायरिङबीचबाट भाग्दा कोही न कोही बचिन्छ । क्रमशः बहिनीहरू आउँदै ओझेलमा उभिनुभयो । अन्त्यमा मीना पनि आइपुग्नुभयो । हामी अब खुला आकाशमुनि थियौँ । फराकिलो नयाँ संसारमा पाइला टेकेका थियौँ । आकाशका ताराहरू खुसीले चम्किँदै हामीलाई हेरिरहेका थिए । उत्साहले हाम्रो छाती फुलेको थियो, सास बढेको थियो । हामीले आफ्नो खुसी रोक्न सकेनौँ । सबैले दरिला हाल मिलायौँ, एकअर्कालाई अँगालोमा हालेर छातीमा टाँस्यौँ तर हामी आपैmँ खतरामुक्त भइसकेका थिएनौँ । जेलको पर्खालबाट सोझै दूरी बढाएर अघि बढ्न हाम्रो लागि अनुकूलता देखिएन । उल्टै पर्खालको किनारैकिनार दुई नम्बर सेन्ट्री पोस्टको तल हुँदै मूलढोकाको अगाडितिर पो बढ्नुपर्ने भयो । जोखिम अवश्य थियो तर हामीलाई त्यसको कुनै परवाह थिएन । हामी फेरि क्रलिङ गर्दै दुई नम्बर सेन्ट्री पोस्टतिर अघि बढ्यौँ । पोस्ट वालमाथि थियो । लस्करै भएर घिस्रिँदै सेन्ट्री पोस्टको ठीक तल आइपुग्यौँ । ड्युटीको पुलिस चलमलाइरहेको, खेतको गह्रामा छायाँ देखिन्थ्यो । दुई नम्बर पोस्ट पार गरियो र एक नम्बर पोस्ट मूल ढोकातिर अघि बढ्यौँ । खस्याङखुसुङ कत्ति पनि आवाज ननिकाली घिस्रँदा समय बढी नै लाग्यो । करिब पौने एक घन्टामा एक नम्बर सेन्ट्री पोस्टको नजिकै आइपुगियो । त्यसभन्दा अगाडि अलिकति खाली भाग थियो । तर छ्याङ्गै बिजुलीको उज्यालो परेको थियो, सेन्ट्रीले देखिहाल्थ्यो । छेकिन मिल्ने कुनै कभर पनि थिएन । दुस्मनले चाल पाउने सम्भावना देखियो । हामी चुपचाप अडियौँ र साउतीका आधारमा सल्लाह ग¥यौँ । त्यो भाग पार गरेपछि एउटा पर्खाल भेट्टाइन्थ्यो । सङ्केतअनुसार सबै एकैचोटि जम्प गरियो । भ्वाक्क आवाज निस्किइहाल्यो । ड्याम्म ! तुरुन्तै एक नम्बर पोस्टबाट दुस्मनले फायर ग¥यो । दुस्मनले चाल पाएको बुझियो । खबरदार ! तिमीहरू घेरामा परिसकेका छौ, टोली फायर गर ! माइन चार्ज गर । ने.क.पा. (माओवादी)– जिन्दावाद ! एक्कासि म त कासन गर्न पो थालेछु । त्यसपछि भिरालो जमिनमा कान्लाकुन्ली नाघ्दै दौडियौँ । जेलमा दुस्मनको खलबल बढेजस्तो लाग्यो । हामी भीषण लडाइँको अन्तिम र निर्णायक विजयको सन्निकट पुगिसकेका थियौँ । धेरै समयपछि फायरिङको आवाजले हाम्रो दिमाग र शरीर अझ फुर्तिलो भयो । अब दुस्मनको गोलीले हामीलाई रोक्न सक्दैनथ्यो । कुनै पनि शक्तिले हामीलाई छेक्न सक्दैनथ्यो । करिब मुक्त भइसकेको आभासले हाम्रो शक्ति र स्फुर्ति कयौँ गुणा बढेको थियो । किनभने बाहिरी संसारको स्वस्थ हावा हाम्रो शरीरभित्र प्रवेश गरिसकेको थियो । हामी वेगवान् गतिमा अघि बढ्यौँ । खोल्साखोल्सी र पाखाहरूको कुनै परवाह भएन ।
करिब २५–३० मिनेट दौडिएपछि दुस्मनको गतिविधिको कुनै सङ्केत देखिएन । हामी दुस्मनको बुताबाहिर पुगिसकेका थियौँ । पिँजडा तोडिइसकेको थियो । हाम्रा पखेटा र खुट्टाहरू बन्धनमुक्त भइसकेका थिए । पहिले दुस्मनसँग बच्न र पछि हाम्रो सफलताको खुसीयालीमा हामी दौडिरह्यौँ । सास बढ्दै थियो । मुटुको ढुकढुकी बढ्दै थियो हरेक पल सफलताको सुनिश्चिततासँगै ।

खुला आकाशमुनि

अँध्यारो रातको शून्यतालाई सफलताको पदचापले भङ्ग गर्दै वेगवान् गतिमा हामी अघि बढ्यौँ । धेरै दिनपछि भेटघाट भएका रूखबिरुवा, घाँसपात, गोरेटो र चौतारीहरू सुम्सुम्याउँदै, खोला, खोल्सा र भीर पाखाहरूको हालचाल बुझ्दै कहिले प्यारो माटो सुँघ्दै, डाँडाकाँडासँग हातको इशाराले हामी आइपुग्यौँ भन्ने जानकारी गराउँदै हाम्रा पाइलाहरू निरन्तर बढिरहे । अनगिन्ती कठिनाइबाट प्राप्त सुखले मान्छेहरूलाई आनन्दित र उत्साहित बनाउँदो रहेछ ।

दुस्मनको क्याम्पमा भएको सम्भावित चित्कार र पार्टी सम्पर्कको सुखद कल्पनाको संयोजित अन्तरद्वन्द्वमा रमाउँदै, चराचुरुङ्गीहरूको सुमधुर गीतसङ्गीतको तालमा गोडाहरू आफ्नै गतिमा चलिरहे ।
५ घन्टासम्म लगातार एउटै स्पिड कायम ग¥यौँ । उघ्रँदै गएको नयाँ बिहानीले हाम्रो बाटो गाइड गर्न थाल्यो । मिर्मिरे हुँदा मोटरबाटो पार ग¥यौँ । छर्लङ्ग उज्यालो हुँदा पर पाखामा बक्राङ गाउँ देखियो । एकअर्कालाई हेर्दै हाँस्यौँ । हाम्रो शरीर, कपडाहरू हिलोले लत्पत्तिएको थियो । खुट्टामा जुत्ताचप्पल थिएन । तर पनि हाम्रा पाइलाहरू पटक्कै रोकिन मानेनन् । जनताको चुम्बकीय मायाले हामीलाई तानिरहेको थियो । आफ्नो प्यारो बन्दुक अँगाल्दै जनमुक्ति सेनाको लस्करमा सामेल हुन, महान् पार्टीका नेताहरू, योद्धाहरूसँग न्यानो हात मिलाउन हामी निकै आतुर थियौँ ।

क्षितिज रक्ताम्य भयो र रातो लाली जताततै पोखियो । सूर्यको किरण पनि सधैँभन्दा गाढा सुनौलो र पारिलो थियो । आकाश पनि सफा र निर्मल थियो । कतै पनि बादलको कालो धब्बा थिएन । सबै कुरा सुन्दर थिए । किनभने त्यो हाम्रो आफ्नै सूर्य थियो आफ्नै धर्ती र आफ्नै आकाश थियो ।
त्यही स्वच्छ र खुला आकाशमुनि हामी ५ जना पन्छीहरू माक्र्सवाद–लेनिनवाद–माओवाद र प्रचण्डपथको अजेय, अविचल वैचारिक मार्गदर्शनमा शीघ्र नै विश्वक्रान्तिको महासमरमा समाहित हुने उच्च अभिलाशासहित स्वतन्त्रपूर्वक उडिरह्यौँ, उडिरह्यौँ…अनन्त–अनन्तसम्म ! स्रोत : रातो खबर साप्ताहिक, वर्ष ३, अंक ३५, पूर्णाङ्क १३०
२०७४ फागुन ४ गते साँझ ७ : ०७ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :