अखिल (क्रान्तिकारी) मोरङ्गको दोस्रो पूर्ण बैठक सम्पन्न

अखिल (क्रान्तिकारी) मोरङ्गको दोस्रो पूर्ण बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) मोरङ्गको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । बुधबार अखिल (क्रान्तिकारी) मोरङ्ग इन्चाज खगेन्द्र राईको अध्यक्षतामा मोरङ्गको बेलबारी क्याम्पसमा बैठक सम्पन्न भएको थियो ।

बैठकका प्रमुख अतिथिमा नेपाल कम्युनिस्ट पार्टीका केन्दिय सदस्य तथा मोरङ्ग जिल्ला इन्चार्ज निर्मल रहेका थिए भने अथितिमा अखिल (क्रान्तिकारी) प्रदेश नं. १ इन्चार्ज पुष्प न्यौपाने उपस्थित थिए । मन्तव्यका क्रममा उनले कान्तिकारी विद्यार्थीको कार्यभार र वैज्ञानिक शिक्षाको आवश्यकताबारे विद्यार्थीहरुलाई प्रशिक्षित गर्दै अखिल (क्रान्तिकारी) ले खेल्नुपर्ने भूमिकाका बारेमा समेत बताएका थिए ।

त्यसैगरी मन्तव्यकै क्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा मोरङ्ग जिल्ला इन्चार्ज निर्मलले विद्यार्थी प्रगतिशिल शक्ति रहेकोले देशको आगामी कार्यभार सम्हाल्न योग्य रहेको र देशका सम्पूर्ण विद्यार्थीहरु एकजुट भई वैज्ञानिक शिक्षाका निम्ति लड्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :