रिम्सविरुद्ध पीएसजीको फराकिलो जित

रिम्सविरुद्ध पीएसजीको फराकिलो जित

काठमाडौँ : पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिग वान फुटबलमा शानदार जित निकालेको छ । आइतबार राती पीएसजीले घरेलु मैदानमा रिम्सलाई ४–० को फराकिलो अन्तरले हराएको छ ।

पीएसजीको जितमा नेयमार, केलियन एम्बाप्पे, मार्कुन्होस र मोइस केनले एक–एक गोल गरे ।

जितसँगै पीएसजीले लिग वानको उपाधि होड कायमै राखेको छ । उपाधिको छिनोफानो भने अब अन्तिम खेलले लगाउनेछ ।

पीएसजी ७९ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । एक अङ्क बढी रहेको लिली शीर्ष स्थानमा छ । पीएसजीसँग पराजित रिम्स ४२ अङ्कसहित तालिकाको १३ औँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :