काठमाडौँ : कप्तान लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनपछि बार्सिलोनाले स्पेनिस ‘कोपा डेल रे’ फुटबलको उपाधि जितेको छ । शनिबार राती भएको फाइनलमा एथ्लेटिक बिल्बाओलाई ४–० गोलले पराजित गर्दै बार्सिलोनाले उपाधि जितेको हो ।
बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई तथा एन्टोनियो ग्रिजम्यान र फ्रेन्की डी जोङले एक–एक गोल गरे ।
यससँगै बार्सिलोनाले कीर्तिमानी ३१ औँ पटक कोपा डेल रेको उपाधि जितेको छ । बिल्बाओ भने लगातार दोस्रोपटक उपविजेता बनेको छ ।
प्रतिक्रिया दिनुहोस्