काठमाडौँ : बार्सिलोनाको महिला टिमले च्याम्पियन्स लिगको उपाधि हातपारेको छ । आइतबार राति चेल्सीलाई फराकिलो अन्तरले पराजित गर्दै बार्सिलोनाले उपाधि जितेको हो ।
बार्सिलोनाले चेल्सीलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो । बार्सिलोनाले पहिलो मिनेटमै मेलानी ल्युपोल्जको आत्मघाती गोलमा अग्रता बनाएको थियो । त्यसपछि एलेक्सिया पुटेलस, एटाना बोनमती र कारोलिनी ग्राहम हेनसेनले गोल गरे ।
प्रतिक्रिया दिनुहोस्