पाल्पामा एमसीसी सम्झौताको पत्र दुई ठाउँमा जलाइयो

पाल्पामा एमसीसी सम्झौताको पत्र दुई ठाउँमा जलाइयो

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी पाल्पाले एमसीसी सम्झौताको पत्र जलाएको छ । नेकपा तानसेन नगर समितिले बर्तुङ्ग चोकमा र रिब्दिकोट गाउँपालिकाको देउरालीमा नेकपाका नेताहरूको उपस्थितिमा उक्त कार्यक्रम गरेको हो ।

एमसीसी सम्झौताको पत्र जलाउँदै नेपाल कम्युनिस्ट पार्टीका तानसेन नगर समितिका सेक्रेटरी सुमनले कुनै पनि हालतमा नेपालमा एमसीसी परियोजना हुन नदिने बताए । यस्तै रिब्दिकोट गाउँपालिका इन्चार्ज आकाशले एमसीसी सम्झौता कुनै पनि हालतमा पास गर्न हुँदैन र पास भएमा नेपाली जनताले एमसीसीको दलाल भरौटेहरूलाई कारवाही गर्ने चेतावनीसमेत दिएका थिए ।

उक्त पत्र जलाउने कार्यक्रमको सञ्चालन नेपाल कम्युनिस्ट पार्टीका रिब्दीकोट गाउँपालिका सचिव राजिपले गरेका थिए । तानसेन नगरपालिकामा भएको कार्यक्रमको सञ्चालन लङ्कबहादुर रानाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :