राष्ट्रघाती एमसीसीको जनस्तरबाटै प्रतिरोध हुँदै

नेकपाका सम्पूर्ण जवस र मोर्चाहरू एमसीसी प्रतिकारका लागि मैदानमा

राष्ट्रघाती एमसीसीको जनस्तरबाटै प्रतिरोध हुँदै

काठमाडौँ : राष्ट्रघाती अमेरिकी परियोजना एमसीसी सम्झौताको जनस्तरबाटै प्रतिरोध सुरु भएको छ । एमसीसीविरोधी आन्दोलनको नेतृत्व गरिरहेको नेकपाका सम्पूर्ण जनवर्गीय सङ्गठनहरू सरकारले षड्यन्त्रपूर्वक संसद्‌बाट एमसीसी पारित गर्न लागेको विरोधमा सडकमा निस्किएका छन् । जवस मोर्चाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै पुस ६ गते काठमाडौँलगायत देशैभर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

‘राष्ट्रघाती MCC परियोजना खारेज गर !’ शीर्षकमा जारी संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘एकातिर अमेरिकी उत्तरसाम्राज्यवाद कुनै पनि हालतमा हाम्रो देशमा राष्ट्रघाती MCC परियोजना लागू गराउन चाहन्छ भने अर्कोतिर हाम्रो देशको दलाल पुँजीवादी राज्यसत्ता र देउवा सरकार अमेरिकासँग आत्मसमर्पण गरेर नेपालमा MCC परियोजना लागू गराउने षड्यन्त्रमा छन् । त्यसका लागि संसद्को आकस्मिक बैठकसमेत बोलाइएको छ । सरकार नेपाली जनतालाई गुमराहमा राखेर षड्यन्त्रमूलक ढङ्गबाट MCC परियोजना पारित गरेर अमेरिकी साम्राज्यवादलाई खुसी बनाउने र आफ्नो कुर्सीस्वार्थ पूरा गर्ने षड्यन्त्रमा लागेको देखिन्छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘MCC परियोजना कुनै पनि मूल्य, मान्यतामा नेपाल र नेपाली जनताको हितमा नहुने भएकाले यसलाई खारेज गर्नुबाहेक अर्को विकल्प नै देखिँदैन । यही मान्यतासहित ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले घोषणा गरेको सङ्घर्षका कार्यक्रममा ऐक्यबद्धता जनाउँदै सङ्घर्षका कार्यक्रम तलसम्म प्रभावकारी बनाउन सम्पूर्ण न्यायप्रेमी जनसमुदायहरूलाई यसै प्रेस विज्ञप्तिमार्फत हार्दिक अनुरोध गर्दछौँ । साथै सङ्घर्षका कार्यक्रमहरूलाई तलैसम्म व्यवस्थित र प्रभावकारी बनाउन आवश्यकीय पहल गर्ने निर्णयसहित यो प्रेस विज्ञप्ति जारी गरिएको बेहोरा अनुरोध छ ।’

सङ्घर्षका कार्यक्रमहरू यसप्रकार घोषणा गरिएको छ :

 २०७८ पुस ६ गते दिनको १२ बजे माइतीघर मण्डलाबाट विरोध जुलुस तथा सभा काठमाडौँ ।
 २०७८ पुस ६ गते देशव्यापी विरोध जुलुस आयोजना गर्ने ।
 थप सङ्घर्षको कार्यक्रम आगामी परिस्थितिलाई हेरी तय गरिनेछ ।

संयुक्त विज्ञप्ति जारी गर्ने जवसका अध्यक्ष/संयोजकहरूमा ओमप्रकाश पुन (अखिल नेपाल भूमिहीन सुकुमबासी सङ्घ), माइला लामा (अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, बन्धु चन्द, अध्यक्ष (अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी), खुमा सुवेदी (जनक्रान्तिका महान् सहिद परिवार सङ्गठन), रामलाल विक (श्रमिक समुदाय मोर्चा, नेपाल), जयन्द्र चन्द (गणतान्त्रिक खेलकुद महासङ्घ), पाटन जड्डली (युवा सङ्गठन, नेपाल), प्रकाश शाही (अखिल क्रान्तिकारी), विनोद थापा (अखिल नेपाल क्रान्तिकारी टे«ड युनियन महासङ्घ), रत्न मगर (जनगणतान्त्रिक सम्पर्क मञ्च), टीकाप्रसाद कँडेल (अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घ), श्रीकृष्ण बस्नेत (राष्ट्रिय उद्योग वाणिज्य महासङ्घ), हरि श्रेष्ठ (अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारी), शेरबहादुर विक (जनपत्रकार सङ्गठन, नेपाल), व्यापक नेपाली (नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठन), रामबहादुर थापा (राज्यद्वरा बेपत्ता योद्धा परिवार समाज नेपाल) रहेका छन् । संयसक्त प्रेस विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :