फुङ्लिङ : नेपाल कम्युनिस्ट पार्टी ताप्लेजुङले अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । आज बुधबार ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा सम्पन्न प्रशिक्षणमा प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य तथा मेची–कोसी ब्युरो इन्चार्ज प्रकाशले एकीकृत जनक्रान्तिको कार्यदिशाअनुसार मुलुकमा नयाँ राजनीतिक परिस्थिति सिर्जना भएको बताए ।
प्रकाशले एकीकृत जनक्रान्तिको कार्यदिशाले मात्रै वैज्ञानिक समाजवाद स्थापना गर्ने धारणा व्यक्त गरे । कार्यक्रमको अध्यक्षता पार्टीका जिल्ला इन्चार्ज असलले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्