नेकपा मकवानपुरमा संयुक्त जनश्रमदान

नेकपा मकवानपुरमा संयुक्त जनश्रमदान

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी मकवानपुरमा स्कुलिङ्ग कार्यक्रमबीच संयुक्त जनश्रमदान भएको छ । स्कुलिङ्ग कार्यक्रममा उपस्थित विभिन्न पाँच जिल्लाका नेता कार्यकर्ताका साथै प्रशिक्षकजनको उपस्थितिमा मकवानपुरको हेटौँडा –१६ मा जनश्रमदान भएको हो ।

साउन २९ गतेबाट मकवानपुरमा सुरु भएको नेपाल कम्युनिस्ट पार्टीको ७ दिने स्कुलिङ्ग कार्यक्रममा मकवानपुर, चितवन, बारा, पर्सा र विशेष जिल्ला गरी विभिन्न पाँच स्थानको प्रतिनिधित्व गरी उपस्थित भएका थिए । स्कुलिङको क्रममा ब्रेक टाइमको अवधिलाई सदुपयोग गर्दै सम्पूर्ण नेता कार्यकर्ताहरू जनतासँगै खेतबारीमा लागेका छन् । त्यस्तै गरी स्कुलिङबाट सिकेका वैज्ञानिक समाजवादी अर्थशास्त्रको सिद्धान्त र नियमलाई व्यावहारिक रूपमा लागू गर्दै कुनै पनि राज्यसत्ताका मुख्य आधार उत्पादन प्रणाली सशक्त बनाउने उद्देश्यका साथ श्रममा जुटेका हुन् । यसबाट श्रम नै एक महान् र गौरवशाली पेशा हो भन्ने कुराको पुष्टि भएको देखिन्छ ।

यसरी पार्टीलाई जनतासँग जोड्दै उत्पादनसँग प्रत्यक्ष रूपमा जोड्ने नेपाल कम्युनिस्ट पार्टीको नीति अनुसार सम्पूर्ण नेता कार्यकर्ताहरू आगामी दिनहरूमा पनि सांगठनिक संरचना विस्तार गर्दै उत्पादन प्रणाली सुदृढ गर्न श्रममा सहभागी हुने उद्देश्यका साथ अघि बढ्दै छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :