नेकपाको जिल्ला जनसरकार प्रमुखसहित २ गिरफ्तार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको सर्लाही जिल्ला जनसरकार प्रमुख लालबहादुर लामालाई शनिबार बिहान प्रहरीले गिरफ्तार गरेको छ । लामाई सर्लाहीको धराहरास्थित आफ्नै घरबाट बिनाकारण प्रहरीले गिरफ्तार गरेको हाम्रो संवाददाताले जानकारी दिएका छन् । यसैगरी प्रहरीले नेकपा धनकुटाका जिल्ला सदस्य तथा महालक्ष्मी नगरपालिका इन्चार्ज हरि श्रेष्ठ ‘आलोक’लाई महालक्ष्मी नपास्थित जितपुरमा रहेको घरबाट बिहीबार गिरफ्तार गरेको हाम्रो संवाददाताले बताएका छन् ।

२०७४ फागुन ५ गते बिहान १० : ४९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :