नेकपाले गरेको नेपाल बन्दलाई दाङका सङ्गठनले गरे समर्थन

‘पेट्रोलियम पदार्थमा भइरहेका चुहावट र भ्रष्टाचारी कर्मचारीहरूमाथि कारवाहीको माग’

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्लाका क्रियाशील जनवर्गीय सङ्गठनहरूले चर्को मूल्यबृद्धि तत्काल खारेज गरि पेट्रोलियम पदार्थमा भइरहेका चुहावट र भ्रष्टाचारी कर्मचारीहरूमाथि कारवाहीको माग गर्दै संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन् ।

सङ्गठनका अध्यक्षहरूद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा नेपाली जनताको ढड सेक्नेगरी २०७८ कात्तिक २४ गते पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर रु.३ रुपैयाँ, एलपी ग्यासमा रु. ७५ रुपैयाँ र हवाइ इन्धनमा प्रतिलिटर रु. ५ रुपैयाँ गरिएको मूल्यबृद्धिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

विज्ञप्तिमा चर्को मूल्यबृद्धि तत्काल खारेज गरि पेट्रोलियम पदार्थमा भइरहेका चुहावट र भ्रष्टाचारी कर्मचारीहरूमाथि कारवाही गरियोस् भनी माग गरिएको छ भने बढाइएको मूल्य नघटाएसम्म देशव्यापी चरणबद्ध सङ्घर्षमा उत्रिनसमेत आम दङ्गाली जनसमुदायलाई आग्रह गरिएको छ । मूल्यबृद्धिको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले घोषणा गरेको नेपाल बन्द लगायतका सङ्घर्षका कार्यक्रमहरूको समर्थन गर्दै उक्त कार्यक्रममा सक्रियताका साथ ऐक्यबद्धता जनाउन सचेत दङ्गाली जनसमुदायहरूलाई बिशेष अपिलसमेत विज्ञप्तिमार्फत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :