सु.प.वि.वि.मा क्रान्तिकारी विद्यार्थीे आन्दोलित

काठमाडौं : अखिल (क्रान्तिकारी) सु.प.वि.वि.ले सुदूरपश्चिममा रहेको वि.विद्यालय केही व्यक्तिहरुले कमाइखाने भाँडोको रुपमा बनेकोप्रति आपत्ति जनाएको छ । मंगलबार विद्यार्थीका इन्चार्ज विरेन्द्र शाह र अध्यक्ष शंकर महराको संयुक्त हस्ताक्षर गरिएको विज्ञप्तिमा ‘व्यक्तिगत स्वार्थ पूर्तिका लागि भइरहेको भागवण्डा, कर्मचारी नियुक्ती परीक्षाफल प्रकाशितप्रति आपत्ति प्रकट गर्दै लामो समयदेखि भि.सी. र रजिष्ट्रार कार्य क्षेत्रभन्दा बाहिर बसीगरिरहेको लापरबाही, ढिलासुस्ती र गैर जिम्मेवारपूर्ण गतिविधिप्रति खेद प्रकट गरेका छन् ।’ संगठनले काठमाडौँमा रहेको सम्पर्क कार्यालय तत्काल खारेज गरेर कार्यक्षेत्रमा फर्की संघसंगठनद्वारा चलिरहेको आन्दोलनको सम्बोधन गरी शैक्षिक सुधार गर्न जोडदार मागसमेत गरेको छ । साथै, आन्दोलनको अविलम्व सम्वोधन नगरी भि.सी. र रजिष्ट्रारलाई सधैंका लागि वि.वि.मा प्रवेश निषेध गरी राजिनामाको लागि कडाभन्दा कडा आन्दोलनमा जान बाध्य हुने प्रेस विज्ञप्तिमार्फत चेतावनी दिएका छन् ।

२०७४ फागुन ४ गते साँझ ७ :०० मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :