काठमाडौँः अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय महासचिव रमेश रुपाखेती लगायतका शिक्षकहरु गिरफ्तार भएका छन् । चरणबद्ध पेशागत आन्दोलनको कार्यक्रमको सिलसिलामा आज बिहान १० बजे बालुवाटार घेराउ कार्यक्रम रहेको थियो । साेही कार्यक्रममा बालुवाटार पुग्ने बित्तिकै पोसाकसहित पुगेका शिक्षकहरूलाई गिरफ्तार गरिएको छ ।
गिरफ्तार शिक्षकहरूलाई महानगरीय प्रहरी विभाग हाडीगाउँमा राखिएको अखिल नेपाल शिक्षक सङ्गठन काठमाडौँ जिल्ला सचिव तथा नेपाल शिक्षण महासङ्घका आन्दोलन परिचालन कमिटी सदस्य श्याम तामाङ जानकारी दिए । विना सर्त शिक्षक नेताहरूलाई नछोडे कडा आन्दोलनको घोषण हुने उनले चेतावनी दिए ।
नेपाल शिक्षक महासङ्घले पेशागत ३४ बुँदे माग राख्दै स्थानीय तहमा धर्ना, जिल्ला शिक्षा समन्वय इकाई, शिक्षा मानवस्रोत विकास केन्द्र लगायतको ठाउँमा धर्ना कार्यक्रम गर्दै आएको थियो ।