अखिल (क्रान्तिकारी) नुवाकोट जिल्ला समितिको पूर्ण बैठक सम्पन्न

अखिल (क्रान्तिकारी) नुवाकोट जिल्ला समितिको पूर्ण बैठक सम्पन्न

नुवाकोट : नेकपा निकट अखिल (क्रान्तिकारी) नुवाकोट जिल्ला समितिको दोस्रो पूर्ण बैठक सम्पन्न । जिल्लाको दोस्रो पूर्ण बैठक नुवाकोट बिदुर त्रिशुली नर्सिङ मेडिकल कलेजमा बसेको बैठकको अध्यक्षता सङ्गठनको केन्द्रीय सदस्य नुवाकोट जिल्ला इन्चार्ज मेगेन्द्रले गरेका थिए ।

बैठकमा प्रमुख अतिथि नुवाकोट जिल्ला सेक्रेटरी सिर्जन र विशेष अतिथिमा सङ्गठनका केन्द्रीय सचिवालय सदस्य तथा बागमती पश्चिम विशेष प्रदेश इन्चार्ज सुरेन्द्र बस्नेतले गरेका थिए ।

बैठकलाई प्रशिक्षित गर्दै प्रमुख अतिथिले एकीकृत जनक्रान्तिमा युवा विद्यार्थीको भूमिका र जनमतसङ्ग्रहको वातावरण बनाउन जागरण अभियानलाई सशक्त बनाएर जान निर्देशन गरे । विशेष अतिथिले युवा विद्यार्थीले आफ्नो अधिकार प्राप्तिसँगै समृद्धि र स्वर्णिम राष्ट्र निर्माणको सपनालाई दह्रोसँग पकड्न अखिल (क्रान्तिकारी) को कलम तारा रक्त रञ्जित झन्डालाई विजयको उचाइँमा फहराइ रहन बिस्वास दिलाए ।

अन्तमा बैठकले नुवाकोट जिल्लामा भएका शैक्षिक बिकृति, बिसङ्गतिलाई चिरफार/भन्डाफोर गर्दै शैक्षिक दलाल, माफिया, भ्रष्टाचारीविरुद्ध सबैखाले सङ्घर्ष गर्ने निर्णय गरेको छ ।

उक्त बैठकमा उपस्थित सबै जिल्ला समितिहरूलाई बैठकले गरेका दुरगामी र महत्वपूर्ण निर्णय कार्यक्षेत्रमा लागू गर्न विशेष निर्देसनात्मक अनुरोध गर्दै बैठकका अध्यक्षले समापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :