युवा सङ्गठन नेपाल पुर्वी कमाण्डको युवा अभियान उद्घाटन सम्पन्न

‘विभिन्न पार्टी परित्याग गरी १५ जना नेकपामा प्रवेश’

युवा सङ्गठन नेपाल पुर्वी कमाण्डको युवा अभियान उद्घाटन सम्पन्न

उदयपुर : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपालले जनमतसङ्ग्रहका लागि सङ्गठन सुदृढ तथा बिस्तार अभियान भन्ने मुल नारासहित पुर्वी कमाण्डको युवा अभियान उदयपुरको सदरमुकाम गाईघाटमा सम्पन्न भएको छ । १२९ औँ माओ दिवसको अवसर पारेर गरिएको उद्घाटनको पुर्व सन्ध्यामा उपस्थित युवाहरूले रोलकाल गरेका थिए ।

नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य सन्तोष बुढामगर, केन्द्रीय सदस्यहरू कृति, ओमप्रकाश पुन, विवेक कुमाल, सुमनसिंह लगायतको साथमा सङ्गठनका केन्द्रीय अध्यक्ष पाटन जङ्गलीको नेतृत्वमा पदाधिकारी एवम् केन्द्रीय नेताहरू र अभियान यात्रीहरूले सरकारी कार्यालयहरू एवम् बजार सरसफाई गरेका थिए । साथै कार्यक्रम शुरु हुनु अगावै युवा सङ्गठन नेपालको विभिन्न नारा जुलुससहित बजार परिक्रमा गरि गाईघाटको ग्रिन क्रस होटेलमा उद्घाटन भएको थियो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढामगर र नेकपा केन्द्रीय सदस्य तथा युवा सङ्गठन नेपालका फ्याक्सन इन्चार्ज कृतिले दिप प्रज्वलन, पटका पड्काएर अभियान टोलीलाई झण्डा दिएर उद्घाटन गरेका थिए । यस्तै अभियान उद्घाटनमा नेकपाका केन्द्रीय सदस्यहरू ओमप्रकाश पुन, विवेक कुमाल, दिपेश राई, निर्मल राई, सुमनसिंह पौडेल लगायतको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि नेकपाका सचिवालय सदस्य सन्तोष बुढामगरले अन्तर्राष्ट्रियकरण– माजवादलाई रोक्ने नीतिमा पुँजीवाद र सामन्तवाद ल्याएको संसदीय व्यवस्था हो, तसर्थ यसलाई परास्त पार्न निरन्तर अभियानसहित मार्क्सवाद, लेनिनवाद र माओवाद आत्मसाथ गर्दै अगाडि बढ्नुपर्ने बताए । उनले आज हामी माओ दिवसको दिन अभियान उद्घाटन गर्दैछम यसको मर्मलाई नेपाली धर्तीमा लागू गर्न युवा अभियान महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । बुढामगरले युवाहरूलाई सङ्गठन सुदृढीकरण, रसियन मोडेल चाईनिज मोडेल, गरिबी अशिक्षा, बेरोजगारीको बिषयमा र अबको पार्टीको कार्यनीतिको बारेमा प्रशिक्षण दिएका थिए ।

यसैगरी अतिथिहरूले क्रमश भनाई राख्दै युवा सङ्गठन नेपालका आयोजक टिमलाई शुभकामना दिँदै यो कार्यक्रम अभियानले पुर्वको हरेक गाउँ बस्तीहरूमा रहेका अन्याय र उत्पिडनका विरुद्ध बोल्न नसकेकाहरूको आवाजलाई बुलन्द गर्दै आफ्नो पार्टीको बिचारहरू जनता माझमा पुर्याएर यहाँ रहेका दलाल भ्रष्टाचारहरूले जगडिएको पुर्वको भुगोलहरूमा अभियानले सफलता हासिल गर्न सकोस् भन्ने मन्तव्य राखेका थिए ।

त्यसैगरी अध्यक्ष पाटन जङ्गलीले केन्द्रीय निर्देशिका पढेर सुनाउँदै अभियानले गर्ने काम र कर्तव्यको बारेमा स्पष्ट पारेका थिए । यस्तै अभियान टोली टिम तीन समूहमा विभाजन गरिएको छ, कार्य बिभाजनमा मेची–कोशीको कमान्डर सङ्गठनकी केन्द्रीय महासचिव बिदुशी, सगरमाथा, सिराहा र सप्तरीको कमान्डर सङ्गठन केन्द्रीय सचिव तिलकलाई तोकिएको छ ।

उद्घाटनमा युवा सङ्गठन नेपालका केन्द्रीय अध्यक्ष पाटन जङ्गलीको अध्यक्षतामा र स्वागत मन्तव्य युवा सङ्गठनका कोषअध्यक्ष बिश्लेशण, शुभकामना मन्तव्य सङ्गठनकी महासचिव बिदुशी र सङ्गठनको उपाध्यक्ष दिनेशले राखेका थिए भने कार्यक्रम सञ्चालन तिलकले गरेका थिए । साथै उक्त उद्घाटन कार्यक्रममै माओवादी केन्द्रसहित विभिन्न पार्टी परित्याग गरी १५ जना नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :