मोरङ: छैटौँ विराट गोल्डकपको उपाधि नेपालको एपीएफले जितेको छ । शनिबार राती सम्पन्न फाइनल खेलमा पाहुना टोली पन्जाब पुलिसलाई १–० ले हराउँदै एपीएफले पहिलोपटक विराट गोल्डकप जितेको हो ।
नेपालका तर्फबाट एपीएफका लागि १० औँ मिनेटमा प्रदीप लामाले गरेको गोलले एपीएफलाई जित दिलाएको हो । विजेता एपीएफले ट्रफीसँगै नगद पुरस्कार १५ लाख १५ हजार प्राप्त गरेको छ । खेलको उपविजेता बनेको पन्जाब पुलिसले रनरअपको ट्रफीसँगै सात लाख ५१ हजार रुपैयाँ प्राप्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्