युवा सङ्गठन नेपाल नुवाकोट जिल्लाको दोस्रो बैठक सम्पन्न

युवा सङ्गठन नेपाल नुवाकोट जिल्लाको दोस्रो बैठक सम्पन्न

नुवाकोट : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल नुवाकोट जिल्लाको दोस्रो बैठक सम्पन्न भएको छ । नुवाकोट जिल्ला अध्यक्ष सङ्गमको अध्यक्षता, नेपाल कम्युनिस्ट पार्टी नुवाकोट जिल्ला सेक्रेटरी सृजनको प्रमुख आतिथ्यता, युवा सङ्गठन नेपाल बागमती प्रदेश इन्चार्ज प्रबिन धामी र युवा सङ्गठन नेपाल रसुवा जिल्ला ईन्चार्ज जीवन तामाङको उपस्थितिमा बैठक बसेको हाे।

युवा सङ्गठन नेपालको केन्द्रीय अभियानमा सहभागी हुने जीवन तामाङ,  प्रबिण माझी र बैठकको अतिथिहरूलाई युवा सङ्गठन नेपाल नुवाकोट जिल्लाको तर्फबाट दोसल्ला ओढाई स्वागत तथा सम्मान गरिएको थियाे। सङ्गठनको बैठकबाट जिल्ला सचिवको जिम्मेवारी बिनोद र सह-सचिवको जिम्मेवारी प्रबिण माझीसहित सुशिल, दिपक र आयुषलाई जिल्ला सदस्यमा चयन गर्दै बैठक सम्पन्न भयो। नयाँ जिम्मेवारी पाउनु हुने सबैलाई कार्यकाल सफलताको शुभकामना व्यक्त सहित बैठक समापन गरिएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :