चर्को मूल्यबृद्धिविरुद्ध सर्लाहीमा पनि विरोध प्रदर्शन

चर्को मूल्यबृद्धिविरुद्ध सर्लाहीमा पनि विरोध प्रदर्शन

सर्लाही : नेपाल कम्युनिस्ट पार्टी सर्लाहीले शेरबहादुर देउवा सरकारले पेट्रोलियम पदार्थ एलपी ग्यास तथा खाद्यबस्तुमा गरेको मूल्यबृद्धिविरुद्ध बरथवामा बिरोध प्रदर्शनसहित कोणसभा गरेको छ ।

कोणसभामा सर्लाही सेक्रेटरी कमल सुस्लिङ, अखिल नेपाल ट्रेड युनियन महासङ्घका २ नम्बर प्रदेश इन्चार्ज पदम मगर, अखिल क्रान्तिकारीका सर्लाही अध्यक्ष अर्पण पौडेल, लालबन्दी नगर इन्चार्ज नरबहादुर थापा, अखिल नेपाल ट्रेड युनियन महासङ्घ सर्लाही जिल्ला सदस्य सर्मिला, युवा सङ्गठन नेपालका सर्लाही जिल्ला सदस्य तारा लामाको उपस्थिति रहेको थियो ।

कोणसभालाई सम्बोधन गर्दै कमल सुस्लिङले केन्द्रीय कार्यक्रम अनुसार मूल्यबृद्धि तत्काल फिर्ता नलिए सबै नागरिक सडक आन्दोलनमा आउन अपिल गरे । उनले नेपाल बन्द सम्मको कार्यक्रम पूर्ण रुपमा सफल बनाउन सबै जिल्लाका नेता कार्यकर्ता र जिल्लाका जिल्लाबासीलाई अपिलसमेत गरे । साथै सुस्लिङले संसदीय व्यवस्था नै असफल भैसकेको कारण जनता यसको मारमा परेको भन्दै संसदीय व्यवस्था खारेजी र विकल्पमा वैज्ञानिक समावादले नै जनताको पूर्ण अधिकारको ग्यारेन्टी गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :