लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपाल सुनसरीको भेला

लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपाल सुनसरीको भेला

सुनसरी : नेपाल कम्युनिस्ट पार्टी निकट लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपाल सुनसरीको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । सुनसरीको धरानमा आइतबार सम्पन्न भेलामा प्रमुख अतिथि मोर्चाका केन्द्रीय संयोजक सागर लिम्बू थिए भने विशेष अतिथिका रूपमा अनेमसङ्घ क्रान्तिकारीकी केन्द्रीय कोषाध्यक्ष कमला लिम्बू, नेकपाका जिल्ला सेक्रेटरी सुरेश राई, अनिल लिम्बू, अमृत लिम्बू र हर्कहाङ लिम्बु उपस्थित थिए ।


मोर्चाका केन्द्रीय सदस्य गजेन्द्र पालुङ्वाको अध्यक्षतामा सम्पन्न भेलाले मिसेक लिम्बूको नेतृत्वमा ११ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । मोर्चाले आउँदो वैशाख २५ गते जिल्ला सम्मेलन गर्ने निर्णय गरेको जानकारी मोर्चाले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :