चुनाव खारेज अभियानमा सहयोग गर्ने सबैलाई नेकपा दाङद्वारा धन्यवाद !

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङले चुनाव खारेज अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ । पार्टीका सेक्रेटरी सविनले आज एक प्रेस विज्ञप्ति जारी गरि चुनाव खारेज अभियान सानदार रुपमा सम्पन्न भएको भन्दै अभियानमा सहभागी हुने सम्पुर्ण जनसमुदाय , विभिन्न सहयोग गर्ने उद्योगी व्यापारी, कर्मचारी , पत्रकार, बुद्धिजीवी, मानव अधिकारवादी, नागरिक समाज र अहोरात्र खट्ने पार्टीका कार्यकर्ता, समर्थक शुभचिन्तक सबैमा हार्दिक अभिबादनसहित विशेष धन्यवाद ज्ञापन गर्नुभएको छ । विज्ञप्तिमा भनिएको छ – “चुनावको क्रममा न्यून मतदान हुनु, मतदान केन्द्र पुगेरै केहि मतदाताहरुबाट नो भोट सहितको आफ्नो अभिमत प्रकट गर्नुले यो व्यवस्थाप्रति जनताको आफ्नो असहमति कति छ भन्ने कुरा दिनको घाम झैँ छर्लङ्ग छ, यो कुरालाई ढाकछोप गर्न मतदाता शिक्षा प्रभावकारी नभएको हास्यास्पद तर्क अगाडी सारिएको छ ।” राजनीतिक आस्थाका आधारमा पार्टीका जिल्ला सचिवालय सदस्य पाटन,जिल्ला सदस्यहरु जनक, हेमन्त , छोटीलाल , निम बहादुर, खिमबहदुर, भीम, जितेन्द्र, महान, अखिल (क्रान्तिकारी)का दाङ जिल्ला उपाध्यक्ष अनिल केसी, जिल्ला सचिव अमर खड्का, शिक्षक रामा चौधरी लगायत जेल हिरासतमुक्त हुनुभएका सबैलाई हार्दिक स्वागत सहित विशेष सम्मान व्यक्त गरेको छ ।

२०७४ पुस २ गते साँझ ६ : ११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :