झापामा युवा जागरण तथा सङ्गठन विस्तार अभियान उद्घाटन

झापामा युवा जागरण तथा सङ्गठन विस्तार अभियान उद्घाटन

दमक : नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन झापाले युवा जागरण तथा सङ्गठन विस्तार अभियान उद्घाटन गरेको छ ।

झापाको दमकमा बुधबार पार्टीका जिल्ला सचिव श्रीजङ्ग तथा युवा सङ्गठनका मेची–कोसी ब्युरो इन्चार्ज सुवास राईको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता युवा सङ्गठन झापाका सचिव जितु तामाङले गरेका थिए ।

युवा सङ्गठनले झापाभरि रहेका युवालाई सङ्गठनमा ध्रुवीकरण हुन आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :