सरकारलाई कर नतिर्न नेकपा राप्तीको अपिल

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी राप्तीले आम जनसमुदायहरुलाई कथित स्थानीय निकाय र केन्द्रीय सरकारले निर्धारण गरेको सम्पूर्ण करहरु नतिर्न अपिल गरेको छ । शुक्रबार राप्ती ब्यूरोका इन्चार्ज सुवासले प्रेस विज्ञप्ति जारी गर्दै देशको राजस्वमाथि भ्रष्टाचार गरेर लुट मच्चाउने, कथित नयाँ जनप्रतिनिधिको स्थानीय निकाय र सरकारले जनतालाई रोजगार र उत्पादनको अवसर नदिई उच्च कर दर निर्धारण गरेर जनताको ढाड सेक्ने काम गरेको भन्दै सरकारलाई कर नतिर्न आव्हान गरेको हो । उहाँले  विज्ञप्तिमा २ पटक संविधान सभाको चुनाव, स्थानीय तह, प्रदेश तथा प्रतिनिधि सभाको चुनाव गर्दै प्रदेशहरुको अस्थायी राजधानी निर्धारण गर्दासम्म आउदा जनयुद्धमार्फत नेपाली जनताले मसानघाटसम्म पुर्याइदिएको र विश्वमा कवाडी भएको दलाल संसदीय व्यवस्था नेपाल र नेपाली जनताको व्यवस्था नभएको र नेपालमा वैज्ञानिक समाजवादी क्रान्ति र व्यवस्था आवश्यक रहेको  दाबि गरेकाे  छ ।

२०७४ फागुन ४ गते दिउँसो २ : ३२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :