क्रान्तिप्रति प्रतिबद्ध छौँ : मोहन वैद्य ‘किरण’, महासचिव, नेकपा (क्रान्तिकारी माओवादी)

मोहन वैद्य ‘किरण’, महासचिव, नेकपा (क्रान्तिकारी माओवादी)

जनयुद्धको तयारीको कुरा गर्दा हामीले पञ्चायती व्यवस्थाको अन्तिमअन्तिम कालदेखि नै वैचारिक तयारी सुरु गर्न थालेका हौँ । त्यतिबेलाको अवस्था भनेको पञ्चायती व्यवस्था हो । त्यसका विरुद्ध ०४६ सालमा ठूलो ऐतिहासिक जनआन्दोलन भयो । त्यसका साथै संवैधानिक राजसंस्था स्थापना भयो । संसदीय बहुदलीय व्यवस्था आयो । यही अवस्थामा आएर हामीले संवैधानिक राजतन्त्र आएर, गणतान्त्रिक व्यवस्था आएर जनताका समस्या समाधान हुँदैनन्, नयाँ जनवादी क्रान्ति गर्नुपर्छ । त्यो दीर्घकालीन जनयुद्धको बीचबाटै हुनसक्छ भन्ने मान्यताका आधारमा हामीले तयारी गर्दै गयौँ । यो तयारी असाध्यै बढी वैचारिक फाँटको भयो । वैचारिक फाँट भन्नाले दक्षिणपन्थी संशोधनवादका विरुद्ध, नेपाली काङ्ग्रेस रिकर्ड सुनेर राख्नु होला मा रहेको र त्यो बेला फेरि एमालेचाहिँ जनताको बहुदलीय जनवाद लिएर आयो । एक, बहुदलीय जनवादको विचारको समस्या लामो भयो । त्यसका साथसाथै मिलिटि रिकर्ड सुनेर राख्नु होला का बारेमा पनि सबै अनुभवहरूको संश्लेषण अब कसरी जाने भन्ने एउटा आवश्यक छलफल, बहस र तयारीका बीचबाट जनयुद्ध अगाडि बढाएका हौँ । लामो तयारी हो भनेर बुझ्दा हुन्छ ।

अरू धेरै नबताऔँ । केही प्राविधिक तालिम त पहिल्यै गरेका थियौँ । वैचारिक तालिम पनि गरेका हौँ । यस सन्दर्भमा केही कतिपय तालिम सुरुमै भएका थिए । अन्तर्राष्ट्रिय आन्दोलनका सन्दर्भमा त्यो बेला रिमको गठनको तयारीको प्रक्रियाको बेला थियो । रिममा पनि सामेल भइयो । त्यो बेला माक्र्सवाद–लेनिनवाद–माओवाद भन्ने सायद दोस्रो कम्युनिस्ट पार्टी हाम्रै हो । पहिलोचाहिँ पेरू कम्युनिस्ट पार्टीले, त्यसपछि हामीले मानेका हौँ र अन्तिममा आइसकेपछि आरसीपी अमेरिकाले मानेको हो । अन्तिममा आइसकेपछि रिममा सामेल भएन भारतीय कम्युनिस्ट पार्टी, यद्यपि भारतीय कम्युनिस्ट पार्टी (माले) र पिपुल्स वार ग्रुपले माक्र्सवाद–लेनिनवाद–माओवाद माने । माक्र्सवाद–लेनिनवाद–माओवाद एउटा महत्वपूर्ण सैद्धान्तिक हतियार हो । पहिलो कुरा रिमलाई नयाँ ढङ्गले बनाउनुपर्छ भन्ने स्पिरिटका साथ अगाडि बढेको हो । त्यो बेला ठिकैठिकै थियो । अब तेस्रो के हो भने हामीले कसरी अगाडि बढ्ने भन्ने विषयमा ठ्याक्कै भौतिक ऊर्जा प्रदान गर्ने काममा पेरू कम्युनिस्ट पार्टीले ग¥यो । यद्यपि हामीले जनयुद्ध सुरु गर्ने बेला त्यहाँ करिबकरिब शिथिल हुँदै गइरहेको थियो । पेरू र भारतको जनयुद्ध पनि हो । त्यो बेला भारतीय कम्युनिस्ट पार्टी (माले) लाई पीडब्लूजी (पिपुल्स वार ग्रुप) भनिन्थ्यो । नक्सलाइटको एउटा धाराले जनयुद्ध सुरुआत गरेको थियो । उनीहरूले पनि हामीलाई सहयोग गरेका हुन् ।

हामीले एकताकेन्द्र निर्माण गर्ने सिलसिलामा रूपलालजीहरूसँग पञ्चायती कालको अन्त्यअन्त्यतिर करिबकरिब एकता गरिसकेका थियौँ । त्यसपछि उहाँहरूको सर्वहारावादी श्रमिक सङ्गठन, लामाजीहरूको नेपाल कम्युनिस्ट पार्टी (चौम), विद्रोही मसालका रूपमा बाबुरामजीको नेकपा (मसाल) सँग एकता ग¥यौँ । ०४८ सालको महाधिवेशनमा दीर्घकालीन जनयुद्धको कार्यदिशा र मार्गनिर्देशक सिद्धान्तका रूपमा माक्र्सवाद–लेनिनवाद–माओवाद पारित ग¥यौँ । जनयुद्धको तयारीको दिशामा जानुपर्छ भन्ने किसिमको जनरल लाइन हामीले एकताकेन्द्रको महाधिवेशनमा पास गरेपछि पार्टीभित्र पनि भीषण दुई लाइन सङ्घर्ष चल्यो । लामाजीहरू जनयुद्धतिर जान मान्नुभएन । त्यहाँबाट उहाँहरू अलग्गिनुभयो । अनि हामी अलग भयौँ । त्यो बेला हामीले वैधानिक सङ्घर्ष पनि गरेका थियौँ । चुनावमा पनि हामी उठ्यौँ । ठीक जनयुद्धमा जाने बेला फेरि बहिष्कार गरेर आफ्नो तयारीहरू पूरा गर्दै जनयुद्धको प्रक्रियामा अगाडि बढ्यौँ ।

यस हिसाबले हेर्दा पञ्चायती कालबाट सुरु भएको एउटा विचारधारात्मक, राजनीतिक र फौजी तयारीहरूका बीचबाट हामीले २०५२ साल फागुन १ गते महान् जनयुद्धको ऐतिहासिक पहल ग¥यौँ ।
महान् जनयुद्धको जुन थालनी गरियो त्यो एटटा विशेष उल्लेखनीय ऐतिहासिक परिघटना हो । फौजी हिसाबले रणनीतिक रक्षा, रणनीतिक सन्तुलन हुँदै प्रत्याक्रमणको दिशातिर जानेसम्म फौजी स्तरको विकास ग¥यौँ । जनयुद्ध सुरु गर्दा हाम्रो सङ्गठन देशको केही भागमा सीमित थियो । तर पनि जनयुद्ध देशव्यापी रूपमा सशक्त ढङ्गमा अगाडि बढेर गयो । राजनीतिक रूपमा पुरानो राज्यसत्ताका विरुद्ध अस्थायी प्रकारका थुप्रै आधारइलाका बनायौँ । थुप्रै स्थानमा जनसरकारहरू बनायौँ । वैचारिक, राजनीतिक, साङ्गठनिक, फौजी हरेक दृष्टिकोणले उच्चता हासिल गर्दै अगाडि बढ्यौँ ।

जनयुद्धको नेतृत्वदायी एउटा जिम्मेवार पङ्क्तिले धोका दिएकै हो । विश्वासघात गरेकै हो । त्यसका लक्षणहरू पछि अलिअलि गर्दै थुप्रै देखिन थालेका थिए । हामीलाई जनवादको विकास गर्नुपर्छ भन्ने थियो । २०६० सालमा एक्काईसौँ शताब्दीको जनवाद भन्ने ठिकैठिकै आयो । तैपनि अलिकति के हो भनेर हामीले शङ्काको दृष्टिकोणले पनि हेरेका थियौँ । त्यसलाई छलफलमा लैजान त ठिकै हुन्छ, पारित गरेको होइन भन्ने थियो । छलफलका लागि लैजाँदा थोरै विचलन भयो । तर बाहिर भनिएन । शङ्काका विषयहरू थिए । नेतृत्वका बारेमा अलि हतारिएर प्रचण्डपथ भन्यौँ । क्रान्तिका निम्ति नेतृत्व अनिवार्य रूपमा आवश्यक हुन्छ । त्यसको महत्व, ओज र गरिमालाई मान्नैपर्छ । बढी गर्नु हुन्न । बढी गरियो भने बिग्रिहाल्छ । नेतृत्व नियन्त्रणमा राख्नुपर्छ, सामूहिक हुनुपर्छ । समूहभन्दा माथि राखेर प्रचण्डपथ भन्नु त गम्भीरै त्रुटि भयो । यद्यपि हामीले सकारात्मक ढङ्गले राम्रै होला भनेर गरेका हौँ । इमानदारीका साथ गरियो । तर त्यस्तो गर्नु नहुने रहेछ । प्रत्युत्पादक बन्यो । पेरूमा पनि गोन्जालोले मुख्यतः माओवाद भन्नु परेकै थिएन । जनयुद्ध सुरु नगर्दै उनीहरूले गोन्जालो विचारधारा भनेका थिए । त्यस्तो भन्नु हुन्नथ्यो । यी त्रुटिहरू भए । यस्ता त्रुटिहरूलाई आगामी दिनमा सच्याउनुपर्छ भन्ने लाग्छ ।

अर्को कुरा के हो भने जनयुद्धको प्रक्रियामा अगाडि बढ्दा कैयौँ कुराहरू छन् जुन कुरा अध्ययन गरेर, अझै समीक्षा गरेर अगाडि बढ्नु जरुरी छ । कैयौँ चीजहरू छन् । जनयुद्धको प्रक्रियामा फौजी कारबाही गरेको सन्दर्भमा पनि समीक्षा गरेर जान जरुरी छ । त्यो हामीले समयक्रममा समीक्षा गर्दै अगाडि बढ्नेछौँ । यो भयो कमजोरीको पाटो । अन्त्यमा आउँदा गम्भीर कमजोरीको पाटो चुनबाङमा नयाँ जनवादलाई छोडेर लोकतान्त्रिक गणतन्त्रको नारा स्वीकार गरियो । त्यो एकदम गम्भीर प्रकारको त्रुटि थियो । त्यही लोकतान्त्रिक गणतन्त्रको नाराले गर्दाखेरि सब ध्वस्त भयो । यी त्रुटिहरूको आलोचना गर्नुपर्छ । संविधानसभामा आएर हामीले सङ्घर्ष त ग¥यौँ । १२ बुँदे सम्झौता, विस्तृत शान्तिसम्झौता भए । यति गरिसकेपछि संविधानसभामा बाबुराम र प्रचण्डजीहरूले त्यहाँभन्दा बढी गर्ने कुरा केही पनि थिएन । नेपालमा नयाँ युगमा प्रवेश गर्ने भनेर प्रचण्डहरूले नयाँ जनवादी क्रान्तिलाई भन्ने गर्नुहुन्थ्यो । त्यो क्रान्तिलाई ध्वस्त पारेर संसदीय व्यवस्थाको पुनस्र्थापनातिर लाग्नुभयो । त्यसैलाई नयाँ अध्याय भनेर बखान गर्नुभयो । यो उहाँहरूबाट गरिएको भयङ्कर गम्भीर प्रकारको त्रुटि हो ।

अहिले सबै भन्न गाह्रो पर्छ किनभने जुन बेला ती सबै परिघटनाहरू भए त्यो बेला मसहित केही साथीहरू जेलमा थियौँ । जेलबाट छुटेर आएपछि साथीहरूले सोध्दाखेरि कतिपय असन्तुष्टि त साथीहरूका थिए । वैचारिक रूपले प्रश्न उठाउने साथीहरूको त्यो स्थिति आएको थिएन । साथीहरूलाई प्रचण्डपथ महान् भन्ने थियो । आखिरमा जाँदा त सेना समायोजन गरेर विघटन गरी विलय गराइयो । त्यतिखेर दुईखालका गम्भीर त्रुटि भएको मान्नुपर्छ ः पहिलो, सेना समायोजन गर्ने नाममा सेनालाई विघटन गरियो । नेपाली सेनामा लगेर बुझाइयो । यो गम्भीरखालको गल्ती भयो । दोस्रो, राजनीतिक रूपमा संसद्वादको पुनस्र्थापना गराइयो । यो अर्को गम्भीर त्रुटि हो । यी गम्भीर त्रुटिबाट शिक्षा लिँदै फेरि अगाडि बढ्ने कुरा आयो ।

ध्रुवीकरण भन्ने शब्द ठीक भएन भन्ने लाग्छ । ध्रुवीकरण भनेको फुटाउने भनेको हो । हामी त ध्रुवीकरण होइन, एकीकरण हुने हो । अरूहरूबीचमा ध्रुवीकरण हुने हो । हामीहरूका बीचमा ध्रुवीकरण होइन । हामीहरूका बीचमा एकीकरण हो । ध्रुवीकरण भनेको त जस्तो माकेमा केही राम्रा साथीहरू छन् । राम्रा त्यहाँ ध्रुवीकृत भएर आउनुप¥यो । यहाँ मूृलतः के हो भने सच्चा क्रान्तिकारीलाई गोलबन्द गर्ने कुरा आयो । अन्यत्र भएका राम्रा मान्छेहरू आउने कुरा भयो । त्यसकारण ध्रुवीकरण भन्दा पनि नेपाली कम्युनिस्ट आन्दोलनमा एकीकरण र ध्रुवीकरणको प्रक्रिया दुवै हो । एकीकरण र ध्रुवीकरणको प्रक्रिया आवश्यक छ । त्यसका लागि अझ मेहनत गर्नुपर्छ । अहिले हामीले पटकपटक कुरा पनि गरिरहेका छौँ । मूल बहसमा त केन्द्रित अझै छैनौँ । राजनीतिक बहसमा त जाऔँला । मुख्य कुरा के हो भने पार्टी एकीकरण गर्ने उद्देश्यका साथ हामी अगाडि बढौँ । क्रान्तिकारीहरूलई एकताबद्ध गर्नैपर्छ । हामी एकताबद्ध हुनैपर्छ । यसमा हामीले विशेष परिश्रम गर्नुपर्छ । नयाँ नेपाल निर्माण गर्न क्रान्तिकारीहरू गोलबन्द गर्नुबाहेक अरू विकल्प छैन । यसबाट मात्र बाँकी रहेका क्रान्तिका कार्यभार, राष्ट्रियता र जनजीविकाको समस्या समाधान गरी नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै समाजवाद र साम्यवादको दिशामा जानका निम्ति हामी एकताबद्ध हुनुपर्छ ।

सबैभन्दा पहिला त यहाँहरूको पत्रिकामार्पmत देशभित्रका सबै क्रान्तिकारीहरू, शुभेच्छुकहरू, आमजनसमुदाय र अन्तर्राष्ट्रिय क्षेत्रका पनि भाइचारा, शुभचिन्तक, सर्वहारावर्गलाई म पार्टीका तर्पmबाट विशेष क्रान्तिकारी अभिवादन गर्न चाहन्छु । हार्दिक शुभकामना दिन चाहन्छु । हामीले यो जनयुद्ध दिवस संयुक्त रूपमा मनाएका छौँ । हामीले क्रान्तिको प्रक्रियामा लाग्नुपर्छ भन्ने प्रतिबद्धता जरुरी छ र हामी प्रतिबद्ध छौँ । (कुराकानीमा आधारित) 
स्रोत : रातो खबर साप्ताहिक

२०७४ फागुन ४ गते अपरान्ह ४ : १० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :