नेकपा नेता बास्तोला र पूर्व मन्त्री बिष्ट बिच भेटवार्ता

नेकपा नेता बास्तोला र पूर्व मन्त्री बिष्ट बिच भेटवार्ता

दाङः नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला कञ्चन र पूर्व मन्त्री लोकेन्द्र बिष्ट मगर बिच शुक्रवार भेटवार्ता भएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिकाको बिजौरी स्थित पूर्व मन्त्री बिष्टले संचालन गरेको ड्रागन फ्रुट फर्मको अवलोकन गर्दै समसामयिक राजनीतिक विषयवस्तुमा छलफल भएको बताइएको छ ।


भेटवार्तामा नेता कञ्चनले संसदीय व्यवस्थाले नेपालको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक समस्याहरु हल गर्न नसक्ने भन्दै आफ्नो पार्टीले प्रगतिशील संयुक्त सरकार गठन गरी जनमतसंग्रहमार्फत व्यवस्था चुन्ने अधिकार जनतालाई दिनुपर्ने नयाँ कार्यनीतिक एजेन्डा अघि सारेको बताएका थिए ।
पूर्व मन्त्री बिष्टले नेपाल कम्युनिस्ट पार्टीप्रति निकै ठूलो जनमत तयार भइरहेको भन्दै संगठन निर्माणमा जोड दिएर व्यवस्थाको विकल्प दिन निर्णायक संघर्ष गर्नुपर्ने धारणा राखेका थिए ।
नेता बास्तोलाले नेपाल कम्युनिस्ट पार्टी दाङले आयोजना गरेको राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई प्रशिक्षण दिन हिजो बिहीबार दाङ आएका थिए ।
नेता बास्तोलाले नेकपा दाङले केही समयअघि कोरोना विशेष अस्पताल बेलझुन्डीमा निर्माण गरेको कोभिड बिरामी कुरुवा प्रतिक्षालयको अनुगमन तथा निरीक्षण गरेको नेकपा दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :